Tuesday, February 25, 2014

भिसा वा पैसा फिर्ता नआउँदा संकटमा

काठमाडौं, फाल्गुन १२ - नर्वेमा एक वर्षको भाषा र त्यसपछि सामाजिक अध्ययन विषय अध्ययन गर्न विद्यालयको शुल्क, होस्टेल भाडासहित साढे आठ लाख रुपैयाँका दरले रकम बुझाइसकेका ५३ जना विद्यार्थीहरु एकवर्षसम्म पनि भिसा वा पैसा फिर्ता नआउँदा संकटमा फसेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर ऋण खोजेर पठाएको पैसा एक वर्ष भन्दा बढी समयदेखि अनुत्पादक रुपमा फस्दा आर्थिक संकटमा फसेको भन्दै लगानी फिर्ता आउने वा भिषा आउने अन्यौल रहँदा समस्या परेको गुनासो गरे । 

नर्वेले नेपालमा रहेको डेनिस दुतावासमार्फत एक वर्षको भाषा र सामाजिक अध्यक्षको लागि त्यहाँको विद्यालयको सिफारिसमा १६ लाख बैंक ब्यालेन्सको प्रमाणसहित एक वर्षको बस्ने कोठा बुक बापत ३० हजार, डकुमेन्टेसन १० हजार, निवेदन शुल्क बापत २५ हजार र विद्यालयको भर्ना र फिसहित ८ लाख रुपैया बुझाएर भिषाको लागि ५३जना नेपाली विद्यार्थीहरुले आवेदन दिएका थिए । एकवर्षभन्दा बढी समय वितिसक्दा समेत पैसा फिर्ता वा भिषा आउने अत्तोपत्तो नहुँदा उनीहरु पीडित बनेका हुन । 

पत्रकार सम्मेलनमा कन्सल्टेन्सीहरुको साझा सस्था इक्यानका उपाध्यक्ष प्रकाश पाण्डेले दुतावासको कारण नेपाली विद्यार्थीहरु पीडित हुनुका साथै करौडौं नेपाली रुपैयाँ अनुत्पादकरुपमा बसेको भन्दै तत्काल यसको छिनोफानो हुनुपर्ने माग गरे । कार्यक्रममा पीडित विद्यार्थीहरु कृष्णबहादुर केसी, भद्रबहादुर क्षेत्री, बासु पाण्डे र प्रदिप थापा लगायतकाले आफूहरुलाई पैसा दिने वा भिषा दिने विषयमा दुतावास र नेपालको परराष्ट्र मन्त्रालय गम्भीर हुनु पर्ने भन्दै अन्यथा आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिए । 

No comments:

Post a Comment