Sunday, February 23, 2014

यस वर्षको एसएलसी परीक्षा चैत ६ देखि १४ गतेसम्म एसएलसी प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला पुर्‍याइए

काठमाडौ, फाल्गुन ११ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको उत्तरपुस्तिका र प्रश्नपत्र सबै जिल्लामा पुर्‍याएको छ । चैत ६ देखि १४ गतेसम्म हुने परीक्षामा नियमित र एक्जाम्टेड गरी ५ लाख ६६ हजार परीक्षार्थी सामेल हुनेछन् । 

परीक्षा नियन्त्रक विष्णु द्वारेले विगतभन्दा व्यवस्थित, मर्यादित र कडाइका साथ परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको बताए । देशभर १ हजार ८ सय ३६ केन्द्रमा परीक्षा लिइनेछ । यो गत वर्षभन्दा ५० ले बढी हो । मनाङ र मुस्ताङमा एक-एकवटा केन्द्र छन् । 

यस वर्ष परीक्षार्थीले आफ्नै विद्यालयमा भएको केन्द्र -होम सेन्टर) बाट परीक्षा दिन पाउने छैनन् । 'हामीले होम सेन्टर हटाएका छौं,' उनले भने, 'जिल्ला समन्वय समितिले सबै व्यवस्था मिलाउन भनेका छौं ।' होम सेन्टरमा शिक्षक, विद्यार्थी र अभिभावकले 'मनोमानी' गरेपछि यो वर्षबाट हटाइएको उनले जनाए । 

शिक्षा मन्त्रालयले परीक्षा अनुगमनका निम्ति १४ सहसचिवलाई खटाउने निर्णय गरेको छ । मेची अञ्चलमा खगराज बराल, कोशीमा लक्ष्मीराम पौडेल, सगरमाथामा दिवाकर ढुंगेल, जनकपुरमा डिल्लीराम रिमाल, नारायणीमा कमलेशकुमार सिन्हा, वाग्मतीमा महाश्रम शर्मा र लवदेव अवस्थी खटिने छन् । 

महाकालीमा खगेन्द्र नेपाल, सेतीमा देविना प्रधानांग, कणर्ालीमा गणेश राई, भेरीमा टेकनारायण पाण्डे, राप्तीमा कमल पोखरेल, लुम्बिनीमा बाबुराम पौडेल र गणेश ज्ञवाली, धौलागिरीमा सूर्य गौतम र गण्डकीमा देवकुमारी हुमागाईं खटाइएका छन् ।

No comments:

Post a Comment