Wednesday, February 26, 2014

रेष्टुरेन्टमा कार्यरत श्रेष्ठमाथि गोली प्रहार

Kisanनयाँ दिल्ली, फाल्गुन १४ - फरिदाबादको बल्लभगढ चोकस्थित एक रेष्टुरेन्टमा कार्यरत अर्घाखाँचीका किसान श्रेष्ठमाथि गोली प्रहार भएपछि घाइते अवस्थामा स्थानीय इस्कोर्ट अस्पतालमा उपचार भइरहेको छ । ३६ बषिर्य श्रेष्ठ स्थानीय गुफा रेष्टुरेन्टमा तन्दुरी ढावा पकाउने काम गर्थे । गत बिहीबार राती ११ बजे काम सकेर डेरा फर्कंर्दै गर्दा रेष्टुराबाट बाहिर निस्कँदै गर्दा उनलाई दाहिने तिघ्रामा गोली प्रहार भएको थियो । अर्घाखाँची, जलुके-९ का किसान १७ बर्षदेखि यही रेष्टुराँमा कार्यरत थिए । 

पछिल्लो पटक आफ्नो तलब माग्ने क्रममा उनको रेष्टुरा मालिक धनपत्र कालरासँग भनाभन परेको उनले बताए । अशक्त अवस्थामा उपचाररत श्रेष्ठलाई भेट्न मंगलबार अपरान्ह अखिल नेपाल भारत नेपाली एकता मञ्च र हेल्प मिसन नेपालका प्रतिनिधि अस्पताल पुगेका थिए । प्रतिनिधिका अनुसार अस्पतालमा भर्ना भएपछि रेष्टुरेन्ट मालिकले ७५ हजार भारु ल्याएर किसानलाई दिएको भएपनि अरु क्षतिपूर्ति र उपचार खर्च दिनमा भने असहयोग गरिरहेका छन् ।

श्रीमानलाई गोली लागेको सुनेर अर्घाखाँची गाउँबाट किसानकी श्रीमती बिष्नी श्रेष्ठ तथा अरु आफन्त पनि फरिदाबाद आइपुगेका छन् । घटनाबारे मंगलबार अपरान्ह नेपाली दुतावासलाई जानकारी गराइएको हेल्प मिसनका अध्यक्ष कवि कार्कीले बताए । मञ्चका प्रतिनिधि आरबी खड्काका अनुसार पाँच दिनको उपचारपछि किसानलाई बुधबार अस्पतालबाट डिष्चार्ज गरिएको छ । किसानले काम गर्ने रेष्टुराँका मालिक स्वयंले एकतर्फी ढङ्गबाट प्रहरी घटना दर्ता (एआइआर) गराएकाले आवश्यक क्षतिपूर्ति लिनका लागि दुतावाससहितको कानूनी सहयोग अपेक्षित रहेको खड्काले बताए । 

किसानले ५ दिनको उपचारमा १ लाख ३० हजार भारु अस्पताललाई बुझाएका थिए । यसैगरी, मेघालय सिमावर्ती कोइलाखानीमा कार्यरत दुई नेपालीको जलेर निधन भएको सिलाङबाट स्वयमसेवी बिष्णु बरालले बताएका छन् । गत शुक्रबार भएको उक्त घटनामा मनबहादुर तामाङ र रणबहादुर क्षेत्रीको निधन भएको बरालले बताए । तर नेपालको ठेगाना भने खुलिनसकेको उनले बताए ।

No comments:

Post a Comment