Thursday, June 26, 2014

सिरहामा जवरजस्ती गर्न खोज्दा लिंग काटियो

सिरहा, आषाढ ११ । सिरहाको भवानीपुर गाउं विकास समिति वडा नम्बर ६ की एक विधवा महिलालाई जवरजस्ती गर्न खोज्ने एक पुरुषको लिंग काटिएको छ । गाउँमै सानो खाजा पसल संचालन गर्दै आएकी दुलारीदेवी मुखियाले गएराती जबरजस्ती गर्न खोजेको भन्दै स्थानीय २३ वर्षिय विल्टु मुखियाको ब्लेडले लिङ्ग काटीदिएकी हुन् । लिङ्ग काटिएर घाइते भएका मुखियाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । गएराती विल्टु मुखियाले मादक पदार्थ सेवन गरी जवरजस्ती गर्न खोजेको स्थानीयले समेत प्रहरीलाई बयान दिएका छन् । श्रीमान्को मृत्युपछि विल्टु मुखिया आफ्ना तीन जना बच्चाहरु सहित बस्दै आएकी थिइन् ।

No comments:

Post a Comment