Tuesday, February 25, 2014

होटलमा छिरेर डकैती गर्दा ग्याल्जेनको हत्या

काठमाडौं, फाल्गुन १३ - सोलुखुम्बुका होटल ब्यावसायीको हत्या गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते सोलुखुम्बुको चौरीखर्कमा स्टार होटलका मालिक ५३ वर्षीय ग्याल्जेन शेर्पाको हत्या गर्ने ३ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घटनाका योजनाकार सोलु वाकुका निमा डेन्डी शेर्पा, गुदेलका अनिल राई र खोटाङ जलेश्वरका शरणकुमार राई छन् । ब्युरोका अनुसार उनीहरुले अर्का एक ब्यक्तिसंग पुरानो झगडाको बदला लिने योजना बनाएका थिए । 

तर बदला लिन गएको घरमा मान्छे नभेटिएपछि अर्को होटलमा छिरेर डकैती गर्दा ग्याल्जेनको हत्या भएको ब्युरोका प्रवक्ता एसपी पिताम्बर अधिकारीले बताए । अधिकारीका अनुसार उनीहरु ३ वटा पेस्तोल सहित ग्याल्जेनको होटलमा छिरेर पेस्तोल देखाउँदै पैसा मागेका थिए । ग्याल्जेनले प्रतिकार गरेपछि हत्या गरेका हुन् । प्रहरीले हत्यामा प्रयोग भएका मेड ईन युएसए लेखेको नाईन एमएमको पेस्तोल एउटा, कटुवा पेस्तोल दुई वटा र त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ । प्रहरीका अनुसार बदला लिने मान्छे नभेटेपछि लुटपाट गर्न उनीहरु सनराईज होटलमा छिरेका थिए । 

त्यहाँ साहु नभेटेपछि उनीहरु ग्याल्जेनको होटलमा प्रवेस गरेका थिए । हत्या गरेर फरार भएपछि पनि परिवारका सदस्यलाई फोन गरेर फिरौती रकम माग गरेपछि प्रहरी हत्यारा नजिक पुगेको हो । एसपी अधिकारीका अनुसार घटनाको ६ दिन पछि मृतकका आफन्तलाई फोन गरेर २० लाख रुपैंया नदिए परिवारको अर्को सदस्यलाई मार्ने धम्की दिएका थिए । त्यहि फोनबाट अपराधीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पठाएको छ ।

No comments:

Post a Comment