Sunday, February 23, 2014

अर्घाखाँचीको छाँगोबाट बस खस्दा १७ को मृत्यु

अर्घाखाँची, कार्तिक २२ - अर्घाखाँचीको गोखुगाबाट सन्धिखर्कतर्फ आउदै गरेको लु १ ख ३९८७ नम्बरको यात्रुबाहक बस हंसपुरको कमेरपानी स्थित लामभिरा भन्ने ठाउँमा आइतबार दुर्घटना हुँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ । १ जनाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा घाईते ११ जना यात्रुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार सम्भव नभएपछि भैरहवा र बुटवल पठाईएको छ । घाईतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा बढी हंसपुर र गोखुगा गाविसका वासिन्दा रहेको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा हरी प्रसाद पंथी हंसपुर-३ , प्रेम प्रसाद पौडेल गोखुगा -७ उनकी नातिनी मनिषा, मिरा पौडेल गोखुगा-७ र उनकी छोरी सुस्मा पौडेल, उमेश खनाल गोखुगा-९, भुप बहादुर घम हंसपुर-३, नन्दी घम हंसपुर-३ , बाबुराम खनाल गोखुगा-७, केशावती पौडेल गोखुगा, नविन भन्ने वेदुराम पौडेल गोखुगा-७, गोविन्द खत्री चुजा-३ प्युठान, मोहन पुन चुजा प्युठान, पुतला केसी गोखुगा, जुना हम्जाली हंसपुर-३, हिमाल पुन र प्युठान गाडी चालक महेन्द्रकोट कपिलवस्तका सूर्य विष्ट रहेका छन् । घाईते बस चालक बिष्टलाई उपचारको लागि सन्धिखर्कतर्फ ल्याउदै गर्दा बाटोमै ज्यान गएको हो । 

घाईते हुनेमा गाडी मालिक अर्घाखाँची अर्घा-७ का वालकृष्ण पाण्डे, हंसपुर-३ का सन्तोषी थापा, गोखुगा -३ का माधव भुसाल, गोखुगा-८ का वामदेव पौडेल, गोखुगा-८ का जर्नादन खनाल, गोखुगा- ७ की मैना पौडेल, बाङगेमरोठ -६ प्युठानका मोहन केसी, चुजा प्युठानकै बसन्त पौडेल, उक्त ठाउँका तुलसा आले रहेका छन भने अर्का एक जनाको नाम खुल्न सकेको छैन । घाईते सबैलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज भैरहवा पठाईएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेले बताए । 

बस सडक देखी एक किलोमिटर तल खसेको छ । दुर्घटना स्थल सदरमुकाम देखि ३० किलोमिटर पश्चिममा पर्छ । बाटो साघुरो भएकाले बस क्रस हुँदा बाटोको डिलको पर्खाल भाँसिदा बस खसेको प्रहरीले जनाएको छ । पर्खालसगै गाडी खस्न पुगेको थियो । १० मिटर जति पर्खाल भत्किएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल तल भिरको छाँगो र जंगल भएकाले बढी मानवीय क्षति भएको छ । मृत्यु भएका अधिकाश यात्रुको हातखुटा र टाउँको छुटाछुटै भेटिएको छ । छाँगोबाट बस खसेकाले उद्धारको लागि पुग्न अप्ठयारो र घाईतेको उद्धार गर्न कठिनाई भएको प्रहरी निरीक्षक रमेश कुमार पंथीले जानकारी दिए । 

No comments:

Post a Comment