Thursday, June 26, 2014

मुलरको जर्मनीविरुद्ध क्लिन्सम्यानको अमेरिका

mullarपार्तो सेगुरो (एपी), असार १२ - थोमस मुलरले विश्वकप २०१४ को पहिलो खेलमा ह्याटि्रक गरे । र, दोस्रो खेलमा उनको अनुहार रगतमा मुछिएको जस्तो देखियो । जर्मन स्ट्राइकर तेस्रो खेलमा भने राम्रो भएको हेर्न चाहन्छन् । अमेरिकालाई हराउँदै समूह 'जी' को विजेता बन्दै टिमलाई नकआउट चरणमा लान चाहन्छन्, मुलर । घानाविरुद्धको खेलमा विपक्षी खेलाडीसँग जुधेर घाइते भएका मुलरको अनुहारमा पाँच टाँका लगाउनु पर्‍यो । चोटका बावजुत पनि उनी अमेरिकाविरुद्ध खेल्ने सोचमा छन् । 'पीडामुक्त हुनु भनेको ठूलो शब्द हो । तर म 'पेन किलर' औषधिबिना नै खेल्न सक्छु,' मुलरले भने । 

जर्मन प्रशिक्ष्ाक जोचिम लोले आफ्नो आक्रमण कस्तो बनाउनेछन् भन्न गाह्रो छ । तर बिहीबार अमेरिकासँगको खेलमा लोको आक्रमणमा मुलर प्रमुख हतियार हुनेछन् । अमेरिका र जर्मनीले बराबरी खेलेमा दुवै टिमले नकआउट चरणको यात्रा तय गर्नेछन् । त्योसँगै अर्को पोर्चुगल र घाना बाहिरिनेछन् । 'हामी राम्रो खेल्न चाहन्छौं । गोल नखाने र समूहविजेता बन्ने हो । तर त्यसका लागि धेरै सहज हुनुपर्छ,' मुलरले भने,'नभए प्रतियोगिता धेरै छोटो हुन सक्छ ।' हारका बावजुत पनि जर्मनी अघि बढ्न सक्छ । किनकि उसको प्लस ४ गोल छ । र, साथमा अमेरिकासँगै समान ४ अंक पनि । घाना र पोर्चुगलको भने समान १ अंक छ । मुलरले पोर्चुगलविरुद्धको ४-० को जितमा तीन गोल गरेका थिए । 

र, घानासँगको २-२ को बराबरीमा पास उपलब्ध गराइदिएका थिए । उनी दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपमा उच्च गोलकर्ता भएका थिए । उनले त्यसबेला ५ गोल गर्दै ३ गोलका लागि पास मिलाइदिएका थिए । लोले शुद्ध स्ट्राइकरका रूपमा खेलाउन सक्छन् वा उनले भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोजलाई अघिको जिम्मेवारी दिएर मुलरलाई दायाँ विङ्सको जिम्मेवारी दिन सक्छन् । ब्राजिलियन स्टार नेयमरले मुलरले भन्दा एक गोल बढी गरेका छन् । तर जर्मन स्ट्राइकर आफू उच्च स्कोरर बन्ने अभियानमा नरहेको बताउँछन् । नेयमरले चार गोल गरिसकेका छन् । 'मैले त्यो कुरा पछिल्लो पटक पाइसकें । 

यस पटक त्यो भन्दा ठूलो विश्वकप नै जित्न चाहन्छु,' मुलरले भने,'मैले गोल गरें भने त्यो सुनमा सुगन्ध हो ।' मुलरलाई रोक्न विपक्षीलाई गाह्रो पर्छ । जर्गेन क्लिन्सम्यान अहिले अमेरिकी प्रशिक्षक हुन् । क्लिन्सम्यान सन् २००६ मा जर्मनीका प्रशिक्ष्ाक थिए । उनले आफू बायर्न म्युनिकको प्रशिक्षक हुँदा मुलरलाई सिनियर टिममा ल्याएका हुन् । पछि लुइस भान गालले मुलरलाई नियमित खेलाडीका रूपमा उतारे । 'मुलर सधैं खेल्छन्,' सधैं घुमिरहने प्रशिक्षकको उपनाम पाएका क्लिन्सम्यानले भने । यसलाई अमेरिकी टिमभन्दा पनि क्लिन्सम्यान र जर्मनीबीचको खेलका रूपमा हेरिएको छ । तर मुलर भने क्लिन्सम्यान नभई जर्मनी अमेरिकाविरुद्ध खेल्न लागेको बताउँछन् ।

पेसावरमा उडिरहेको विमानमा आक्रमण एकको मृत्यु, दुई घाइते

piaपेसावर (एएफपी), असार १२ - पाकिस्तानकोे उत्तर-पश्चिम द्वन्द्वग्रस्त पेसावरमा मंगलबार अबेर राति अवतरण गर्न लागेको विमानमा गोली प्रहार भएको छ । साउदी अरबको रियादबाट आएको पाकिस्तान इन्टरनेसनल एयरलान्यस (पीआईए) को विमानमा भएको आक्रमणमा एक महिला यात्रुको मृत्यु भएको छ । विमानका दुई कर्मचारी घाइते भएका छन् । १ सय ७८ यात्रु सवार थिए । विमान जमिनबाट सय मिटर उचाइमा रहेको बेला गोली हानिएको थियो । विमानस्थल बाहिरबाट अज्ञात समूहले आठपटक गोली हानेको अधिकारीहरूले भनेका छन् । क्याप्टेनको नजिकबाट एक गोली गएको प्रहरीले जनाएको छ । 

यस्तो विषम परिस्थितिमा पनि चालकले धैर्य र हिम्मतका साथ विमानलाई सकुशल अवतरण गराएर ठूलो दुर्घटना टारेका थिए । सुरक्षा अधिकारीहरूले ती बन्धुकधारीको खोज गरिरहेको बीबीसीले जनाएको छ । तीन साताअघि कराँची विमानस्थलमा तालिवानहरूले आक्रमण ठूलो मानवीय हताहती भएको थियो । कराँची घटनापछि सेनाले उत्तरी बजिरिस्तानको आदिवासी क्षेत्रमा तालिवानविरुद्ध भीषण आक्रमण गरिरहेको छ । यसले प्रतिकारमा तालिवानबाट थप आक्रमण हुने खतरालाई बढाएको छ । सन् २०१२ को डिसेम्बरमा पनि पेसावर विमानस्थलमा तालिवानको रकेट आक्रमणमा ४ नागरिकको ज्यान गएको थियो । पाकिस्तान हवाई बल र कमर्सियल उडानका लागि उक्त विमानस्थलको प्रयोग हुँदै आएको छ ।

सुआरेज चार महिना र नौ खेल प्रतिबन्धित

Suarez-teethरियो दि जेनेरियो, असार १२ - उरुग्वेका स्ट्राइकर लुइस सुआरेजलाई फिफाले चार महिना फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । मंगलबार विश्वकपको समूह चरणको अन्तिम खेलमा इटालीका डिफेन्डर जर्जियो चेलिनीको काँधमा टोकेपछि २७ वर्षीय स्ट्राइकर सुआरेजलाई यस्तो कारवाही गरिएको हो । फिफाको अनुशासन कमिटीले खेलभावना विपरीत काम गरेको भन्दै सुआरेजमाथि प्रतिबन्धको निर्णय गरेको हो । सुआरेजलाई आगामी ९ अन्तर्राष्ट्रिय खेलको लागि समेत अयोग्य घोषित गरिएको छ । फिफाको नियमसँगै सुआरेजले उरुग्वेले विश्वकपमा अब खेल्ने खेलमा सहभागी हुन पाउने छैनन् । जारी विश्वकपको मसूह डी बाट उरुग्वे दोस्रो चरणको लागि छनौट भएको छ । विशपकपको अन्तिम प्रि क्वार्टरफाइनलमा उरुग्वेले शनिबार कोलम्बियासँग खेल्दैछ ।

प्रधानमन्त्री कोइरालालाई फोक्सोको क्यान्सर

sushilकाठमाडौ, असार १२ - प्रधानमन्त्री सुशील कोइरालालाई फोक्सोमा देखिएको सेतो दाग क्यान्सर भएको पुष्टि भएको छ । प्रधानमन्त्रीको अमेरिका स्थित मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । यहि केन्द्रमा करिव सात वर्ष अघि उनले जिव्रोको क्यान्सरको उपचार गराएका थिए । कोइरालाको छातीमा देखिएको दागको कारण क्षयरोग नहुन सक्ने नेपाली रेडियोलजिष्टहरुको फरक प्रकृतिको विचार आए पछि थप रोग पहिचान र उपचारको लागि उनी एघार दिन अघि अमेरिका गएका थिए । प्रधानमन्त्री संगै अमेरिका गएका छाती रोग विशेषज्ञ प्रा.डा.करविर नाथ योगीले उक्त क्यान्सर पहिलो अवस्था-स्टेज (१) मै रहेको विहिवार कान्तिपुरलाई बताए । 

हाल कोइरालालाई खोकी वाहेक अन्य समस्या देखिएको छैन । 'आज हामी शुशिल 'दा'को विकिरण चिकित्सा (रेडियो थेरापी)वाट गरिने उपचारको लागि योजना वनाउन चिकित्सकहरु संग भेटदै छौं', डा.योगीले भाइवरमा कान्तिपुर संग भने-'उहालाइ कति मात्रामा, कुन ठाउमा र कसरी विकिरण चिकित्सा गरिने हो आदि परिक्षण, योजना लगायतका प्रकृयामा ४/५ दिन लाग्न सक्छ ।' प्रधानमन्त्री लाई हाल अझ दुई साता सम्म अमेरिका वस्नु पर्ने प्रारम्भिक आकलन गरिएको डा.योगीले जनाए । ७५ वषिर्य प्रधानमन्त्री कोइरालाको वास्तविक विकिरण चिकित्सा ४/५ दिन पछि शुरु हुन्छ । उक्त प्रकृया अनुसार फोक्सोको गाठोमा लक्षित (टारगेटेड) विकिरण चिकित्सा गरिने छ । 

यस अन्तर्गत फोक्सोमा भएको गाठो का कोषहरुलाई केन्दि्रत गरेर विकिरण दिइने छ । 'लक्षित विकिरण चिकित्साको शुद्घता अत्यन्त उच्च हुने भएकोले परिणाम समेत सन्तोषजनक हुने गरेको छ, पुनः दोहरिदैन', डा.योगी बताउछन । असार दुई गते अमेरिका उडनु अघि उपचारमा संलग्न नेपाली चिकित्सकहरुले प्रधानमन्त्रीको फोक्सोमा देखिएको सानो गाठो(नोडूल) क्यान्सर भए शल्यक्रिया कै प्रकृया अपनाईने जनाएका थिए । डा.योगीका अनुसार प्रधानमन्त्री लाई दिर्घकालिन दमको समस्याले गर्दा शल्यक्रिया नगरेर विकिरण चिकित्सा रोजिएको हो । स्रोतको अनुसार प्रधानमन्त्रीलाई शल्यक्रिया गरे पछि होसमा ल्याउनै गार्हो पर्ने आशंका रहेकोले उपचारमा संलग्न मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर सेन्टरका चिकित्सकहरु विकिरण चिकित्सालाई रोजेका हुन । '

प्रधानमन्त्रीको एउटा त उमेर अर्को धुमपान लगायतकाले गर्दा फोक्सोमा स-साना धेरै परिवर्तन देखिएकोले शल्यक्रिया गर्ने स्थिति थिएन', मुलुकमा उनको उपचार प्रकृयामा सघाएका एक जना रेडियोलजिष्टले भने-'शल्यक्रिया गरे पछि फोक्सोको क्षमतामा जुन कमी आउथ्यो त्यसले उनको सामान्य जीवन यापन हुने खालको स्थिति आउने थिएन ।' 'विकिरण चिकित्साले कस्तो परिणाम दिन्छ हाललाइ भने भन्न सकिने स्थिति छैन', एक जना विशेषज्ञले भने-'उपचार प्रति शरिरले देखाएको प्रतिक्रियालाई अध्ययन गरे पछि मात्र प्रधानमन्त्रीको अगामी दिनमा देखिने स्वास्थ्य स्थिति वारे भन्न सकिन्छ ।' कोइरालाले आफू पहिले देखी नै चुरोट, विडी, पान खाने गरेकोले जिव्रोको क्यान्सर भएको बताउदै आएका छन ।

सिरहामा जवरजस्ती गर्न खोज्दा लिंग काटियो

सिरहा, आषाढ ११ । सिरहाको भवानीपुर गाउं विकास समिति वडा नम्बर ६ की एक विधवा महिलालाई जवरजस्ती गर्न खोज्ने एक पुरुषको लिंग काटिएको छ । गाउँमै सानो खाजा पसल संचालन गर्दै आएकी दुलारीदेवी मुखियाले गएराती जबरजस्ती गर्न खोजेको भन्दै स्थानीय २३ वर्षिय विल्टु मुखियाको ब्लेडले लिङ्ग काटीदिएकी हुन् । लिङ्ग काटिएर घाइते भएका मुखियाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । गएराती विल्टु मुखियाले मादक पदार्थ सेवन गरी जवरजस्ती गर्न खोजेको स्थानीयले समेत प्रहरीलाई बयान दिएका छन् । श्रीमान्को मृत्युपछि विल्टु मुखिया आफ्ना तीन जना बच्चाहरु सहित बस्दै आएकी थिइन् ।

जर्मनी र अमेरिका तथा पोर्चुगल र घाना भिडदै, आज रातीका चारै खेल रोमाञ्चक

काठमाडौं, आषाढ १२ । ब्राजिलमा जारी विश्वकप फुटबलको नक आउट समीकरण भोलि बिहान तयार हुनेछ । समूह चरणका खेल भोलि बिहान सकिएसंगै नकआउट समीकरण बन्ने भएको हो । राति पौने १० बजे समूह जीको खेलमा जर्मनीले अमेरिकाको तथा पोर्चुगलले घानाको सामना गर्दैछ । जर्मनी र अमेरिका समान ४-४ अंकमा रहँदा घाना र पोर्चुगल १-१ अंकमा छन् । यो अवस्थामा चारै टिमको अर्को चरण प्रवेश सम्भावना कायमै छ । समान चार अंकमा रहँदा जर्मनी र अमेरिका बीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ । घानासंग बराबरी गरेसंगै उपाधि दावेदार मानिएको जर्मनी झस्किएको छ । 

अमेरिकाले भने घानालाई पराजित गरेको थियो । प्रिक्वार्टरफाइनल पुग्नका लागि दुवै टिमले कम्तीमा बराबरी गर्नुपर्नेछ । यता, नक आउट चरण प्रवेशको झिनो सम्भावना बोकेको पोर्चुगलले घानामाथि आधा दर्जन गोलको अन्तर बनाएरमात्र पुग्ने छैन अर्को खेलमा जर्मनी र अमेरिकाबीच पनि फराकिलो अन्तरको नतिजा आउनु पर्ने हुन्छ । राति पौने २ बजे समूह एच्का खेलमा दक्षिण कोरियाले बेल्जियमको तथा अल्जेरियाले रुसको सामना गर्नेछ । यो समूहबाट स्पष्ट दुई जितका साथ बेल्जियमले यसअघि नै प्रिक्वार्टरफाइनलमा ठाउँ पक्का गरिसकेका अवस्थामा बाँकी तीन टोलीबीच अन्तिम १६ मा पुग्नका लागि टक्कर हुनेछ । 

अल्जेरिया ३ तथा रुस १ अंकमा रहँदा यो खेलमा जित मात्र हासिल गरे अल्जेरिया अर्को चरणमा पुग्नेछ । तर रुसलाई भने फराकिलो जितको आवश्यकतामात्र पर्नेछैन बेल्जियम र दक्षिण कोरियाबीचको नतिजाले पनि साथ दिनु पर्नेछ । एक अंकबाट पुछारमा रहेको दक्षिण कोरिया गोल अन्तरमा कमजोर भएकाले पनि बेल्जियममाथि सामान्य जितले समेत अर्को चरण प्रवेशको सम्भावना कठिन बनेको छ । एसियाको एक शक्तिको रुपमा रहेको दक्षिण कोरियाले जारी प्रतियोगितामा भने कुनै चमत्कार देखाउन सकेको छैन । तर एसियाका बाँकी टिम एक जितसमेत दर्ता नगरी बाहिरिइसकेका अवस्थामा अन्तिम टिमका रुपमा रहेको दक्षिण कोरियामाथि नक आउट चरण प्रवेश गर्ने भरोसा कायमै छ ।

Monday, June 23, 2014

तेरियाले डीआईडी लिटिल मास्टर्सको उपाधि कति भोटले जितेकि थिइन् , कुन देशबाट कति भोट आयो त ? (भोट विवरण सहित)

काठमाडौं, तामांग उद्धव । बुटवल नेपालकी १२ बर्षिया बालिका तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स-३ को उपाधि जितेकी छन् । शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन् । यस्तै दोस्रोमा अनुस्का क्षेत्री भइन् । 

अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन्। मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ तथा अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी उनले उपाधि समेत हात पारिन। 

डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन्। प्रतियोगिताको उपाधिसहित उनले ५० लाख भारुका साथै एउटा कारसमेत पाएकी छन्। बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। 

उनकी आमा सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन्। बुबा भने रोजगारीका लागि दुवईमा छन्। भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन्। फाइनलमा भारत, कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टी तथा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेललाई पछि पारेकी हुन्। सन् २००७ को तेस्रो इन्डियन आइडल बन्न सफल नेपालीभाषी प्रशान्त तामाङ पनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए।
DID Little Master 3 Winner Teriya Magar Vote Details Below नेपालबाट  ६० लाख + भारतबाट  ४० लाख + मलेसियाबाट  २५ लाख + कतारबाट  २० लाख + दुबईबाट २० लाख + साउदी अरेबियाबाट  २० लाख + कोरियाबाट १५ लाख + अमेरिकाबाट १५ लाख + युकेबाट  १५ लाख + हंगकंगबाट  १० लाख + अष्ट्रेलियाबाट १० लाख + जापानबाट  १० लाख + सिंगापुरबाट ८ लाख + कुवेतबाट ८ लाख + इजरायलबाट ८ लाख + अन्य देशहरु बाट १५ लाख + जम्मा टोटल भोट ३ करोड १२ लाख २१ हजार ५ सय १४ DID Little Master 3 Winner Teriya Magar Win Last Week Vote Details Thank you all viewers

Sunday, June 15, 2014

रोल्पा जिल्लाको एस एल सी को नतिजा .....2070

Distinction with first division 0551854D 0551855E 0551860J First division 0550010F 0550011G 0550028X 0550030Z 0550041K 0550051U 0550064H 0550067K 0550068L 0550085C 0550088F 0550089G 0550090H 0550091I 0550092J 0550097O 0550166F 0550195I 0550211Y 0550213A 0550240B 0550241C 0550242D 0550243E 0550415U 0550416V 0550593Q 0550596T 0550610H 0550625W 0550626X 0550627Y 0550632D 0550695O 0550974H 0550999G 0551032N 0551203C 0551206F 0551212L 0551217Q 0551221U 0551224X 0551227A 0551275W 0551277Y 0551278Z 0551281C 0551380X 0551382Z 0551421M 0551488B 0551489C 0551494H 0551524L 0551665W 0551695A 0551701G 0551726F 0551751E 0551852B 0551856F 0551861K 0551862L 0551863M 0551894R 0551904B 0552046N 0552149M 0552390T 0552391U Second Division 0550002X 0550006B 0550009E 0550016L 0550020P 0550031A 0550032B 0550033C 0550034D 0550035E 0550036F 0550038H 0550039I 0550040J 0550043M 0550045O 0550046P 0550047Q 0550050T 0550052V 0550053W 0550054X 0550055Y 0550058B 0550059C 0550060D 0550061E 0550062F 0550065I 0550066J 0550070N 0550072P 0550074R 0550075S 0550076T 0550077U 0550079W 0550082Z 0550086D 0550087E 0550094L 0550095M 0550096N 0550098P 0550099Q 0550101S 0550102T 0550103U 0550106X 0550110B 0550114F 0550116H 0550117I 0550118J 0550120L 0550121M 0550122N 0550124P 0550154T 0550159Y 0550167G 0550168H 0550174N 0550176P 0550181U 0550182V 0550190D 0550191E 0550193G 0550196J 0550197K 0550200N 0550201O 0550202P 0550203Q 0550205S 0550206T 0550208V 0550209W 0550210X 0550212Z 0550222J 0550224L 0550225M 0550238Z 0550239A 0550244F 0550259U 0550267C 0550291A 0550332P 0550333Q 0550335S 0550336T 0550337U 0550341Y 0550342Z 0550347E 0550348F 0550350H 0550353K 0550355M 0550356N 0550360R 0550362T 0550367Y 0550368Z 0550370B 0550375G 0550376H 0550387S 0550393Y 0550396B 0550397C 0550398D 0550399E 0550401G 0550402H 0550410P 0550411Q 0550417W 0550422B 0550430J 0550460N 0550467U 0550472Z 0550474B 0550485M 0550486N 0550490R 0550496X 0550498Z 0550501C 0550502D 0550504F 0550505G 0550510L 0550515Q 0550517S 0550518T 0550519U 0550520V 0550521W 0550523Y 0550563M 0550569S 0550570T 0550571U 0550578B 0550580D 0550582F 0550584H 0550588L 0550589M 0550591O 0550592P 0550595S 0550614L 0550619Q 0550629A 0550631C 0550634F 0550635G 0550638J 0550642N 0550658D 0550687G 0550748P 0550778T 0550787C 0550788D 0550789E 0550790F 0550791G 0550792H 0550794J 0550796L 0550819I 0550826P 0550835Y 0550837A 0550857U 0550878P 0550887Y 0550901M 0550917C 0550918D 0550923I 0550932R 0550934T 0550941A 0550942B 0550943C 0550944D 0550945E 0550946F 0550949I 0550950J 0550952L 0550953M 0550955O 0550956P 0550957Q 0550958R 0550959S 0550962V 0550964X 0550965Y 0550966Z 0550968B 0550969C 0550970D 0550971E 0550972F 0550973G 0550975I 0550976J 0550977K 0550978L 0550981O 0550986T 0551000H 0551014V 0551018Z 0551024F 0551028J 0551034P 0551042X 0551045A 0551046B 0551047C 0551048D 0551049E 0551067W 0551084N 0551092V 0551093W 0551094X 0551107K 0551108L 0551109M 0551110N 0551112P 0551113Q 0551125C 0551136N 0551140R 0551141S 0551142T 0551143U 0551144V 0551169U 0551170V 0551171W 0551172X 0551173Y 0551174Z 0551175A 0551204D 0551207G 0551208H 0551211K 0551213M 0551215O 0551216P 0551222V 0551225Y 0551226Z 0551228B 0551230D 0551241O 0551255C 0551263K 0551264L 0551265M 0551266N 0551269Q 0551273U 0551274V 0551276X 0551280B 0551344N 0551361E 0551386D 0551387E 0551402T 0551417I 0551427S 0551445K 0551453S 0551456V 0551469I 0551479S 0551486Z 0551487A 0551493G 0551498L 0551512Z 0551525M 0551526N 0551530R 0551536X 0551540B 0551545G 0551546H 0551556R 0551567C 0551589Y 0551626J 0551627K 0551628L 0551629M 0551631O 0551632P 0551633Q 0551634R 0551636T 0551637U 0551638V 0551639W 0551640X 0551641Y 0551643A 0551644B 0551646D 0551648F 0551649G 0551651I 0551653K 0551659Q 0551662T 0551699E 0551700F 0551702H 0551705K 0551707M 0551708N 0551709O 0551717W 0551718X 0551721A 0551722B 0551724D 0551727G 0551728H 0551740T 0551742V 0551747A 0551752F 0551754H 0551768V 0551776D 0551777E 0551781I 0551782J 0551784L 0551850Z 0551891O 0551892P 0551895S 0551897U 0551907E 0551926X 0551927Y 0551928Z 0551939K 0551944P 0551946R 0551978X 0551990J 0551996P 0551999S 0552003W 0552006Z 0552007A 0552008B 0552085A 0552086B 0552088D 0552094J 0552101Q 0552102R 0552122L 0552123M 0552131U 0552147K 0552154R 0552175M 0552181S 0552185W 0552193E 0552207S 0552233S 0552284R 0552285S 0552286T 0552294B 0552311S 0552315W 0552316X 0552319A 0552321C 0552336R 0552339U 0552345A 0552352H 0552353I 0552354J 0552394X 0552397A 0552399C 0552400D 0552402F 0552409M Third division 0550004Z 0550048R 0550057A 0550071O 0550184X 0550188B 0550194H 0550292B 0550294D 0550295E 0550339W 0550343A 0550358P 0550369A 0550385Q 0550395A 0550404J 0550406L 0550436P 0550500B 0550525A 0550529E 0550624V 0550649U 0550742J 0550747O 0550774P 0550786B 0550844H 0550858V 0550859W 0550954N 0551044Z 0551111O 0551188N 0551388F 0551390H 0551483W 0551523K 0551563Y 0551582R 0551720Z 0551896T 0551929A 0551933E 0552010D 0552090F 0552224J 0552232R

इराकी विद्रोही परास्त गर्न अमेरिका सहयोगका लागि तयार : ओबामा

काठमाडौं, जेष्ठ ३० । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकको इस्लामिक विद्रोहीलाई परास्त गर्न अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन् । इराकको मोसुल र टिक्रिट सहर इस्लामिक विद्रोहीले आक्रमण गरी कब्जामा लिएपछि ह्वाइट हाउसमा इराकबारे प्रतिक्रिया दिंदै ओबामाले इस्लामिक विद्रोहीलाई परास्त गर्न इराकी सरकारलाई सघाउन अपील समेत गरे । तर, उनले अमेरिकी सेना इराकमा पठाउने/नपठाउनेबारे केही प्रतिक्रिया दिएका छैनन् । इस्लामिक विद्रोहीहरु दोस्रो ठूलो सहर मोसुल र टिक्रिट नियन्त्रणमा लिइ बग्दादतर्फ अघि बढिरहेका इराक सरकारले जनाएको छ । 

यसअघि राष्ट्रसंघका महासचिव बान कि मूनले विद्रोहीलाई नियन्त्रणका लागि इराकको हात बलियो बनाउन विश्व समुदायलाई एक हुन आह्वान गरेका थिए । आइएसआइएस नामक इस्लामिक अतिवादी संगठनले इराकलाई इस्लामिक राज्य बनाउने उद्घोषका साथ आक्रमण गरेको स्पष्ट पारेको छ । मोसुल सहरमा आक्रमण गरेलगत्तै प्रधानमन्त्री नुरी अल मलिकीले विद्रोहीको प्रभाव क्षेत्रमा संकटकाल लगाउन संसदसमक्ष आग्रह गरेका थिए । यता, विद्रोहीले एकपछि अर्को सहर कब्जा गर्नथालेपछि इराकी जनता त्रसित हुँदै विस्थापित भएका छन् । (एजेन्सी)

विश्वकपमा आज बेलुकी तीन खेल हुने, दुई खेल निकै रोमाञ्चक

काठमाडौं, आषाढ १ । विश्वकप फुटबलअन्तर्गत आज बेलुकी पौने १० वजे हुने खेलमा स्वीट्जरल्याण्ड र ईक्वेडर भिड्नेछन् । समुह ‘इ’ का यी दुई राष्ट्रमध्ये स्वीट्जरल्याण्ड युरोपेली समूहबाट तथा ईक्वेडर दक्षिण अमेरीकी समूहबाट विश्वकपमा छानिएका हुन् । छनौट चरणमा उत्कृष्ट प्रदर्शन गरेको ईक्वेडर विश्वकपमा पनि त्यही लय दोहोर्‍याउने सुरुमा छ । स्वीट्जरल्याण्ड पनि यसपटक उत्कृष्ट फर्ममा रहेको बताईन्छ । यसै समूहको अर्को खेलमा राती पौने १ वजे फ्रान्स र होन्डुरस भिड्नेछन् । गत विश्वकपमा कमजोर प्रदर्शन गरेको फ्रान्स यसपटक फेरी १९९८ को सफलता दोहोर्‍याउने लक्ष्यका साथ ब्राजिल पुगेको छ । 

त्यतिबेला आप्mनै भूमिमा पहिलो पटक विश्वकपको उपाधि जितेको फ्रान्सले त्यसयताका दुई विश्वकपमा भने खराब प्रदर्शन गरेको छ । यसपटक भने युवाको बाहुल्य रहेको फ्रेन्च टोलीबाट धेरै आशा गरिएको छ । उता मध्य अमेरीकी समूहबाट विश्वकपमा छानिएको होन्डुरस पनि यसपटक निकै बलियो रहेको बताइन्छ । युरोपमा व्यवसायीक फुटबल खेलिरहेका विल्सन पालासियोस, एमिलियो ईजाक्वेरलगायतका खेलाडी होन्डुरसका मूख्य हतियार हुन् । विश्वकपअन्तर्गत समुह एफ को एउटा खेल भोलि विहान हुनेछ । नेपाली समय अनुसार पौने ४ वजे हुने खेलमा अर्जेन्टिना र बोस्नीया हर्सगोभिना भिड्नेछन् । 

लियोनल मेसी, एन्जल डि मारीया, सर्जीयो अगुएरो जस्ता खेलाडीले भरिएको अर्जेन्टिनालाई यसपटक उपाधि दावेदारको रुपमा हेरिएको छ । आप्mनै महादेशमा आयोजना भएको यो विश्वकपमार्फत् अर्जेन्टिना विश्व फुटबलमा अझ बलियोसँग स्थापित हुने प्रयासमा छ । दुई पटक विश्वकप जितेको अर्जेन्टिना सन् १९८६ यता पहिलो पटक विश्वकप जित्ने दाउमा छ । उता बोस्निया पनि स्वतन्त्र मुलुकको हैसियतमा सहभागि भएको पहिलो विश्वकपमै गाढा छाप छोड्न चाहन्छ । म्यान्चेस्टर सिटीका एडीन जेको र भेदाद ईबिसेभिच बोस्नियाका चर्चित र स्तरीय खेलाडी हुन् । 

जारी विश्वकपमा पहिलो पटक सहभागिता जनाउने एकमात्र राष्ट्र बोस्निया हो । उता विश्वकप फुटबलअन्तर्गतका पछिल्ला खेलहरुमा ईटाली, कोष्टारिका, कोलम्बिया र आईभोरी कोष्ट विजयी भए । समूह सी का खेलमा कोलम्बियाले ग्रिसलाई ३-० ले तथा आईभोरी कोष्टले जापानलाई २-१ ले पराजित गर्‍यो । यसैगरी समूह डी का खेलमा ईटालीले इंग्लण्डलाई २-१ ले हरायो भने कोष्टारिकाले उरुग्वेलाई ३-१ ले पराजित गर्‍यो । 

Thursday, June 5, 2014

तेरिया मगरलाई नेपालमा भब्य स्वागत

डिसीनेपाल डटकम संवाददाता - भारतीय टिभी च्यानल जी टिभीबाट प्रसारण भइरहेको रियालिटी शो डान्स इण्डिया डान्स लिटिल मास्टरको सिजन ३ की प्रतियोगी नेपाली चेली तेरिया मगर नेपाल आएकी छिन् । नेपालको रुपन्देही जिल्ला रुद्रपुरकी टेरिया यस सिजनको उत्कृष्ट दशमा पुगिसकेकी छिन् । उनी आज दिउँसो २:३० मा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा झरेकी हुन् । निर्णायक टोलीबाट पनि राम्रो कमेन्ट पाउँदै आएकी तेरियाको नेपालमा पनि धेरै प्रशंसक रहेका छन् । अहिले उनको स्वागतको लागि त्रिभुवन विमानस्थलमा शुभचिन्तकहरुको भीड लागेको डिसीनेपाल डटकमका संवाददाता दिपेश राजथारुले बताएका छन् ।

श्रीमतीको नग्न फोटो फेसबुकमा राख्ने लोग्ने पक्राउ

काठमाडौँ-आफ्नै श्रीमतीको सक्कली तस्विरमा अरु कुनै पोर्न साइटबाट नग्न तस्विर झिकेर त्यसलाई जाडेर तस्विर फेसबुकमा पोष्ट गरेको आरोपमा प्रहरीले काठमाडौका राजु महर्जनलाई हिरासितमा लिएको छ । महानगरिय प्रहरी अपराध अनुसन्धान शाखाका अनुसार आफ्नी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि उनले यो नकाम गरेका हुन् । आफ्नो टाउको जोडिएको नग्न तस्विर देखेपछि महर्जनकी श्रीमतीले प्रहरीमा उजुरी गरेकी थिइन् । उनले शुरुमै आप्mनो श्रीमानप्रति शंका गरेकी थिइन् । प्रहरीले राजुलाई सोध्दा उनले सो स्विकारेका थिए । विद्युतिय कारोबार ऐन अनुसार उनलाई कारवाही अगाडी बढाइँदैछ । अहिले अनुसन्धानका लागि म्याद थपेर अनुसन्धानको काम भइरहेको छ ।

Wednesday, June 4, 2014

भारतीय टिभीमा धुम मच्चाउँदै नेपाली छोरी तेरिया मगर, हेर्नुहोस हिजोको प्रस्तुति -

सम्पूर्ण नेपाली हरुको मायाले गर्दा यो हप्ता तेरिया मगर DID मा सबैलाई पछि पार्दै पहिलो हुन सफल l यसरीनै भोट गर्दै गर्नु होला!!

हलो जोत्ने हात समेत गुमाएर मलेसियाबाट फर्किदै छु’

‘हलो जोत्ने हात समेत गुमाएर मलेसियाबाट फर्किदै छु’ मेरो नाम कमलवहादुर दिगेल मगर हो । मेरो घर मोरङको मधुमल्ला गाविस वडा नम्बर ४ मा पर्छ । उमेर ५० नाघि सक्यो । श्रीमती र चार छोरा छोरीमध्ये दुईटी छोरीको विहे भइसक्यो । दुई छोराम र श्रीमती छन बाँकी । जग्गाजमिनको नाममा १० कठ्ठामात्रै छ । त्यहाँवाट उब्जिएको अन्नले दुःखजिलो खान पुगे पनि अरु उपाय छैन । नेपालमा हुँदा अरुको खेतीपाती गरिदिएर गुजारा चलाउदै थिएँ । राम्रो कमाउने सपना देखेर मलेसिया आएँ । हलो जोतेरै भएपनि कान्छालाई बोर्डिङमा पढाउन थालेको थिएँ । अहिले पनि वडेमानको झोलावोकेर छोरा पढन जान्छ भनेर वुढिमाउले फोनमा सुनाउदा मनमा आनन्द आउछ । वास्तवमा मलाई विदेश आउ मन थिएन । 

उमेरले पनि नेटा काटिसक्यो । तर बाध्यतामा परेँ । आजमात्रै हेरेर भएन, भोलि बुढेसकालका लागि केही कमाउन सकिएला भनेर १ लाख २० हजार रुपियाँ मेनपावरलाई बुझाएर आएँ । मैले मलेसियाको भूमीमा टेकेको सन् २०११ जुन १८इ तारिखमा हो । मैले काम गर्ने कम्पनी जोहोरको सेगामतमा रहेको प्लाष्टिक(रवर) कम्पनी रहेछ । मैले जुन २० तारिख देखि नै काम थालेँ । त्यहा म जस्तै थुप्रै नेपालीहरु पनि पहिला देखि नै काम गर्दै आएका रहेछनप् । अहिले पनि २० २५ जना नेपाली छौ । अरु देशकाअलि थोरै छन । म आउदा काम गरिरहेका धेरै जसो नेपालीहरु काम छाडर वाहिरी सकेका छन । नेपालमा जस्तो काम गर्‍यो, वस्यो, साथीभाईसंग कुरा गर्यो,चुरोट खायो यहाँ यस्तो नहुदो रहेछ । 

डिउटि भनेपछि छिसिक्क केहि पनि गर्न नपाईने । घरबाट आएको फेान समेत उठाउन नपाईने । पुराना साथीहरुले दाई वुढो मान्छे राम्रो संग गर्नु है भनेर मलाई संझाउथे । मैले अहिले सम्म यो कम्पनीमा काम गरेर तीनलाख रुपैया घर पठाएको छु । जे सोचेर मलेसिया आएको थिएँ त्यो त पुरा भएन । बरु हलो जोत्ने हात चै मलेसियामा गुमाए मैले । अब म नेपाल फर्केर हलो जोत्न सक्ने छैन । घटना सेक्टेम्वर ७ तारिख २०१३ को हो । विहानको काम सकियो दिउसोको खाना खाएर काममा गएको थिएँ । काम गर्ने ठाउँमा तोरी मकै पेल्दा मेशिनमा लगाउने फित्ता हुन्छ । त्यसमा मैले काम गर्थेँ । रवर आउने ठाउँमा रवर रोकियो फित्ता मिलाउन थालेको मात्रै थिएँ, फित्ताले मेरो हात स्वात्तै तान्यो । म चिच्याएँ, साथीभाईहरुले मेशिन रोकिदिए । तर त्यतिबेला सम्म मेरो हात मेशिनले धुलोपिठो पारिसकेको रहेछ । 

कम्पनीले तत्कालै मलाई अस्पताल पुरयायो । घटना भएको २४ घण्टा पछाडि मात्रै अप्रेसन भयो । अप्रेसनगर्दा मेरो देव्रे हातको कुहिनाभन्दा माथिवाट काटिएछ । अप्रेसनपछि हात बिनाको म छाँगाबाट खसे जस्तै भएँ । अब मसँग गरि खाने हात थिएन । जहान परिवार सम्झेर बेस्सरी रोएँ । के सोचेँ मैले, के भयो अहिले भने जस्तै भयो । करीव ५ महिना अस्पतालमा बस्दा पनि घटना बारे परिवारलाई जानकारी दिइन । मेरा उपचारका लागि अस्पतालमा १७ हजार २ सय रिंगेट खर्च भएको भनेर साहुले भन्दैछ । मैले घरमा मैले नभने पनि साथीभाइले सुनाइसकेछन् । घरमा फोन गर्दा त उनीहरुले सबै बेलिबिस्तार पो लगाउन थाले । उताबाट खुरुक्क घर आउनु भनिरहेका छन् । तर म सजिलै घर जान सक्ने अवस्था छैन । अहिले कम्पनीले सजिलो काम दिएको छ । सकी नसकी त्यहि काम गरिरहेको छु । 

बिमाको लागि १८ हजार रिगेटको कागजमा सहिछाप गरिसकेको छु । पैसा आउछ केहि दिन कुर्नु पर्छ भनेर साहुले भनेको कारण त्यसको पर्खाइमा वसेको छु । दुर्घटना भईसकेपछि साहुले दिएको १५०० रिंगेटभन्दा एक पैसा पनि घरपरिवारमा पठाएको छैन । अचेल हात निकै दुख्नथालेको छ । आरोलोमा अनि छिटो छिटो हिड्दा असाध्यै दुख्छ । अव नेपाल गएपछि के गर्ने होला भनेर सोच्दैछु । कहिलेकाँहि त कुन दिनमा विदेश पसेछु । के दशा विग्रिएको दिनमाआएको रहेछु जस्तो लाग्छ । परिवारलाई सुख र खुसी दिन्छु भनेर आएका थिएँ, तर आफैं खुसी लुटाएर फर्किदैछु । सम्झिन्छु अब त गाउतिर अरुको हलो जोतेर खाने हात पनि मसँग छैन । जिन्दगीदेखि साँच्चैनै धेरै धेरैनै थाकेको छु, बरु मूर्दा बनेको भए श्रद्धान्जली दिन्थे होलन्, जिउदो मूर्दा बन्दा आफैप्रति वितृष्णा जागेर आउछ ।

Monday, June 2, 2014

वानीराले रथ चढ्दा

womenकाठमाडौ, जेष्ठ १७ - दार्जिलिङको नयाँबजार खर्साङमा जन्मिइन्, साहित्यकार डा. वानीरा गिरी । साहित्य सेवा भने नेपालमा गरिन् । लामो समय प्राध्यापन गरेकी उनले उपन्यास, कविता लगायत विधामा दर्जन नेपाली साहित्यिक कृति लेखेकी छन् । नेपाली साहित्यमा पहिलोपटक विद्यावारिधि गर्ने महिलाको रूपमा समेत छवि बनाएकी उनलाई शनिबार त्रिमूर्ति निकेतनले 'विश्व नारी रत्न' को उपाधिसहित पाँच लाख रुपैयाँ र सम्मानपत्रबाट पुरस्कृत गर्यो । प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानमन्त्री वामदेव गौतमबाट उपाधि पाएपछि उनको रथ्ाारोहणसमेत गरियो । 

कविशिरोमणि लेखनाथ पौडेलपछि रथारोहण भएको उनी दोस्रो नेपाली स्रष्टा हुन् । २०११ मा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले पौडेलको रथारोहण गराएका थिए । डा. वानीरा चाहिँ तीनदिने विश्व नारी नेपाली साहित्य सम्मेलनको अवसरमा सम्मानित भएकी हुन् । भाटभटेनीस्थित आम्रपाली बैंक्वेटबाट जंगी अड्डाको सौजन्यमा उनको रथारोहण गरिएको थियो । रथमा उनलाई कवयित्री उषा शेरचन र सम्मेलन केन्द्रीय समितिका अध्यक्ष डा. गार्गी शर्माले पनि साथ दिए (तस्बिरमा) । नक्साल, हात्तीसार, दरबारमार्ग हुँदै भद्रकाली सहिदगेट घुमेर फेरि भाटभाटेनी पुर्‍याइएकी वानीराको अनुहार घरी भावुक देखिन्थ्यो, घरी चञ्चल । ४५ मिनेटको रथयात्रापछि सम्मेलनस्थल पुगेकी उनलाई त्रिमूर्ति निके तनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बोकेर स्टेज लगेका थिए । 

बेहुलीझैं सिंगारिएकी उनी भने हल्का लजाउँदै 'भाइजस्तो मान्छेको बुई चढ्नुपर्‍यो आज' भन्दै थिइन् । 'मेरो जीवन यात्राकै ठूलो भाग्य हो यो,' उनले भनिन्, 'सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्रीबाट सम्मानित हुन पाउँदा निकै गर्व लागेको छ ।' उनले जीवनकै सर्वाधिक हर्षको क्षण दाबी गर्दै उनको कृतित्व र व्यक्तित्वमाथि ले खिएका कृति र तिनका लेखकहरूप्रति पनि आभार व्यक्त गरे । प्रधानमन्त्रीले डा. वानीरामाथि नै लेखिएका कृति 'कवितामा वानीरा', 'वानीरा गिरीको कृतिस्तम्भ', र 'नेपाली साहित्यका विश्व नारी रत्न' सँगै १४ साहित्यिक किताबसमेत लोकार्पण गरे । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले 'नारी स्रष्टा र साहित्य सर्जकको सम्मानका लागि सरकार क्रियाशील रहेको' दाबीसमेत गरे । 

उनले 'झन्डै दुई शताब्दीअघि सुरू नेपाली साहित्य आज विश्वभर फैलिएको र विभिन्न देश पुगेका नेपाली स्रष्टाले विदेशी भूमिमा पनि लेखन कायम राखी नेपाली साहित्यलाई ठूलो गुन लगाएको' समेत चर्चा गरे । उपप्रधानमन्त्री गौतमले भाषा, साहित्यको समृद्धिले राष्ट्रको पहिचानलाई पनि बलियो बनाउने तर्क राख्दै साहित्यकारको सम्मानले मात्र भाषा-साहित्यको विकासमा योगदान पुग्ने दाबी गरे । सिक्किम विश्वविद्यालयका प्रा.डा. पुष्पा शर्माले 'भारतीय भूमिमै जन्मिएका वानीराको सम्मान आफूहरूको पनि सम्मान रहेको दाबी गर्दै भूगोलभन्दा भाषाको साइनोलाई बलियो बनाउन सम्मेलनले काम गरेको' बताइन् । बिहीबार सुरु सम्मेलनमा पाँच महादेश, २० राष्ट्र र नेपालका चौध अञ्चलका गरी ३ सय नारी स्रष्टा छन् । सम्मेलनमा विभिन्न कार्यपत्र पेस गर्नुका साथै प्राज्ञिक समीक्षा गरिने र घोषणापत्र जारी गर्दै शनिबार सकिने सदस्यसचिव नरेन्द्र प्रसाइले जनाए ।  

प्यूठानको भिंगृबाट कृष्णनगर जादै गरेको बस गोठिवाङको लामाचौरमा भर्खरै दुर्घटना भएको छ

प्यूठान, जेष्ठ १९ - प्यूठानको भिंगृबाट कृष्णनगर जादै गरेको बस गोठिवाङको लामाचौरमा भर्खरै दुर्घटना भएको छ । स्वर्गद्वारीबाट तिर्थयात्री लिएर फर्किदै गरेको लु १ ख ३८०३ नम्बरको बस लामाचौरमा दुर्घटना भएको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेर उद्धार गरिरहेका छन् । घटनामा दर्जन बढीको मृत्यु हुनसक्ने आशंका गरिएको छ । घाइतेको उद्धारका लागि जिल्ला अस्पतालबाट एम्बुलेन्स गएका छन् । बस सडकबाट १ सय मिटर तल माडी खोलामा खसेको प्रहरीले जनाएको छ । अहिले घाइतेको उद्धार भइरहेकाले मर्नेको यकिन नभएको जिल्ला प्रहरी प्रमुख दीपक रेग्मीले बताए ।

फोटो खिच्नेबित्तिकै पाठक इशान गौतमले खुसी हुँदै भने, 'अबचाहिँ फेसबुकमा अपलोड गरिन्छ

literatureकाठमाडौ, जेष्ठ १८ - किताबका पानामा हस्ताक्षर गरेपछि, एक हूल जमातले आ-आफ्ना गोजीबाट मोबाइल झिक्दै 'फोटो पनि खिचौं न' भन्न थाले । लेखक खगेन्द्र संगौला र झलक सुवेदीले एकातिर फोटोका लागि स्विट स्माइल दिने प्रयास गर्दै थिए भने अर्कोतिर टेबलमा हस्ताक्षरको हात पनि चलाइरहेका थिए । फोटो खिच्नेबित्तिकै पाठक इशान गौतमले खुसी हुँदै भने, 'अबचाहिँ फेसबुकमा अपलोड गरिन्छ ।' खगेन्द्रकै छेउमा हस्ताक्षर गर्न बसेका झलकले पनि ती युवाहरूको उत्साहलाई मुस्कुराउँदै सर्मथन जनाए । पाठक र लेखकबीचको यो रोचक लुकामारी यतिबेला भृकुटीमण्डपमा चलिरहेको '१८ औं नेपाल शिक्षा तथा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी' मा देख्न सकिन्छ । 

केही दिनअघि मात्रै पछिल्लो कृतिका रूपमा खगेन्द्रले संस्मरण 'बाल्यकालका पदचापहरू' प्रकाशनमा ल्याएका थिए । झलकचाहिँ आफ्नो उपन्यास 'आधा जुन' किनेका पाठकहरूका लागि हस्ताक्षर गरिरहेका थिए । शनिबार तेस्रो दिन पनि लेखकको हस्ताक्षर माग्नेहरूको बाक्लो उपस्थिति थियो । फाइन पि्रन्टको स्टलमा हस्ताक्षर गरिरहेका खगेन्द्र र झलकजस्तै यता याम्बुरी बुक प्वाइन्टको स्टलमा कवि विप्लव ढकाल र उपन्यासकार अखण्ड भण्डारी हस्ताक्षरमा व्यस्त थिए । रातो खादा पहिरिएर कुर्सीमा बसेका विप्लवले पछिल्लो कविता संग्रह 'च्याउको जंगल' मा हस्ताक्षर गरिरहेका थिए, अखण्डचाहिँ आफ्नो उपन्यास 'मलाया एक्सप्रेस' मा । किताबमा लेखकको हस्ताक्षर लिएपछि फोटोका लागि पाठकले यिनलाई पनि घेर्थे । यो दृश्यबाट कवि विप्लव आफैं अचम्मित भए । 

उनले पछिल्लो समय पाठक र लेखकबीचको सम्बन्ध विस्तार हुन थालेको दाबी गरे । कुनै बेला 'कविता भन्नेबित्तिकै सुन्नुपर्छ भनेर पर भाग्ने जमात अहिले कविता संग्रहकै लागि लाइन लगाएर हस्ताक्षर गर्न आउनुले कविताप्रतिको आम पाठकमा रुचि बढ्न थालेको' विप्लवले सुनाए । उता अखण्डको 'मलाया एक्सप्रेस' को सहुलियत संस्करण धेरै बिक्री भएको याम्बुरी बुक प्वाइन्टका अध्यक्ष कुयाङ लामाले बताए । उनले शनिबार मात्रै २ सयभन्दा माथि किताब बेचेको दाबी गरे । लेखकका लागि प्रदर्शनी दसैंजस्तै लाग्छ । पाठकहरू पनि आफ्ना मनपर्ने लेखकहरूसितको भलाकुसारी र भेटघाट हुन पाउने भएकाले प्रदर्शनीमा बेग्लै आनन्द महसुस गर्छन् । एकै ठाउँमा थुप्रै थरी पुस्तक भेट्टाइने र लेखकसँग साक्षात्कार गर्न पाइने हुँदा प्रत्येक वर्षको प्रदर्शनीमा आफू आउने गरेको भक्तपुरकी बबिता नकर्मीले बताइन् । 

राजन मुकारुङको मदन पुरस्कार प्राप्त उपन्यास 'दमिनी भीर' किनेकी उनले लेखक आएका छन् कि छैनन् ? भन्दै आयोजकलाई सोधेकी थिइन् । शिक्षण पेसा गर्ने २४ वर्षीय बबिताले राजन नआएको जानकारी पाएपछि हरिवंशको 'चिना हराएको मान्छे' किनिन् । लेखकको हस्ताक्षर सहितको पुस्तक किन्ने उनको चाहना थियो । त्यसैले 'चिना हराएको मान्छे' किनेको बताइन् । 'प्रदर्शनीको फाइदा यही त हो,' उनले भनिन्, 'पुस्तक पसलमा यस्तो अवसर कहाँ पाउनु ?' रोजन पहाडी दिउँसो १२ बजे प्रदर्शनीस्थल छिरेका थिए । किशोर नेपालको 'मेरो समय' किनेका उनले दिउँसो लेखक आउँदै छन् भन्ने जानकारी पाएपछि हस्ताक्षरका लागि दिनभरि कुरेर बसेको बताए । करिब ३ बजे प्रदर्शनीमा आएका लेखक किशोरबाट कीर्तिपुरका २२ वर्षीय रोजनले हस्ताक्षर गराएरै छाडे । निस्किने बेला उनी निकै प्रफुल्लित देखिएका थिए । '

युद्धका डोबहरू' का पुण्यप्रसाद प्रसाईं, 'एम्बुसमा छ वर्ष' का दामोदर न्यौपाने, 'मञ्जरी' का राजु नेपाल, 'कोसिस' का मुकुन्द अधिकारी लगायत लेखकहरू पनि पाठकसित हस्ताक्षर क्रममा भेटिए । उनीहरूले पनि आफ्ना फयानहरूसित फोटो खिच्न भ्याए । प्रदर्शनी स्थलमा पाठक अन्तरक्रिया, हस्ताक्षरसँगै पुस्तक विमोचनहरू पनि भइरहेका छन् । शनिबार कवि श्रवण मुकारुङको गीति संग्रह 'सुनरे सियाराम' सार्वजनिक गरियो । पूर्वकुलपति बैरागी काइँलाले उनको कृति सावर्जनिक गर्दै श्रवणको लेखनमा मौलिकता झल्कने बताए । आभासले श्रवण र आफ्नो मित्रताको प्रसंग जोड्दै सामाजिक चरित्रमा रचनाको सौन्दर्य ढाल्न सक्ने खुबीको उनमा भएको दाबी गरे । विप्लव ढकालले श्रवणलाई सरल लेखनमा क्षमता भएका स्रष्टा भने । शनिबार साहित्यिक पत्रिका 'पाण्डुलिपि' माथि पनि परिचर्चा राखिएको थियो । 

बीएन पुस्तक संसारले दुई महिना अघिदेखि प्रकाशन थालेको पत्रिकाको दोस्रो अंक निबन्धकार शंकर लामिछाने केन्दि्रत थियो, यही विषयलाई जोडेर प्रदर्शनीमा छलफल चलाइएको थियो । गुरुङ सुशान्त र राजकुमार बानियाँले मोडरेट गरेको कार्यक्रममा साहित्यकार कुमार नगरकोटी, रोशन शेरचन र शेखर खरेलले शंकर लामिछाने र पत्रिकाबारे बोलेका थिए । कुमारले नेपाली साहित्यिक पत्रिकामा 'पाण्डुलिपि' ले बेग्लै छाप छोड्न सफल भएको दाबी गरे । पत्रिका दीपक सापकोटाको सम्पादनमा मासिक रूपमा निस्किन्छ । ग्लोबल एक्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज्ले गरेको प्रदर्शनीचाहिँ २२ गते सम्म रहने छ । साहित्य, शिक्षा, बिजेश, संस्कृति, स्वास्थ्य लगायत बालबालिका र गृहणीलाई समेत आवश्यक पुस्तकका १ सय १५ स्टल प्रदर्शनीमा छन् । ekantipur

शास्त्रीय संगीत सबै संगीतको आधार हो

photoपोखरा, जेष्ठ १९ - 'शास्त्रीय संगीत सबै संगीतको आधार हो,' वरिष्ठ गायिका तथा संगीत नाटय प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ हरिदेवी कोइराला भन्दै थिइन्, 'त्यो आधारलाई फैलाउन र पोखराका संगीतप्रेमीहरूलाई शास्त्रीय संगीततर्फ आकषिर्त गर्न गुरुकुल संगीत प्रशिक्षण केन्द्रले केही वर्षयता ठूलो भूमिका खेलिरहेको छ ।' कोइराला सायद गलत थिइनन् । नत्र गुरुकुल संगीताञ्जलीको १८ औं शृंखलाको श्रोतादीर्घामा वयोवृद्ध संगीतज्ञ/संस्कृतिविद् सर्वज्ञमान प्रधानांग, गायक सरोजगोपाल, कविहरू तीर्थ श्रेष्ठ र सरस्वती प्रतीक्षा, बाबा राणा, तबलावादक श्यामलाल श्रेष्ठ जस्ता स्थापित नामहरू हुँदैनथे । 

लेकसाइडको माउन्ट कैलाश रिसोर्टमा हालै आयोजित समारोह एक साता लामो तबला शिविरको समापनको अवसर थियो । राजधानीस्थित अतुल स्मृति गुरुकुल र केन्द्रले संयुक्त रूपमा नयाँबजारमा दुई वर्षमा दोस्रो चोटि शिविर चलाएका थिए । राजधानीबाट आएका तबलावादक परशुराम पौडेलले प्रतिष्ठित व्यक्ति र विद्यार्थीहरूलाई तबला सीप सिकाएका थिए । परशुरामझैं केन्द्रका प्राचार्य तीर्थराज पोखरेल पनि बनारसकै उत्पादन हुन्, जसको दक्षता चाहिँ शास्त्रीय गायनमा छ । समारोहको पहिलो प्रस्तुति गुरुकुलकै विद्यार्थीहरूको थियो । 

तीर्थराज र राम स्वामीको सहयोगमा अनिल विक, रश्मि अमात्यलगायतले राग र भजन सुनाएपछि बनारस हिन्दू युनिभर्सिटीकै अर्का उत्पादन श्री केसी मञ्चस्थ भए । राजधानीको पद्मकन्या क्याम्पसका गायनगुरुले ध्रुपदको छोप हाल्दै राग विहाग गाए । तबलामा मनोज गौतमको साथ पाएर होला, उनले निश्चिन्त गाइरहे, पौने घन्टासम्म । 'पोखरामा पहिलो प्रस्तुति दिइरहेका' उनले राग आधारित आफ्ना सिर्जनाहरू पनि सुनाए । परशुरामले छोटो समयको तबला सोलो प्रस्तुति दिए । 

राजधानीमा सक्रिय रक सितार ब्यान्डका बाँसुरीवादक प्रताप केसी मञ्चमा उक्लिँदा अँध्यारो बाक्लिइसकेको थियो । सांगीतिक प्रस्तुतिहरूको बीचमा, गायन, वादन र लेखनमार्फत 'शास्त्रीय संगीतको विस्तारमा योगदान पुर्‍याएकामा' क्रमशः श्री, परशुराम र कान्तिपुरका पत्रकार पारस नेपाललाई सम्मान पनि गरियो । प्राज्ञ कोइरालाले सम्मान हस्तान्तरण गरिन् । 'पहिलो चोटि यति भव्य रूपमा कार्यक्रम गर्नेबारे सोच्दा नै साहस डगमगाएको थियो,' तीर्थराज भन्दै थिए, 'तर अग्रज, मित्र र विद्यार्थीहरूको सहयोगले यो सम्भव भयो ।' उनलाई हौसला दिन प्रमुख अतिथिको आसनबाट कोइराला पनि गाउँदै थिइन्— 

माछापुच्छ्रे सररर 

हाँसेको हेर पोखराको सररर 

फेवाताल देखेर माछापुच्छ्रे सररर 

हिमालको छाया  फेवातालमै सररर हेरेर जाऊ माया... -

"भारतमा नेपाली भाषा खतरामा छ"

photoगान्तोक (सिक्किम), जेष्ठ १९ - 'भारतमा नेपाली भाषा कति दिन बाँच्ला भन्ने डरको तरबारले हामीलाई सताइरहेको थियो,' सिक्किमका अगुवा कवि तथा प्राध्यापक डा. राजेन्द्र भण्डारीले भने, 'तर, नेपाली भाषा अझै जुगौं बाँच्ने रहेछ ।' देवकोटा-लुसुन प्रज्ञा प्रतिष्ठान काठमाडौं, नेपाली साहित्य परिषद् सिक्किम र प्रेस क्लब सिक्किमद्वारा गान्तोकमा आइतबार आयोजित 'नेपाल-भारत साहित्य उत्सव' मा भण्डारीले नेपाली स्रष्टाहरूका सिर्जना सुनेपछि भने, 'भारतमा नेपाली भाषा खतरामा बाँचिरहेको छ । अब बचाउन सके नेपालले मात्रै सक्छ ।' 

भूगोल र राजनीतिले अलग बनाए पनि भाषा, संस्कृति र साहित्यका माध्यमले नेपाली र भारतका नेपालीभाषी सधैं नजिक रहेको भण्डारीको टिप्पणी रह्यो । नेपाली स्रष्टाहरू सिक्किम पुग्दा उनलाई मामाघरबाट दाजुभाइ आएको आभास भएछ । थपे, 'नेपाल साहित्य, भाषा र संस्कृतिको साझा भूमि हो । हाम्रो पवित्र तीर्थस्थल पनि ।' देवकोटा-लुसुन प्रतिष्ठानले भारतका नेपालीभाषीमाझ भाषासाहित्यको प्रवर्धनका लागि अभियान सुरु गरेको हो । नेपाल र सिक्किममा नेपाली भाषा, साहित्य र पत्रकारिता सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिन प्रतिष्ठान र प्रेस क्लबबीच सम्झौता समेत भयो । 

प्रतिष्ठानका अध्यक्ष एवं समालोचक निनु चापागाईं र प्रेस क्लब सिक्किमका अध्यक्ष भीम राउतले सम्झौता पत्रमा हस्ताक्षर गरे । उत्सवकै मौका छोपी कवि हेमन्त विवशको कृति 'शैपालको आँगन' सार्वजनिक पनि गरियो । उत्सवमा नेपाली सर्जकहरू हरिगोविन्द लुइँटेल, विवश पोखरेल, भूपीन, सीमा आभास, हेमन्त विवश, राबत, हेमन यात्री, हेम प्रभाष, ज्योति जंगल, महेश पौडेल, कृष्ण प्रसाई र प्रतीक ढकालले कविता सुनाएका थिए । सिक्किमका तर्फबाट राजेन्द्र भण्डारी, प्रवीण राई जुमेली, सुधा एम राई, चक्रपाणि भट्टराई, कर्ण विरही, प्रवीण खालिङ, रवि रोदन लगायत गुन्जिएका थिए ।

लोकेन्द्र बहादुर चन्दले सोमबार आफूलाई पार्टी अध्यक्ष घोषणा गरे

काठमाडौ, जेष्ठ १९ - नेतृत्वका लागि विवाद चुलिएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेता लोकेन्द्र बहादुर चन्दले सोमबार आफूलाई पार्टी अध्यक्ष घोषणा गरेका छन् । पूर्व सहमति अनुसार अध्यक्ष सुर्यबहादुर थापाको एक वर्षको अवधि सकिएको भन्दै चन्दले पार्टी कार्यालयमा आफ्ना समर्थकहरु माझ आफूलाई अध्यक्ष घोषणा गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र जशक्ति पार्टीबीच एक वर्ष भएको एकीकरणका बेला पहिलो वर्ष थापा, दोस्रो वर्ष चन्द, तेस्रो वर्ष पशुपति शमशेर राणा र चौथो वर्ष प्रकाशचन्द्र लोहनी अध्यक्ष हुने सहमति भएको थियो । जेठ ६ गते थापाको एक वर्षको अवधि सकिए लगत्तै चन्द र लोहनी पक्षले उक्त सहमति कार्यान्वयनको माग गर्दै आएका थिए । 

थापाले पार्टीको वाषिर्कोत्सवपछि जेठ-१८ बाट अध्यक्ष छाड्छु भनेको तर उनले नछाडेपछि चन्द स्वतः अध्यक्ष भएको उनी पक्षीय केन्द्रीय सदस्य महेश्वर रोक्काले बताए । १ सय ७ सदस्यीय केन्द्रीय समितिमा ५३ जना चन्दको पक्षमा रहेको रोक्काले दावी गरे । चन्दको घोषणा कार्यक्रममा नेताहरु लोहनी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बलराम घर्तिमगर लागायतको उपस्थिति रहेको थियो । पार्टीका सह प्रवक्ता किरण गिरीले चन्दको स्वघोषणा बारे आफूहरुलाई केही जानकारी नभएको बताए । 'पार्टीको विधान र प्रक्रिया मिचेर चन्दजी त्यस्तो नगर्नुहोला,' गिरीले भने । यसैबीच थापा पक्षले आज १ बजे पार्टीको आकस्मिक बैठक बोलाएका छन् । स्रोतका अनुसार पार्टी भित्र अराजकता बढेको र पार्टी कार्यालयमा तोडफोड समेत गरिएकाले नेतृत्व छाड्ने घोषणा गरेको भएपनि थापालाई निरन्तरता दिने बैठकले निर्णय गर्नेछ ।  

Sunday, June 1, 2014

रमेश खरेलको समर्थनमा जुलुस

काठमाडौं : काठमाडौं प्रहरीका प्रमुख रमेश खरेलको पक्षमा समर्थन जनाउँदै केही विद्यार्थी तथा युवाले आइतबार दिउँसो वशन्तपुरमा जुलुस प्रदर्शन गरे। उनीहरुले रमेश खरेल जिन्दावाद भन्दै गृहमन्त्री तथा उपप्रधानमन्त्री बामदेव गौतमविरुद्ध कडा नाराबाजी गरेका थिए। भ्रष्टाचारको विरुद्धमा बोल्ने रमेश खरेललाई सरुवा गर्ने सरकारी कदमको विरोध गर्दै उनीहरुले विभिन्न ब्यानर प्रदर्शन गरेका थिए। 

जुलुसमा सहभागी विद्यार्थी तथा युवाले राष्ट्रिय झन्डा बोकेका थिए। प्रदर्शनकारीहरुले गृहमन्त्री गौतमको राजीनामासमेत मागेका थिए। खरेललाई सरुवा गर्ने गृहमन्त्रालयको निर्णयलाई निर्वाचन आयोगले उल्टाइदिएपछि पनि मुख्यालयले खरेलमाथिको छानबिन जारी राखेको छ।

रोल्पा को गाममा गाडी पुगेपछि खुसियाली

गाम (रोल्पा), जेष्ठ १७ - सशस्त्र युद्धबाट सबैभन्दा प्रभावित गाममा सडक पुगेपछि स्थानीय खुसी र उत्साहित भएका छन् । सदरमुकाम लिबाङबाट २८ कोस टाढा पर्ने यो गाविसमा कच्ची सडक पुग्दा स्थानीयले खुसियाली मनाएका हुन् । ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना -आरआरआरएसडीपी) अन्तर्गत सडक पुर्‍याइएको हो । 'शान्ति एवं विकास' कार्यक्रमअन्तर्गत पूर्वी रोल्पाको सुलिचौर-गाम सडक निर्माण गरिएको हो । 'अहिले गामसम्म कच्ची सडकको ट्रयाक खन्ने काम सकिएको छ ।' 

आयोजना प्रमुख इन्जिनियर गौरीकुमार श्रेष्ठले भने । गाममा सडक पुगेपछि जिल्लाकै अति विकट गाविस लिबाङसँग सडक सञ्जालका माध्यमबाट जोडिएको छ । 'तत्कालीन समय -युद्धको अवधिमा) मा राज्यपक्षबाट पुर्‍याइने कार्यक्रम कहिल्यै पुग्न सकेनन् ।' पूर्व जनप्रतिनिधि एवं निर्माण व्यावसायी रमेश रोका भन्छन्, 'अहिले सडक पुगेपछि हामीले जिल्ला सदरमुकामस ँग जोडिएर खुसी अनुभूति गरेका छौं ।' गाउँमै सडक, सरकारी सेवा र सुविधा पुगेपछि वर्षौंअघि पलायन भई काम खोज्न भारत पसेका र खाडी मुलुक पुगेका युवा फर्केर वैकल्पिक पेसा रोज्न थालेका छन् । 

परियोजनाका अनुसार सुलिचौरबाट गाम पुग्ने उक्त सडक ३६ किलोमिटर लामो छ । उक्त सडकले गाम, मिझङ, बडाचौर, गुम्चाल, हार्जङ लगायतका गाविसलाई प्रत्यक्ष जोड्छ भने त्यस वरिपरिका गाविसले समेत लाभ पाउने भएका छन् । स्थानीयले ४६ उपभोक्ता समिति गठन गरी सडक खनेका थिए । स्टोनका अनुसार सडक खन्न गाउँका अतिविपन्न, दलित, महिला, जनजाति र गरिबहरूको सक्रिय सहभागिता थियो । २५ करोड लगानीमा सुलिचौरदेखि गामसम्मको सडक निर्माण गरिएको हो । सडक निर्माणपछि सुदूर गाउँलाई सदरमुकामसँग सिधै जोडिएकाले स्थानीय तहमा रोजगारी सिर्जना हुनुका साथै ग्रामीण वस्तुको उत्पादनले समेत बजार पाउने विश्वास लिइएको छ । 

स्थानीय विकास अधिकारी हीरालाल रेग्मी भन्छन्, 'द्वन्द्व र भौगोलिक कठिनाइका कारण जिल्लाकै पछि परेको गाममा सडक पुर्‍याउन पाउँदा व्यक्तिगत रूपमा म पनि हौसिएको छु । सडक पुगेपछि अरू प्रकारको विकास पनि लैजानुपर्छ ।' सडकमा पर्ने दुईवटा पुल निर्माण हुन सके सडक वर्षैभर चल्ने आयोजनाका इन्जिनियर लोक बिष्टले बताए । गाममा मुस्किलले २ हजारभन्दा बढी जनसंख्या छ । गामस्थित माध्यमिक विद्यालयका शिक्षक बागवीर घर्तीमगरले पर्यटकीय विकासका योजना अघि सार्न सके विकासमा नयाँ आयान आउन सक्ने बताए । '

प्राकृतिक एवं युद्ध पर्यटनको अवधारणा अघि ल्याएर विकास गर्न सकेमा यहाँको गरिबी घटाउन सहयोग पुग्नेछ । यसका लागि सरकारले केन्द्रीय तहबाट योजना ल्याउनुपर्छ ।' गाममा सशस्त्र युद्धमा लडाइँ भएको तमाखे डाँडा, आकर्षक एवं सुन्दर विबाङ र कोठीभीर लगायतका प्राकृतिक स्थानहरू छन् । युद्धका कारण ध्वस्त भएका भौतिक निर्माण योजनालाई पुनर्निर्माण र विस्थापितलाई पुनःस्थापना गर्न ठूलो लगानीमा यस्ता सडक योजना गाउँगाउँमा लैजान सकिए विगतको युद्धको घाउ बिर्साउनमा टेवा पुग्ने स्थानीयको माग छ । 

रोल्पामा विगत युद्धताका भौतिक सम्पत्तिको ठूलै क्षति भएको थियो । जिविस र स्थानीय प्रशासनले करिब ५० करोड जतिको क्षति भएको आशंका गरेका छन् । शान्ति मन्त्रालयले सबै क्षतिको विवरण माग गरे पनि गाउँमा पुगेर ध्वस्त सम्पत्तिको मूल्यांकन गर्ने जनशक्ति अभावमा वास्तविक क्षति विवरण पाउन नसकिएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

गौर कारागारबाट कैदी फरार, प्रहरी जवान सम्पर्क बिहिन

जेठ १८, रौतहट रौतहटको गौर कारागारबाट एक भारतीय नागरिक सहित २ कैदी फरार भएका छन् । अस्पतालमा उपचारको लागी लगीएका कैदी फरार भएपछि एक प्रहरी जवान समेत सम्पर्क बिहिन छन् । कारागारका कैदी मोहम्मद जावेदलाई हिजो उपचारको लागी अस्पताल लगेकोमा त्यहीबाट फरार भएका हुन । त्यसपछि अर्का कैदी नबिनकुमार यादव फरार भए । 

जावेदलाई अस्पताल लैजाने प्रहरी जवान गौरी शंकर साह समेत सम्पर्क बिहिन छन । यादव अपहरण मुद्धामा ०६६ माघ ९ गते र जावेद लागु औषध ओसार पसारमा ०६७ चैत २९ गते देखी कारागारमा छन । घटना रहस्यमय भएकाले यथार्थ पत्ता लगाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

मेरो फोटो सहित voting भनेर लेखेको आउनेछ धन्येबाद भोट गरिदिनुहोला

१ अर्ब २७ करोड जनसंख्या भएको मुलुक भारत जहाँ मिसकल बाट पनि भोटिंग गर्ने सुबिधा छ । भारतमा रहनुभएको नेपाली दाजु दिदिले निकैनै मिहनतको साथ भोटिंग मा सहयोग गरिरहनु भएको जानकारी प्राप्त भएको छ येहाहरु सबैलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । संसारको कुना कुना बाट भोट आइरहेको छ । 

येहाहरु सबैलाई हार्दिक धन्येबाद दिदै अबको यात्रा अलि बढी कठिन भएको अबगत गराउन चाहन्छु । येहाहरुले यौटै आइडी बाट जति पनि भोट गर्न सक्नु हुनेछ । भोटिंग लाइन खुली सकेको छ सोमबार बिहान सवा ८ बजे सम्म भोटिंग खुल्ला हुनेछ "यो हप्ता हालेको भोटको रिजल्ट अर्को हप्ता आउछ" हुजरहरुको भोट नै मेरो सफलता हो त्यसैले सबैले अत्याधिक भोट गरिदिनुहोला । भोट गर्नको लाग


गर्नुस । त्यसपछि मेरो फोटो सहित voting भनेर लेखेको आउनेछ । त्यसमा click गर्नुहोस । हजुरहरुको नाम इमेल, फोन नम्वर मागेको dialogue box आउने छ त्यसमा आफनो Details भर्नुहोला र Submit लेखेका ठाउँमा click गर्नुहोला । हजुरहरुले यति गर्नासाथ Thank you for voting भन्नेछ । हजुरहरुले यसरी चाहेजति भोट गर्न सक्नुहुनेछ । हजुरहरुले wechat बाट पनि भोट गर्न सक्नु हुनेछ !! 

भोट गर्नको लागि जी टिवी को अफिसियेल आइडी ZEETVINDIA follow गर्नुपर्नेछ !! आशा छ हजुर हरुको माया र vote सधै पाइरहने छु । धन्यवाद भारतमा बस्नेहरुले (18008336007) मा मिसकल पनि गर्न सक्नुहुनेछ । शोमबार बिहान ८:१५ बजे सम्म भोटिंग लाइन खुल्ला हुनैछ । ( कृपया यो पोस्ट SHARE गर्दिनु हुन अनुरोध गर्दछु)

फुटवलर पेलेका छोरालाई ३३ बर्षको जेल सजाय

जेठ १८, एजेन्सी ब्रजिलको एक अदालतले विश्व प्रसिद्ध फुटवल खेलाडी पेलेका छोरालाई लागुऔषधको अवैध कारोबारमा संलग्न भएको अभियोगमा ३३ बर्षको जेलसजाय सुनाएको छ । पूर्व फुटवल खेलाडी समेत रहेका ४३ बर्षीय इडिन्हो स्थानीय एक फुटवल क्लबमा गोलकिपरको कोचको रुपमा कार्यरत छन् । इडिन्होले आफू लागुऔषध दुव्र्यसनी भएपनि कारोबारी भने नभएको बताएका छन् । 

लागुऔषधको कारोबारमा संलग्न भएको अभियोगमा सन् २००५ मा उनी पहिलोपटक पक्राउ परेका थिए । इडिन्होले अदालतको पछिल्लो आदेशविरुद्ध अपिल गर्ने अनुमान गरिएको छ । ७३ बर्षीय पेलेले आफ्नो छोरो निर्दोष भएको भन्दै न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

बलिउड नायिका आलियाको भित्रि बस्त्र यसरी देखियो छर्लङग

एक सार्वजनिक कार्यक्रममा बलिउड नायिका आलिया भट्टको भित्रि बस्त्र छर्लङग देखियो । आफु अभिनीत फिल्म हम्टी शर्मा की दुल्हनिया को ट्रेलर सार्वजनिक कार्यक्रममा आलियाको भित्री बस्त्र क्यामेरामा प्रस्ट रुपमा क्लिक भएको हो । उनलाई नायक बरुण धवनले उचालेका मात्र के थिए, पातलो सुरुवाल लगाएकी आलियाको भित्रि बस्त्र प्रस्टै देखियो । कार्यक्रममा अलियाले बरुणलाई फिल्ममा जस्तै जुरुक्क उठाए । तर बरुण पनि के कम ? 

उनले पनि हत्तपत्त आलियालाई च्याप्प समातेर जुरुक्क उठाए । त्यतिबेला बरुणले आलियाको संवेदनशील अङगमा समाउदै उठाएका थिए । जसकारण कार्यक्रम स्थलमै आलिया पानी पानी भएको भारतीय मिडियामा समाचार छ । यसरी सार्वजनिक कार्यक्रममै यस्तो क्रियाकलाप मच्चिएपछि अहिले आलिया तनावमा छिन । उनको बारेमा चौतर्फि नकारत्मक टिप्पणी भएको छ । आलिया र बरुण पछिल्लो समय प्रेम सम्बन्धमा छ । यी दुई जोडीको अभिनय रहेको फिल्म हम्टी शर्मा की दुल्हनिया को ट्रेलरले भने अहिले निकै चर्चा पाइरहेको छ । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन ।

युटुवमा रुचाइयो हिम्मतवालीको गीत : एकदिनमा १९००० भन्दा बडी दर्शक – भीडीयो हेर्नुहोस -

rekha-tकाठमाडौ : अभिनेत्री रेखा थापाको पछिल्लो चलचित्र ‘हिम्मतवाली’ को गीतले छोटै समयमा धेरै दर्शक पाएको छ । ‘काली तिम्रो नजरले ’ बोलको गीतको अडियो भिडीयो युटुवमा गतबुधबार सार्वजनिक भएको थियो । युटुवमार्फत सार्वजनिक भएको उक्त गीत एकै दिनमा १९००० दर्शकले हेरेको रेकर्ड छ । एकै दिनयति धेरै दर्शक पाएको यो सम्भवत पहिलो नेपाली गीत हो । अभिनेत्री रेखा थापा प्रति सबैको चासो रहने गरेको छ । त्यसैले पनि रेखाको यो गीतले १ दिनमा यति धेरै दर्शक पाएको हो । 

सार्वजनिक गीतमा रेखा थापा र रबिन् होडाले अभिनय गरेका छन् । टंक बुढाथोकिको संगीत रहेको यो गीतमा टंक र मनिषा पोखरेको स्वर छ । आगामी फुलपातीमा रिलिज हुने यो चलचित्र अहिले डबिङको तयारी गरिरहेको छ । चलचित्र अभिनेत्री रेखा आफैले निर्देशन गरेकी हुन् । दुवै हात गुमाएका नव अभिनेता सुदर्शन गौतम र रेखाको चलचित्रमा मुख्य भुमिका छ । अभिनयमा एकदशक बिताइसकेकी रेखाको निर्देशन पहिलो प्रयास हो । रेखा अब अभिनयको अवा निर्देशनलाई पनि निरन्तरता दिने सोचाइमा छिन् ।

Malaysian girl, 15, 'gang raped by up to 38 men for several hours after being lured to abandoned hut used as drug haunt'

Malaysian Police escort men suspected of gang-raping a 15-year-old girl in Kelantan, Malaysia on May 20
A Malaysian teenager was gang raped by up to 38 men in an abandoned hut used as a drug haunt, reports today suggest. The horrendous assault is said to have taken place in the northern state of Kelantan, Malaysia, on May 20. The girl is said to have met a friend, 17, before being lured to an empty hut - reported to be a drug haunt by local media. There are reports the friend was an accomplice to the alleged rapists. The men then allegedly took turns to rape the 
teen for several hours. Some reports are suggesting there may have been up to 38 men involved. Malaysian Police escort men suspected of gang-raping a 15-year-old girl in Kelantan, Malaysia on May 20 +3 Malaysian Police escort men suspected of gang-raping a 15-year-old girl in Kelantan, Malaysia on May 20 There are reports the girl may have been arrested following the ordeal. Police are investigating whether the girls friend was also raped. Malaysian police have arrested at least 13 people, including a father and his two sons, over the alleged gang-rape, an officer said. All of the men are from the same village, police confirmed.