Sunday, February 23, 2014

पाल्पा खण्डमा साना-ठूला ४ सय २६ सवारी दुर्घटना भएको प्रहरी तथ्यांकमा छ

पाल्पा, फाल्गुन ११ - त्रिचालीस वर्षअघि बनेको सिद्धार्थ राजमार्ग अन्य सडकभन्दा राम्रो मानिन्छ । तर पछिल्लो १० वर्षमा उक्त सडकमा भएका दुर्घटनामा ४ सय ९० जनाले ज्यान गुमाइसकेका छन् । उक्त अवधिमा राजमार्गको पाल्पा खण्डमा साना-ठूला ४ सय २६ सवारी दुर्घटना भएको प्रहरी तथ्यांकमा छ । अझ, पछिल्लो तीन वर्षयता राजमार्गको चिडियाखोलादेखि राम्दीसम्मको सडकमा ठूला दुर्घटना भएका छन । 

अनुसन्धान अधिकारीका अनुसार ८० प्रतिशत मानवीय र २० प्रतिशत यान्त्रिक कारणबाट दुर्घटना हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख खिमानन्द काफ्लेले पनि धेरै दुर्घटना चालककै लापरबाहीले हुने गरेको बताए । 'पहाडी सडकमा अत्यधिक घुम्ती, उकालो-ओरालो, सडकको दुरवस्था, ट्राफिक संकेत र प्याराफिटको उचित व्यवस्था नहँुदा दुर्घटना हुने गरेको हो,' उनले भने । साँघुरो र अप्ठ्यारो बाटोमा अत्यधिक गतिमा सवारीसाधन चलाउने र कतिपय अवस्थामा मादक पदार्थ सेवन गर्नु पनि दुर्घटनाको कारण बनेको छ । 

राजमार्गको अवस्था राम्रो रहेको डिभिजन सडक कार्यालयका प्राविधिकको दाबी छ । 'सिद्धबाबा क्षेत्रबाहेक अन्य स्थानमा भएका दुर्घटना सडकको कारणबाट नभई चालकको लापरबाहीबाट हुने गरेको छ,' डिभिजन प्रमुख कर्णबहादुर रानाभाटले भने, 'सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले नीतिनियम बनाए पनि कतिपय चालकले पालना गर्दैनन् ।' 

राजमार्गअन्र्तगत आर्यभन्ज्याङ-राम्दी सडक खण्डको १४ किलोमिटर क्ष्ाेत्रमा पछिल्लो समयमा ठूला दुर्घटना भएका छन् । दुर्घटना बढे पनि गहिराइसम्म पुगेर कारण खोजिएको छैन । तर, प्रहरीले रातीमा निदाएको र दिउँसोमा भए स्टेरिङ फेल भएको जवाफ दिन्छ । 'बढीजसो दुर्घटना मानवीय कारणले नै हुने गरेको छ,' प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले भने । 

No comments:

Post a Comment