Monday, February 24, 2014

कांग्रेस र एमालेबीच १०/१० मन्त्रालय बाँडफाँड

sushil koiralaकाठमाडौ, फाल्गुन १२ - सत्तासाझेदार प्रमुख घटक कांग्रेस र एमालेबीच १०/१० मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको  छ । दुई दलको वार्ता समिति र नेताहरुबीच आइतबार राति र सोमबार बिहान भएको छलफलमा मन्त्रालय बाँडफाँडमा सहमति भएको हो । वार्तामा सहभागी एक नेताका अनुसार कांग्रेसले अर्थ, स्थानीय, सूचना तथा सञ्चार, आवास तथा भौतिक, सिँचाइ, कानुन तथा न्याय, शिक्षा, सहरी विकास, श्रम र वन मन्त्रालय पाएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्रीसँगै रहने छ । 

एमालेको भागमा गृह, परराष्ट्र, ऊर्जा, युवा तथा खेलकुद, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटन, कृषि, भूमिसुधार र उद्योग मन्त्रालय परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वाणिज्य तथा आपूर्ति र मालेलाई विज्ञान तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ । शान्ति तथा पुनःनिर्माण, महिला तथा बालबालिका र संघीय मामिला मन्त्रालय हाललाई प्रधानमन्त्रीसँग रहने छ । सरकारमा सहभागी हुन चाहने अन्य दलका लागि उक्त मन्त्रालय राखिएको हो । कांग्रेस र एमालेबाट एक-एक जनाले उपप्रधानमन्त्रीको जिम्मेवारी समेत पाउने छन् । दुवै दल आ-आफ्नो पक्षबाट पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन आन्तरिक छलफलमा व्यस्त छन् । 

कांग्रेसले गृह मन्त्रालय एमालेलाई दिन तयार भएपछि सरकार विस्तारको गाँठो फुकेको हो । एमालेको समर्थनमा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री छानिएको दुई साता बित्दा पनि गृह मन्त्रालयको विवादका कारण सरकार विस्तार हुन सकेको थिएन । कांग्रेस नेता दिलेन्द्रप्रसान बडुले एकैसाथ सबै मन्त्रीको नाम आओस भन्ने प्रधानमन्त्रीको निर्देशन अनुसार काम भइरहेको बताए ।

No comments:

Post a Comment