Wednesday, February 26, 2014

तन, मन र धन सबै दिने नेता

२००७ सालको दिल्ली सम्झौतामा नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर राणा र वीपी कोइरालाको विशेष प्रयासमा पहिलो बुँदामै 'सम्भव भएसम्म छिटो, विधिवत संविधानसभाको चुनाव सम्पन्न गरेर त्यसद्वारा नेपालको संविधान निर्माण गर्ने' कुरा स्पष्टसँग उल्लेख गरिएको थियो । जे भए पनि ६ दशक लामो सघंर्षपछि मुलुकमा संविधानसभाको निर्वाचन भयो । नेपालको ठूलो लोकतान्त्रिक पार्टीका नेतृत्वकर्ता यतिबेला सरकार प्रमुख हुनुहुन्छ । 

सोही पार्टीका पूर्वनेता राष्ट्रपति हुनुहुन्छ । तर यो महत्त्वपूर्ण घडीमा कांग्रेस वास्तविकताबाट ओझेलमा पर्दै जानथालेको छ । किनकि आफ्ना संस्थापक एवं पूर्वसभापति सुवर्ण शमशेरलाई 'खोपीको देवता'का रूपमा मात्रै पुज्ने काम गरेको छ । २३ वर्षको उमेरमा स्नातकोत्तर गरेका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर थिए । केही समय राजा महेन्द्रलाई राजदरबारभित्र गई पढाउने काम गरेका सुवर्णको स्वभाव अन्य राणाको भन्दा नितान्त फरक थियो । 

२००४ चैत ३१ गते श्री ३ मोहन शमशेरले नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरेपछि नेपालजस्तो मुलुकमा राणाशासन फाल्ने सशस्त्र संघर्षमात्रै उपयुक्त औजार हो भन्ने तर्कमा २००६ सालसम्म वीपी पनि सहमत भए । २००६ चैत २७ गतेदेखि कलकतामा दुवै दलको संयुक्त अधिवेशन बोलाइयो । दुवै पार्टीले 'राष्ट्रिय' र 'प्रजातन्त्र' शब्द झिक्ने सहमतिपश्चात पार्टी एकीकरण भयो । र एकीकृत पार्टीको नाम नेपाली कांग्रेस बनेपछि सुवर्ण कोषाध्यक्ष बने । 

एकीकरणपश्चात सुवर्णका भान्जा थिरबम मल्लको नेतृत्वमा पूर्णसिंह खवास, डीबी राई, दिलमान सिंह लगायतका सेनाको अनुभव बोकेका व्यक्तिहरूको लडाकु दस्ता गठन गरियो । उनीहरूलाई भारतका विभिन्न स्थानमा फौजी तालिम दिन थालियो र हतियार संकलन द्रुतगतिमा सुरु भयो । सशस्त्र क्रान्तिको सम्पूर्ण जिम्मा सुवर्ण शमशेरलाई दिइयो । अनि कांग्रेस पूर्णरूपले सशस्त्र क्रान्तिको तयारीमा जुट्यो । 

सशस्त्र क्रान्तिलाई विधिवत रूपमा अनुमोदन गर्न २००७ असोज १० र ११ भारतको बैरगनियाँमा कांग्रेसले विशेष सम्मेलन बोलायो । सम्मेलनपश्चात एकदिन सशस्त्र क्रान्तिकै प्रसंगमा कुरा गर्न वीपी र गणेशमान भएको स्थानमा उनी पुगे । कुराकानीकै क्रममा सुवर्णले 'क्रान्तिका निम्ति हतियार किन्न कति रकम चाहिन्छ' भन्ने प्रश्न राख्दा वीपीले 'त्यही २५/३० लाख' भने । जवाफमा सुवर्णले 'त्यतिले कहाँ क्रान्ति हुन्छ, म १ करोड दिन्छु' भने । 

२००७ कात्तिक २५ र २६ को राति शून्य समयमा मुक्ति सेनाले वीरगन्ज आक्रमण गरेर सशस्त्र संघर्षको सुरुवात गर्‍यो र तेजबहादुर अमात्यलाई त्यहाँको प्रमुख बनायो । सशस्त्र संघर्षको पहिलो आक्रमणमा नै थिरबम मल्ल मारिए । छोटो समयमा आधाभन्दा बढी राज्य कांग्रेसको कब्जा र नियन्त्रणमा आयो । २००७ फागुन ७ गते प्रजातन्त्रको घोषणासँगै गठन भएको संयुक्त सरकारमा क्रान्तिनायक सुवर्ण शमशेर अर्थमन्त्री बने । 

२००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले सुवर्ण शमशेरले नै पहिलोपटक बजेट प्रस्तुत गरे । २०१२ माघमा वीरगन्जमा सम्पन्न् महाधिवेशनले गणेशमान सिंहलाई पराजित गर्दै सुवर्ण शमशेरलाई सभापतिमा निर्वाचित गर्‍यो । यो महाधिवेशनले कांग्रेसको इतिहासमै अति महत्त्व राख्ने समाजवादी सिद्धान्तलाई अनुमोदन गर्‍यो । त्यसपछि कांग्रेस समाजवादी पार्टी बन्यो । समाजवादी नीतिको प्रस्ताव सुवर्ण शमशेरले नै गरेका थिए । 

संविधानसभा लगायतको माग गर्दै २०१४ मङ्सिर २२ देखि भद्र अवज्ञा आन्दोलन प्रारम्भ गर्‍यो । ठूलो दबाबपछि २०१५ जेठ २ गते सुवर्ण शमशेरको अध्यक्षतामा सर्वदलीय चुनावी मन्त्रिपरिषदको गठन भयो । २०१५ भदौ ३ गते मन्त्रिपरिषद अध्यक्ष एवं अर्थमन्त्री हुँदा उनले दोस्रो बजेट रेडियो नेपालमार्फत सार्वजनिक गरेका थिए । सुवर्णकै नेतृत्वमा २०१५ फागुन ७ देखि पहिलो आमचुनाव सुरु भयो । 

१०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्‍यो भने उनी बाराको मध्यउत्तर क्षेत्र. नं. ५२, पर्साको पूर्व क्षेत्र. नं. ५३ र गुल्मीको दक्षिण-पश्चिम क्षेत्र. नं. ९१ गरी तीन स्थानबाट चुनाव जिते । चुनावपछि राजा महेन्द्र सुवर्णलाई प्रधानमन्त्री बनाउन चाहन्थे । वीपी कोइरालाले सुवर्णलाई प्रधानमन्त्रीका लागि आग्रह गरे पनि उनले स्वीकार गरेनन् । २०१६ बैसाख २१ ग्ाते सुवर्णकै ललिता निवासमा कांग्रेस केन्द्रीय समिति, संसदीय समिति र प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको संयुक्त बैठक बस्यो । 

बैठकमा उनले वीपीलाई संसदीय दलको नेतामा प्रस्ताव गरे । गणेशमानले समर्थन गरे । २०१६ जेठ १३ गते वीपी कोइरालाको प्रधानमन्त्रीत्वमा पहिलो जननिर्वाचित सरकार गठन भयो । वीपीको विशेष आग्रहमा मन्त्रिपरिषदका अध्यक्ष भइसकेका सुवर्णले उक्त मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीका साथै अर्थ, आयकर र योजना विकासमन्त्रीको जिम्मेवारी सम्हाले । २०१६ साउन २५ गते पहिलोपटक संसदमा बजेट पेस गरे । 

त्यही बजेटदेखि प्रत्येक साउन १ गतेलाई नयाँ आर्थिक वर्ष मानिने व्यवस्था गरे भने २०१६ चैत ३० देखि भारु. १०० को नेरु. १६० विनिमय दर कायम गरे । राजा, रानी र युवराजको सम्पत्तिबाहेक शाही परिवारको सम्पत्तिमा कर लाग्ने व्यवस्था गरे । प्रगतिशील करप्रणाली लागु गरे । २०१६ असार २७ गते त्रिभुवन विश्वविद्यालय ऐनको तर्जुमापश्चात सुवर्ण शमशेर त्रिविको पहिलो उपकुलपति बने । २०१७ असार २३ मा सुवर्णले नै चौथोपटक बजेट प्रस्तुत गरे । 

२०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार र प्रतिनिधिसभा भंग गरी सम्पूर्ण शासन हत्याउँदा सुवर्ण शमशेर भारतमा थिए । महेन्द्रको तानाशाही कदमबाट अत्यन्त क्रुद्ध हुँदै २०१७ साल माघमा भारतको पटनामा उनले पार्टीको सम्मेलन बोलाए । सम्मेलनले प्रजातन्त्र पुनःस्थापनाका लागि पुनः सशस्त्र संघर्ष गर्ने निर्णय गर्‍यो । संघर्षको सम्पूर्ण जिम्मेवारी सुवर्णलाई सुम्पियो । सोही कारण निरंकुश पञ्चायती सरकारले उनको बालुवाटारको दरबार, ललिता निवास (हालको राष्ट्रबैंक भवन) जफ्त गर्‍यो । 

दलमाथि प्रतिबन्ध लागेपछि विदेशिन बाध्य पार्टीका नेता तथा कार्यकर्ताको विदेशी भूमिमा विचल्ली हुनथालेपछि सुवर्णको काँधमा फेरि तिनको भरणपोषणको थप जिम्मेवारी थपियो । कार्यकर्ताको भरणपोषण र २०१८ को सशस्त्र संघर्षका लागि उनले कलकत्तामा रहेको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गरे । २००७ को सशस्त्र क्रान्तिले जस्तो उचाइ लिन नसकेपछि ८ वर्षको निर्वासनपश्चात २०२५ मा उनी स्वदेश फर्के र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता छुटाउन पहल गरे ।

वीपीको नेतृत्वमा प्रजातन्त्रको पुनःस्थापनानिम्ति २०२९ मा पुनः दोस्रोपटक सशस्त्र क्रान्ति सुरु भयो । नाजुक स्वास्थ्यका कारण यो क्रान्तिमा सुवर्ण त्यति सक्रिय हुनसकेनन् । २०३४ कात्तिक २४ गते सुवर्ण शमशेरको कलकत्तामा निधन भयो । खानदानी सुखसयललाई तिलाञ्जली दिँदै देश, जनता र प्रजातन्त्रका लागि संघर्षको मैदानमा ओर्लेका सुवर्ण शमशेरले जीवनको अन्तिम दिनसम्म पनि सिद्धान्त र निष्ठाको राजनीति गरे । राष्ट्र र पार्टीलाई सक्दो तन, मन र धन र सबै दिए । 

दिलशोभाको 'आमाघर' बाट ३१ बालबालिकाको उद्वार

Dilshova.jpgकाठमाडौ, फाल्गुन १४ - जिल्ला प्रशासन कार्यालय र क केन्द्रीय बालकल्याण समितिको पहलमा रवी भवनस्थित दिलशोभा श्रेष्ठको आमाघर बाट ३१ बालबालिकाको उद्धार गरिएको छ । आमाघर मा रहेका बालबालिकालाई न्युनतम आधारभूत आवश्यकतासमेत पूरा नगराई अत्यन्तै फोहोर दुर्गन्धित घरमा राखेको जानकारी पाएपछि बुधबार उद्धार गरिएको हो । 

बालबालिकालाई स्कुल नपठाई घरेलु काममा लगाउने, धर्मपुत्रपुत्रीका रुपमा विदेश पठाउने गरेको उजुरीहरु बिभिन्न निकायमा परेपछि जिल्ला प्रशासन कार्यालय र केन्द्रीय बालकल्याण समितिले सुधार्न श्रेष्ठलाई निर्देशन दिएका थिए । 'श्रेष्ठले निर्देशन नमानेको, बालगृह सञ्चालनको स्वीकृतिसमेत नलिएको र बालबालिकालाई उच्च जोखिममा राखेकाले उद्दार गरेका हौं', समितिकी कार्यक्रम व्यवस्थापक नमुना भुषालले भनिन् । 

श्रेष्ठले सञ्चालन गरिरहेको आमाघर मा असहाय बृद्धा र अनाथ बालबालिकालाई राखिने भनिएको छ । श्रेष्ठले आश्रय दिएका बालबालिकालाई घरेलु काममा पठाउने गरेको, बालबालिकालाई सडेगलेको खानेकुरा, दुषित पानी खुवाएको र बाहिरबाट आउने सहयोगको लेखाजोखा नभएको लगायत गुनासाहरु उल्लेख गर्दै बिभिन्न कार्यालयमा उजुरी परेका थिए ।  

प्रशासन कार्यालय, समिति लगायत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, मानब अधिकार आयोग, महिला तथा बालबालिका विभागमा उजुरी परेको थियो । 'यसैका आधारमा केही दिनदेखि अनुसन्धान गरेर उद्धार गरेका हौं,' भुषालले भनिन् । संस्थाको ०६८/६९ को प्रगति विवरणमा ४९ जना बालबालिका रहेको देखाइए पनि हाल संस्थामा ३८ जना मात्रै बालबालिका रहेको श्रेष्ठले बताउँदै आएकी थिइन् । 

मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेर पनि उनले प्रमुख जिल्ला अधिकारीलाई ३८ जना बालबािलका छन् भनेकी थिइन् । तर, बुधबार उद्धार टोली आमाघर मा पुग्दा ३१ जना मात्रै बालबालिका भेटिए । '२८ बालक र ३ बालिका भेटिएका छन् बाँकी सात जना कहाँ गए भन्नेबारे श्रेष्ठलाई नै थाहा छैन', भुषालले भनिन्, 'बालिबालकाको भर्ना प्रक्रिया लगायत बिस्तृत विवरण केही रहेनछ ।' 

भुषालका अनुसार उद्दार गरिएका बालबालिकालाई केही समय आवास गृहमा राख्ने र उनीहरुका अविभावक र परिवार खोजेर परिवारमा पुर्नस्थापना गराउने, कोही नभएका बालबालिकालाई मात्र आश्रयस्थलमा राख्ने जानकारी दिइन् । श्रेष्ठलाई यौन दुव्र्यवहारको आरोप समेत लागेको छ ।  

रेष्टुरेन्टमा कार्यरत श्रेष्ठमाथि गोली प्रहार

Kisanनयाँ दिल्ली, फाल्गुन १४ - फरिदाबादको बल्लभगढ चोकस्थित एक रेष्टुरेन्टमा कार्यरत अर्घाखाँचीका किसान श्रेष्ठमाथि गोली प्रहार भएपछि घाइते अवस्थामा स्थानीय इस्कोर्ट अस्पतालमा उपचार भइरहेको छ । ३६ बषिर्य श्रेष्ठ स्थानीय गुफा रेष्टुरेन्टमा तन्दुरी ढावा पकाउने काम गर्थे । गत बिहीबार राती ११ बजे काम सकेर डेरा फर्कंर्दै गर्दा रेष्टुराबाट बाहिर निस्कँदै गर्दा उनलाई दाहिने तिघ्रामा गोली प्रहार भएको थियो । अर्घाखाँची, जलुके-९ का किसान १७ बर्षदेखि यही रेष्टुराँमा कार्यरत थिए । 

पछिल्लो पटक आफ्नो तलब माग्ने क्रममा उनको रेष्टुरा मालिक धनपत्र कालरासँग भनाभन परेको उनले बताए । अशक्त अवस्थामा उपचाररत श्रेष्ठलाई भेट्न मंगलबार अपरान्ह अखिल नेपाल भारत नेपाली एकता मञ्च र हेल्प मिसन नेपालका प्रतिनिधि अस्पताल पुगेका थिए । प्रतिनिधिका अनुसार अस्पतालमा भर्ना भएपछि रेष्टुरेन्ट मालिकले ७५ हजार भारु ल्याएर किसानलाई दिएको भएपनि अरु क्षतिपूर्ति र उपचार खर्च दिनमा भने असहयोग गरिरहेका छन् ।

श्रीमानलाई गोली लागेको सुनेर अर्घाखाँची गाउँबाट किसानकी श्रीमती बिष्नी श्रेष्ठ तथा अरु आफन्त पनि फरिदाबाद आइपुगेका छन् । घटनाबारे मंगलबार अपरान्ह नेपाली दुतावासलाई जानकारी गराइएको हेल्प मिसनका अध्यक्ष कवि कार्कीले बताए । मञ्चका प्रतिनिधि आरबी खड्काका अनुसार पाँच दिनको उपचारपछि किसानलाई बुधबार अस्पतालबाट डिष्चार्ज गरिएको छ । किसानले काम गर्ने रेष्टुराँका मालिक स्वयंले एकतर्फी ढङ्गबाट प्रहरी घटना दर्ता (एआइआर) गराएकाले आवश्यक क्षतिपूर्ति लिनका लागि दुतावाससहितको कानूनी सहयोग अपेक्षित रहेको खड्काले बताए । 

किसानले ५ दिनको उपचारमा १ लाख ३० हजार भारु अस्पताललाई बुझाएका थिए । यसैगरी, मेघालय सिमावर्ती कोइलाखानीमा कार्यरत दुई नेपालीको जलेर निधन भएको सिलाङबाट स्वयमसेवी बिष्णु बरालले बताएका छन् । गत शुक्रबार भएको उक्त घटनामा मनबहादुर तामाङ र रणबहादुर क्षेत्रीको निधन भएको बरालले बताए । तर नेपालको ठेगाना भने खुलिनसकेको उनले बताए ।

Tuesday, February 25, 2014

नाचो भनेकोट एस्तो प् हुनुपर्छ

rolpa bhawang 3 manish roka mgr video

पुल भत्केर भ्वाङ परेको

धादिङ, फाल्गुन १३ - पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे खण्डस्थित पोखरेखोला पुल भत्केर भ्वाङ परेको छ । २४ सै घन्टा व्यस्त रहने पुलमा ३ दिनदेखि यातायात एकतर्फी छ । दुई लेनको पुलको ढलान फुटेको छ । कालोपत्रे र ढलान जोड्ने फलाम भाँचिएर भ्वाङ परेको हो । एकातिर भत्केर सवारी आउजाउमा समस्या भएपछि छेकवार गरेर एक लेन मात्र सञ्चालन गरिएको इन्जिनियर गागल भण्डारीले जानकारी दिए । सडक डिभिजनले एकतर्फी सवारी चलाउन सडकमा डिभाइडर र झन्डा राखेको छ । यातायात सञ्चालन कायम रहँदा ढलान थप भत्किँदै गएको छ । पुल थप भत्किन नदिन एकतर्फी बनाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । 

भ्वाङ परेपछि राखिएका एक हेरालुले दिनभर एकतर्फी सवारी आउजाउमा मद्धत गर्छन् । क्षमताभन्दा बढी भार बोकेका सवारी र अतिक्रमणका कारण मर्मत गरिएको छोटो समयमै पुल जीर्ण भएको हो । पुलको मुखमै बालुवा उद्योग सञ्चालित छ भने बायाँतर्फ कच्ची बाटो विस्तार गरिएको छ । समयमै मर्मत नभए अर्को लेन पनि भ्वाङ परेर सवारी आउजाउ बन्द हुने जोखिम रहेको स्थानीय राजेश तामाङले बताए । प्राविधिक निरीक्षण गरी मर्मतका लागि पहल सुरु गरिएको सडक डिभिजनले जनाएको छ । इन्जिनियर भण्डारीले भने, 'पुलमा माइक्रो कंक्रिट गर्नुपर्ने भएकाले विभागसँग मर्मत गर्ने सल्लाह भएको छ ।' नौबिसे-नागढुंगा सडक खण्डको खत्रीपौवास्थित पुल पनि जोखिममा परेपछि बेलीबि्रज राख्ने तयारी भइरहेको छ । 'चौडाइ नपुगेर सवारी जाम हुने समस्याका कारण बेलिबि्रज राख्न लागिएको हो,' उनले भने ।

जयबागेश्वरी मन्दिरको जग्गामा व्यक्तिगत

काठमाडौ, फाल्गुन १३ - पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनमाथि जयबागेश्वरी मन्दिरको जग्गामा व्यक्तिगत घर बनाउन दिएको आरोप लागेको छ । आफैंद्वारा गठित 'जयबागेश्वरी जग्गा खोजतलास समिति' बाट प्रतिवेदन आउनुअघि नै उनले घर बनाउने अनुमति दिएको कोष सदस्य तथा कर्मचारीहरूको आरोप लगाए । उक्त जग्गा लामो समयदेखि विवादास्पद हुँदै आएको हो । टण्डनले जयबागेश्वरी मन्दिर पछाडि सत्तलसँगै जोडिएको करिब आठ आना जग्गामा उषादेवी मृत्तिकालाई घर बनाउने अनुमति दिएको आरोप लगाइएको छ । 

जग्गा विवाद बढ्दै गएपछि गत कात्तिकमा कोष सदस्य गणेश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय 'जयबागेश्वरी जग्गा खोजतलास समिति' गठन भएको थियो । समितिले प्रतिवेदन बुझाउनुअघि नै यस्तो निर्णय आएपछि कोषका सदस्य र कर्मचारीबीच द्वन्द्व बढ्दै गएको छ । एक कर्मचारीका अनुसार प्रतिवेदन आएपछि झन् विवाद बढ्ने देखिएर अचानक यस्तो निर्णय भएको हो । 'जग्गा नै जयबागेश्वरी मन्दिरको हो, भूमाफियाले रातारात कब्जा गरे, अहिलेसम्म भएका दुइटै नापीमा मन्दिरको नाममा जग्गा दर्ता छ,' ती कर्मचारीले भने, 'यसरी जाने हो भने कोषको सबै जग्गा व्यक्तिले हडप्दै जान्छन् ।' 

समिति संयोजक गणेश अधिकारीले जग्गा मन्दिरको नाममा रहेको बताए । 'प्रमाण जुटाउँदा सबै जग्गा मन्दिरको नाममा देखियो, सचिवज्यूले प्रतिवेदन नै नआईकन घर बनाउन अनुमति कसरी दिए थाहा भएन,' उनले भने । उनका अनुसार २००१ सालको नापीअनुसार उक्त जग्गा गुह्येश्वरी मन्दिरकै नाममा छ । २०२१ को 'सपोर्ट नापी' ले यही देखाएको छ । उनले कुनै हालतमा मन्दिरको स्वामित्वमा रहेको जग्गा व्यक्तिलाई दिन नहुने बताए । खासगरी २०२६ पछि उक्त जग्गामा व्यक्तिले आँखा गाड्दै आएको अधिकारीले बताए । 'पशुपतिको हजारौं रोपनी जग्गा छ, यस्तै हुने हो भने सबै व्यक्तिले हडप्छन्, सरकारले तत्काल संरक्षण गर्नुपर्छ,' उनले थपे । 

अधिकारीका अनुसार अहिले त्यहाँ भवन बनाउने उषादेवीले अर्कै व्यक्तिबाट जग्गा किनेको देखिन्छ । 'एकले अर्कोलाई बिक्री गर्दै जग्गा उषादेवीकहाँ पुगेको हो,' उनले भने । पूर्वसदस्य सचिव सुशील नाहाटाको पालामा पनि त्यहाँ व्यक्तिगत घर बनाउने प्रयास भएको थियो । विवाद चुलिएपछि बन्न सकेन । मुआब्जा दिएर उक्त जग्गा अधिग्रहण गर्ने प्रयाससमेत भएको थियो । मुआब्जा दिएर जग्गा अधिग्रहण गर्ने वा सर्वोच्चमा मुद्दा पुर्‍याउने भन्नेबारे कोषका कर्मचारी र समिति सदस्यबीच मतान्तर छ । 

कोषका सदस्य सचिव गोविन्द टण्डनले आरोपको खण्डन गर्दै कसैलाई त्यस्तो अनुमति नदिएको बताए । 'समिति गठन भएको छ, समितिको प्रतिवेदनले जस्तो सुझाव दिन्छ त्यसैअनुसार हुन्छ,' उनले भने । २०४३ मा गुठीको जग्गा रैकरमा परिणत गरिएको उनले बताए । 'हामी पनि अचम्ममा छौं, म सदस्य सचिव हुनुअघि व्यक्तिलाई घर बनाउने अनुमति दिइएको छ,' उनले भने । घर निर्माण कार्य तत्काल बन्द गर्न निर्देशनसमेत दिएको उनले बताए 

ट्रकको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

ओखलढुंगा, फाल्गुन १३ - उदयपुरको कटारी ५ स्थित सिम्लेमा मंगलबार बिहान ८ बजे ट्रकको ठक्करबाट १२ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । सप्तेश्वर ५, खोटाङ घर भई कटारीमा आफन्तकहाँ बस्दै आएका बालक एलन राईले कुदाएको साइकलमा ना ४ ख ३००१ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो । चालक मनजित राउत र ट्रक दुवै प्रहरीले नियन्त्रणमा लिईसकेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक श्याम खड्काले बताए 

मलेसिया हुँदै सिंगापुर जाँदा हाम्रो

photoKATHMANDU, Feb 10 - NEPAL most old dream to reach the city only got a chance this time. Eradicating Singapore Malaysia as our national Conciliation bankrupt, even if a foreign airline that appeared carved money scrapper. Nepali workers in Malaysia are the same worker cooperatives have their employment so that the money without much Airlines are companies. This applies to the case of the tunnel, carrying the Gulf and Malaysia. 

Plays often many dealings with the kamadaraharumathi be unity. But it unacceptable Staff practical difficulties were taken, the deal comes to glean. Nepalis to go to any other passengers returning hattapatti go the toilet as to avoid discovered. Nepal is still very dirty toilets would be the same place. 

Not only does Nepalis. They go very noisy group, a friend took his seat and went to go live in the brunt of the whole body and hostess x-ray is normal for most of the koala. But its easy alternative for airlines discovered. If he proves to be superb all traveler who arm and back, or laying agadicahim other travelers. Most of the workers by doing so, use a toilet, back to receive the rest of the travelers. 

Everyone seemed to always keep the classrooms and the rest of the large number of workers distinguish traveler said that there was. Strict rules were found while I was there, heated political pull. Last month a Malaysian woman Nurul ruhani isakale immigration laws todekoma Singapore government is broke annoyed. Appendix are laws in each country. States also may legacy, UK, Germany or France, also may violate the rules. Rule of Law is to us too. But exactly where is found to break. 

Earlier he had visited European countries like singapuracahim I felt a strong pull. Why, when the government of the Indian police come to us are not sensitive to the countries. But if a general Malaysian women there too busy Singapore udalyanta checkpoint Singapore gaining her permission. He was so stiff only two and a half minutes, there was indeed what the authorities were working. 

A month after this incident, I arrived there, the major daily newspaper 'The Straits Times' spoken of the main news was made. Sub - Prime teyo Chi Henley had given detailed information about the Senate and the writings of delays and financial suspension. I met a lot of friends singapure were surprised this happened. December has been dominated governmental Indian settlement 'Little India' in the abduction was. 

He was the first event in modern history governmental. It was attached to nearly two hundred Indian hordes in their country returns. Malaysian woman a few months, the issue of immigration is a staff chakyaepachi it - the people of Singapore is now able to easily break the rule of law? Singapore is the world's only one example, that the shortest development time can also be demonstrated. 

Prime Minister Krishna Prasad Bhattarai Demonstrations So I then showed him the dream, we can. Many people laughed at them pretty, oval Singapore Where is Nepal. Seeing and reading the history of the Singapore Daman really know me, that if the leadership is a country rich in twenty or thirty years, helpful. In 1965, it was Malaysia have separate independent. 

It was a long time British colony. Singapuraka first three decades ruled by Prime Minister Lee Kuan yiule. Osho pad them singapuraka father. I see the old houses near tiyanabaharu station. Singapore severe lack of land. So the people of the fiftieth flat priors live house. 
Not being too old old houses they hast discovered, after generation, to show its history. 

Governmental sixty thousand U.S. dollars per capita income is half. While the United States, per capita income is half forty thousand dollars. Nearly eighty percent of the civil service sector singapuraka matters. Sorry that I have met most of the journey, his university education in Australia were singapurele. They Mercedes audi or the desert. The decision is undeveloped land and audi car straddles the man Tata or Toyota car really is not a difference. 

But the brand is different to show themselves superior thing people. Ends arcada Louis bhitona, channel, ecaenda M, Louis and gabbanaka were so many that the market in Germany, the King that I abhenyuharuma bhetebhanda were many. But the difference was that, in Europe such an expensive shop that the Arabs were the customer, the Indian. Singapore the local native discovered that many of its customers.
Singapore is rich, but the people are not very santosicahim. 

See, some people have sought freedom. Because this is a country of law, focusing minds on punishing their citizens. Lee Kuan yiuka family is now also dominate politics through him son are now prime singapuraka curve. The royal opinion, if they land development, the right is, to whom choranati be prime. 

We have peace and prosperity reaches the next 15 years, Singapore Migrant workers is projected to more than the number of citizens there. It certainly added to the challenge is that besides governmental governmental status of China's economy will be in place when the question is equally vivid. But one thing is sure, Singapore skyscrapers and organize road esiyaliharucahim still seeing many years lobhiirahanechaum splicing. 

होटलमा छिरेर डकैती गर्दा ग्याल्जेनको हत्या

काठमाडौं, फाल्गुन १३ - सोलुखुम्बुका होटल ब्यावसायीको हत्या गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते सोलुखुम्बुको चौरीखर्कमा स्टार होटलका मालिक ५३ वर्षीय ग्याल्जेन शेर्पाको हत्या गर्ने ३ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घटनाका योजनाकार सोलु वाकुका निमा डेन्डी शेर्पा, गुदेलका अनिल राई र खोटाङ जलेश्वरका शरणकुमार राई छन् । ब्युरोका अनुसार उनीहरुले अर्का एक ब्यक्तिसंग पुरानो झगडाको बदला लिने योजना बनाएका थिए । 

तर बदला लिन गएको घरमा मान्छे नभेटिएपछि अर्को होटलमा छिरेर डकैती गर्दा ग्याल्जेनको हत्या भएको ब्युरोका प्रवक्ता एसपी पिताम्बर अधिकारीले बताए । अधिकारीका अनुसार उनीहरु ३ वटा पेस्तोल सहित ग्याल्जेनको होटलमा छिरेर पेस्तोल देखाउँदै पैसा मागेका थिए । ग्याल्जेनले प्रतिकार गरेपछि हत्या गरेका हुन् । प्रहरीले हत्यामा प्रयोग भएका मेड ईन युएसए लेखेको नाईन एमएमको पेस्तोल एउटा, कटुवा पेस्तोल दुई वटा र त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ । प्रहरीका अनुसार बदला लिने मान्छे नभेटेपछि लुटपाट गर्न उनीहरु सनराईज होटलमा छिरेका थिए । 

त्यहाँ साहु नभेटेपछि उनीहरु ग्याल्जेनको होटलमा प्रवेस गरेका थिए । हत्या गरेर फरार भएपछि पनि परिवारका सदस्यलाई फोन गरेर फिरौती रकम माग गरेपछि प्रहरी हत्यारा नजिक पुगेको हो । एसपी अधिकारीका अनुसार घटनाको ६ दिन पछि मृतकका आफन्तलाई फोन गरेर २० लाख रुपैंया नदिए परिवारको अर्को सदस्यलाई मार्ने धम्की दिएका थिए । त्यहि फोनबाट अपराधीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पठाएको छ ।

भिसा वा पैसा फिर्ता नआउँदा संकटमा

काठमाडौं, फाल्गुन १२ - नर्वेमा एक वर्षको भाषा र त्यसपछि सामाजिक अध्ययन विषय अध्ययन गर्न विद्यालयको शुल्क, होस्टेल भाडासहित साढे आठ लाख रुपैयाँका दरले रकम बुझाइसकेका ५३ जना विद्यार्थीहरु एकवर्षसम्म पनि भिसा वा पैसा फिर्ता नआउँदा संकटमा फसेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर ऋण खोजेर पठाएको पैसा एक वर्ष भन्दा बढी समयदेखि अनुत्पादक रुपमा फस्दा आर्थिक संकटमा फसेको भन्दै लगानी फिर्ता आउने वा भिषा आउने अन्यौल रहँदा समस्या परेको गुनासो गरे । 

नर्वेले नेपालमा रहेको डेनिस दुतावासमार्फत एक वर्षको भाषा र सामाजिक अध्यक्षको लागि त्यहाँको विद्यालयको सिफारिसमा १६ लाख बैंक ब्यालेन्सको प्रमाणसहित एक वर्षको बस्ने कोठा बुक बापत ३० हजार, डकुमेन्टेसन १० हजार, निवेदन शुल्क बापत २५ हजार र विद्यालयको भर्ना र फिसहित ८ लाख रुपैया बुझाएर भिषाको लागि ५३जना नेपाली विद्यार्थीहरुले आवेदन दिएका थिए । एकवर्षभन्दा बढी समय वितिसक्दा समेत पैसा फिर्ता वा भिषा आउने अत्तोपत्तो नहुँदा उनीहरु पीडित बनेका हुन । 

पत्रकार सम्मेलनमा कन्सल्टेन्सीहरुको साझा सस्था इक्यानका उपाध्यक्ष प्रकाश पाण्डेले दुतावासको कारण नेपाली विद्यार्थीहरु पीडित हुनुका साथै करौडौं नेपाली रुपैयाँ अनुत्पादकरुपमा बसेको भन्दै तत्काल यसको छिनोफानो हुनुपर्ने माग गरे । कार्यक्रममा पीडित विद्यार्थीहरु कृष्णबहादुर केसी, भद्रबहादुर क्षेत्री, बासु पाण्डे र प्रदिप थापा लगायतकाले आफूहरुलाई पैसा दिने वा भिषा दिने विषयमा दुतावास र नेपालको परराष्ट्र मन्त्रालय गम्भीर हुनु पर्ने भन्दै अन्यथा आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिए । 

Monday, February 24, 2014

कांग्रेस र एमालेबीच १०/१० मन्त्रालय बाँडफाँड

sushil koiralaकाठमाडौ, फाल्गुन १२ - सत्तासाझेदार प्रमुख घटक कांग्रेस र एमालेबीच १०/१० मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको  छ । दुई दलको वार्ता समिति र नेताहरुबीच आइतबार राति र सोमबार बिहान भएको छलफलमा मन्त्रालय बाँडफाँडमा सहमति भएको हो । वार्तामा सहभागी एक नेताका अनुसार कांग्रेसले अर्थ, स्थानीय, सूचना तथा सञ्चार, आवास तथा भौतिक, सिँचाइ, कानुन तथा न्याय, शिक्षा, सहरी विकास, श्रम र वन मन्त्रालय पाएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्रीसँगै रहने छ । 

एमालेको भागमा गृह, परराष्ट्र, ऊर्जा, युवा तथा खेलकुद, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटन, कृषि, भूमिसुधार र उद्योग मन्त्रालय परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वाणिज्य तथा आपूर्ति र मालेलाई विज्ञान तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ । शान्ति तथा पुनःनिर्माण, महिला तथा बालबालिका र संघीय मामिला मन्त्रालय हाललाई प्रधानमन्त्रीसँग रहने छ । सरकारमा सहभागी हुन चाहने अन्य दलका लागि उक्त मन्त्रालय राखिएको हो । कांग्रेस र एमालेबाट एक-एक जनाले उपप्रधानमन्त्रीको जिम्मेवारी समेत पाउने छन् । दुवै दल आ-आफ्नो पक्षबाट पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन आन्तरिक छलफलमा व्यस्त छन् । 

कांग्रेसले गृह मन्त्रालय एमालेलाई दिन तयार भएपछि सरकार विस्तारको गाँठो फुकेको हो । एमालेको समर्थनमा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री छानिएको दुई साता बित्दा पनि गृह मन्त्रालयको विवादका कारण सरकार विस्तार हुन सकेको थिएन । कांग्रेस नेता दिलेन्द्रप्रसान बडुले एकैसाथ सबै मन्त्रीको नाम आओस भन्ने प्रधानमन्त्रीको निर्देशन अनुसार काम भइरहेको बताए ।

यसरी पनि चल्छ त परिवार

Akhanda Bhandariमैले चिनेकी एउटी महिला छिन् । उनी एउटा राम्रो अफिसको राम्रै पदमा काम गर्छिन् । त्यही कमाइले परिवार पालेकी छन् । लोग्ने छ— चौबीसै घन्टा रक्सी खानुपर्ने । काम केही गर्दैन । हल्लिँदै हिँड्छ । दिउसै धोकेर फिटान भएपछि श्रीमतीलाई फोन गरेर सोध्छ, 'ऐ तँ कहाँ छेस् ? कोसँग सुतिरहेकी छेस् ?' उनी फोन कटाउँछिन् । काममै व्यस्त हुन्छिन् । डिस्टर्ब गर्दैै अर्को घन्टी बज्छ । उसैले फोन गरेको हुन्छ । प्रश्न उही सोध्छ । 

काम गर्नु कि उसको थाङ्ने प्रश्नको जवाफ दिएर बस्नु, हैरानै हुन्छिन् । घरमा स्कुलबाट फर्किएका बालबच्चाको फोन आउन थाल्छ, 'ममी, खाजा के खाने ?' फोनमै व्यवस्था मिलाउँछिन् । साँझ घर पुग्दा उनीहरू भोकाइसकेका हुन्छन् । लुगै नफेरी खाना बनाउँछिन् । घर सफा गर्छिन् । छोराछोरीको होमवर्क हेरिदिन्छिन् । अबेला हल्लिँदै ऊ आउँछ । 

गेटबाटै त्यही भाषा सुनिन थाल्छ, 'ऐ रन्डी, तँ दिनभरि कहाँ गइस् ? को-कोसँग सुतिस् ?' उसको कोशमा सुत्नु बाहेक कुनै शब्दै छैन । आफू बेगारी भएकाले अरूलाई पनि त्यही नजरले हेर्छ ऊ । आफू चरित्रहीन भएकाले सफा चरित्र त कसैको देख्दैन ऊ । त्यही भएर श्रीमतीमाथि अनावश्यक शंका गर्छ । त्यही श्रीमतीको कमाइले बाँच्छ । उनैको ब्यागबाट कतिखेर-कतिखेर चोरेर रक्सी खान पुर्‍याउँछ । कहिले धम्क्याएरै लिएर जान्छ । 

घरदेखि अफिससम्म, अफिसदेखि इज्जतसम्म धानेकी श्रीमतीलाई नै अनेक बात लाएर दुव्र्यवहार गर्छ । कपाल भुतल्याउँछ । कहिलेकाहीँ त कुटपिटै गर्छ । समाजको डरले सबै सहन्छिन् उनी । इज्जतका खातिर चुप लाग्छिन् उनी । ऊचाहिँ अनेक खाले फोहोरी फिल्म हेरेर रात बिताउँछ । बिहानभरि घुर्दै सुत्छ । उनी अफिस गएपछि कतिखेर उठ्छ । पकाइदिएको खाना खान्छ । थाल-भाँडा छरपस्ट छाडेर कतै हराउँछ । दिन ढल्कँदै गएपछि उनको फोनमा घन्टी बज्छ । 

उसकै हुन्छ । हिजोजस्तै उही प्रश्न सोध्छ, 'ऐ तँ कहाँ छेस् ? कोसँग सुतिरहेकी छेस् ?' यो एउटा उदाहरण हो । समाजमा खोज्दै जानुभयो भने यस्ता पीडित श्रीमतीहरू धेरै पाउनुहुन्छ । हो, नेपालमा महिलाले पनि प्रगति गर्दै गएका छन् । शिक्षा र अवसरमा अघि बढ्दै गएका छन् । तर पुरुष शासन तोड्नसकेका छैनन् । शिक्षित वा सक्षम भएर पनि साङ्लामा बाँधिनुपर्ने बाध्यता भएका धेरै छन् । समाज, परिवार, बालबच्चा अनेक बन्धनले अड्किन्छन् उनीहरू । 

त्यसो त वैवाहिक सम्बन्धमा कानुनले महिलालाई अधिकार नदिएको छैन । पुरुषले बहुविवाह गर्नु गैरकानुनी हुन्छ । महिलाले गर्दा कानुनै लाग्दैन । तर समस्याको जड यहाँ छ- कानुनले रोकेको बहुविवाह केटैबाट बढी भइरहेको छ । तिनका अधिकांश पीडितले सम्झौतामा जिन्दगी बिताइदिन्छन् । लोग्ने भनाउँदोलाई कानुनको कठघरामा उभ्याउन डराउँछन् । छाडेर अन्यत्र जान पनि सक्दैनन् । यस्ता घटनामा कमजोर महिलालाई नै मान्नुपर्छ । 

कतिपय पढालेखा र सुन्दर महिलासमेत सौता बनेर गइदिन्छन् । अर्की महिलाको जिन्दगी बर्बाद पार्न महिला नै अग्रसर हुन्छन् । त्यसमाथि कानुनी व्यवस्थालाई दुरुपयोग गर्दै कतिपय महिलाहरू 'छोडपत्र व्यवसाय' नै गर्न थालेका छन् । लोग्ने छाड्ने, अंश लिने । अर्कासँग बिहे गर्ने । उसलाई त्यसै गर्ने । यस्ता दृष्टान्तले पुरुषभित्रको शंकालु मनोविज्ञानलाई झन् मलजल पुर्‍याएको छ । अनि शंकै-शंकाले कति परिवार टुटेका छन् । कति धराप अवस्थामा टिकेका छन् । 

एउटी महिला सिलाइ-कटाइ व्यवसाय गर्छिन् । उनको लोग्ने मलेसियामा छ । उमेरदार सुन्दरी श्रीमती घरमा छाडेर जानुको पीडाले उसलाई सधैं भतभती पोल्छ । त्यसभन्दा धेरै श्रीमती कसैसँग गई कि भन्ने मनोरोगले थलै पार्छ । शंकालु स्वभाव न हो, श्रीमतीलाई बेला-बेला फोन गरेर सोध्छ, 'कहाँ छेस् ?' 'पसलमै छु' भन्ने जवाफ झरिनसक्दै उसले लुगा सिउने मेसिन चलाएर सुनाउन भन्छ । खटटटट पारिदिएपछि ऊ अलि शान्त हुन्छ । फेरि कुन बेला छड्के चेक गरिहाल्छ । उसरी नै मेसिन चलाइदिनुपर्छ । 

यस्तो अग्निपरीक्षा कति दिन दिइरहने उनले ? ऊ विदेशमा कोसँग कहाँ छ भन्ने श्रीमतीलाई कुनै हेक्का छैन । छिस्स शंका पनि छैन । वैदेशिक रोजगारमा गएका कतिपय परिवार बिग्रिएका छन् । त्यही उदाहरणले राम्रा सम्बन्धका परिवार पनि तनावपूर्ण बन्दै गएका छन् । समय गतिशील छ । मानिस चलायमान हुँदैमा सम्बन्धहरू भत्कन्छन् भन्नु हुँदैन । र त्यस्ता घटनामा महिलालाई मात्र दोष दिनु पनि हुँदैन । सम्बन्धविच्छेद गर्दा उल्टै अंशसमेत पाउने भएर पनि महिला त्यता सकेसम्म बल गर्दैनन् । 

किनकि नेपाली समाजको संरचना अर्कै छ । उदाहरण यो नै काफी छ- मातेर दुव्र्यहार गर्ने बेगारी लोग्नेकी कामकाजी श्रीमतीसमेत उसलाई छाड्न सक्दिनन् । महिलाको त्यही महानतालाई कतिपय पुरुषले दुरुपयोग गर्छन् । बुझ्नु जरुरी यो छ कि— महिला श्रीमतीमात्र होइन, आमा पनि हो । छोरी पनि हो । सबैलाई उही पवित्र नजरले हेर्‍यो भनेमात्र बिग्रँदो सामाजिक संरचना सन्तुलनमा आउन सक्छ । लोग्ने विदेश जान्छ, श्रीमतीसँगै तर्सिन्छ । श्रीमती काममा जान्छे, उहीसँग झस्किन्छ । यसरी पनि चल्छ त परिवार 

काठमाडौं एयरपोर्टमा ओर्लिने बित्तिकै ट्याक्सी

काठमाडौं एयरपोर्टमा ओर्लिने बित्तिकै ट्याक्सी भाडाको मोलतोल एक हजार रुपैयाँबाट सुरु हुन्छ । त्यो रकम भारु छ सय पच्चीस वा बेलायती मुद्रा साढे छ पाउन्ड बराबर हो । नयाँदिल्ली एयरपोर्टमा ट्याक्सीको न्युनतमा भाडा एक सय भारु अथवा एक सय साठी नेपाली रुपैयाँ र लन्डनको हिथ्रो एयरपोर्टमा पाँच पाउन्डबाट सुरु हुन्छ । (यसपछिका सबै अंक नेपाली मुद्रामा रूपान्तरण गरेर तुलना गरिएका छन्) । रक्सौलका रिक्साचालकले दुई किलोमिटर दूरीका लागि माग गर्ने सबभन्दा बढी भाडा पचास रुपैयाँ हो । पचास मिटर यता आउने बित्तिकै उही दूरीको भाडा एक सय पचासबाट सुरु हुन्छ । 

नयाँदिल्लीको शोरुममा चार लाख रुपैयाँ पर्ने मारुती कार काठमाडौंमा एघार लाख पर्छ । अमेरिकामा त्यस्तै गुणस्तरको कार बढीमा तीन लाखमा पाइन्छ । काठमाडौं, पोखरा महेन्द्रपुल क्षेत्रको तीन पैसा जग्गामा बनेको दुईतले घरको मूल्यभन्दा न्युयोर्क ज्याक्सन हाइटको तीन बेडरुम अपार्टमेन्टको मूल्य सायद अलि कम पर्छ । यसरी तुलना गर्दा नेपाल र खासगरी काठमाडौं, पोखरा र विराटनगर क्षेत्रमा खाद्यान्न, इन्धन, लत्ताकपडा र अन्य हजारौं सेवा र सामानको बजार मूल्य संसारका धेरै विकसित मुलुकहरूको हाराहारीमा छ । 

यी समान र सेवाहरूको तुलनात्मक मूल्यसूची अन्त्यहीन लामो बन्न सक्छ । त्यस्तो सूची बनाउने यो लेखको मूल उद्देश्य होइन । आम्दानीतर्फ हेरौं । नेपालीहरूको प्रतिव्यक्ति वाषिर्क आय छ सय अमेरिकी डलरको हाराहरी पुगेको पछिल्लो सरकारी दाबी छ । भारतमा त्यो पन्ध्र सय र अमेरिकामा करिब तेत्तीस हजार डलर छ । 

औसत आयको कुरा नगर्ने हो भने पनि नेपालमा शाखा अधिकृतले अठार हजार रुपैयाँ, भारतमा अन्ठाउन्न हजार र बेलायतमा तीन लाख चौरासी हजार रुपैयाँ बराबर मासिक तलब बुझ्छ । आयमाथि पनि अरु यस्तै सयौं तुलना हुनसक्छन् । नेपाललाई संसारका गरिबतम मुलुकहरूमध्ये एकमा दर्ता गरिएको छ । तर यहाँको बजार मूल्य भने कुनै पनि दृष्टिमा गरिब मुलुकको स्तरमा छैन । नेपाली राष्ट्रिय आय र मूल्य बीचको यस्तो प्रस्टतः विरोधाभासपूर्ण अन्तरसम्बन्धले नेपाली अर्थतन्त्रको वास्तविक अवस्था, हाम्रा विश्लेषण र प्रस्तुतिहरूमाथि भने पुनर्विचार गर्नुपर्ने आवश्यकता थप टड्कारो भएको छ । यस्ता विश्लेषण धेरै आयामहरूमा हुनसक्छ । 

यसलाई संस्थागत र निरन्तरको अभ्यास नबनाई अर्थतन्त्रका बारेमा वस्तुपरक राष्ट्रिय चिन्तन त के चिन्ता पनि अर्थपूर्ण हुने अवस्था छैन । अखबारी लेखनबाट मात्रै यस्तो फराकिलो उद्देश्य हासिल हुँदैन । केही असंगति एवं नीतिगत र संरचनागत प्रश्नहरूलाई मात्र मिडियाको मञ्चबाट अघि सार्न सम्भव हुनेछ । यो लेख पनि त्यही सीमाले बाँधिएको छ । अर्थतन्त्रको चित्रण र वास्तविक गतिविधि बीचको असंगतिले नेपालको जीवनस्तर, असमानता, गरिबी मापन र प्रतिव्यक्ति आयका बारेमा खासगरी सरकारी निकायहरूले गर्दै आएका दाबीहरूको पुष्टि गर्दैन । 

धेरै हदसम्म ती दाबीहरू हास्यास्पद लाग्ने खालका छन् । एकातर्फ नेपालीहरू उही कारको तीन गुणा बढी मूल्य तिरेर चढ्न तँछाड-मछाड गरिरहेका छन्, अर्कोतर्फ हामी गरिबी बढेको रोदन गरेर थाकेका छैनौं । (एउटा अनुमान गरौं, तीन लाख रुपैयाँमा नयाँ कार किन्न पाए भने प्रतिवर्ष थप कति हजार नेपाली नागरिक कारधनी बन्ने थिए ?) 

सबै कुरा यति धेरै महँगो मूल्य तिरेर जीवन चलाउने नेपालीहरूको प्रतिव्यक्ति आय र जीवनस्तर सूचकांक कसरी यति तल हुनसक्छ ? यसलाई सहरमा देखिने भिडभाडलाई हेरेर गरिएको तर्क भन्न सकिएला । तर सुदूर गाउँका वासिन्दाले मोबाइल र चाउचाउमा गर्ने मासिक खर्च दाँजेर हेर्ने हो भने पनि आम्दानी-खर्चको एउटा अनौठो तस्वीर देखापर्छ । 

होइन, सहर केन्दि्रत वैभवको तर्कलाई नै मान्ने हो भने त आय असमानता बारेमा दिइएका तथ्यांकहरू झन् शंकास्पद देखिन्छन् । अनुमानका आधारमा केही कुरा भन्न सकिन्छ । अनुमान मात्र किनभने नेपालबारे कुनै भरपर्दा आर्थिक तथ्यांक छैनन् । त्यसमाथि अनुुसन्धान गर्ने विश्वसनीय राष्ट्रिय संस्था हामीसंँग छैन । तथ्यांक विभाग र राष्ट्र बैंकका अधिकारीहरू 'आर्मचेयर रिसर्च' गरेर आम नेपालीलाई जे भनिरहेका छन्, ती विश्वासिला छैनन् । 

वास्तवमा विरोधाभासको मूलस्रोत तिनैले दिएका तथ्यांक भएका छन् । नेपालमा जति पैसा खर्च भइरहेको छ, त्यो राष्ट्रिय खाता -नेसनल एकाउन्ट्स) मा देखिएको छैन । नेपालीहरूको जीवनस्तर, खासगरी प्रतिव्यक्ति आय र प्रतिव्यक्ति उपभोगलाई विश्व वरियतामा जुन न्युन स्थानमा राखिएको छ, त्यो हामीले व्यहोरेको वस्तु र सामानको मूल्यसंगत छैन । अथवा नेपालमा जति पैसा आएर खर्च भएको छ, त्यसको सबै स्रोत खुलेको छैन । र नेपालको गरिबी र आयमापन यथार्थपरक भएको छैन । 

समस्याको तत्काल समाधान खोजेको अभिनय गर्ने राजनीतिज्ञ होस् वा कर्मचारी यी सबै प्रसंगमा कुनै एकांगी तर्क गरेर उम्कन सजिलो मान्छ । एउटाले सबै ठीक भएको देख्छ वा अर्कोले सबै कुरा बिग्रेको । कुनै विश्वासिलो अनुसन्धान, तथ्यांक र विश्लेषणको अभाव भएकाले कुनै आंशिक सत्य एकछिनका लागि पूर्ण सत्यजस्तो लाग्छ । र यसले समस्यालाई ढाकछोप र थाँती राख्ने काममात्र गरिरहेको छ । 

समाधानको मार्गमा हामीले पाइला नै राख्नसकेका छैनौं । समस्यालाई छोप्ने यो प्रवृत्तिले नेपाललाई एउटा सम्भावनायुक्त अर्थतन्त्रका रूपमा प्रस्तुत गर्न बाधा खडा गरेको छ । एउटा धनी देशको नागरिकले कार किन्ने बराबरको मूल्य तिरेर मोटरसाइकल चढ्न सक्ने नेपालीहरूको जीवनस्तर र आय कसरी यति धेरै तल होला ? नेपालभित्र वस्तु र सेवाहरू यस्तो महँगोमा खपत भइराखेको छ । 

ती वस्तु र सेवाको माग यति महँगो मूल्यमा हुने मुलुक उत्पादनका लागि एउटा आकर्षक लगानीको गन्तव्य बन्न सक्नुपर्ने हो । त्यसो किन हुनसकेन ? हामीले गरिबी, दुरावस्था र आर्थिक सम्भावनाबारे गरेको प्रचार नै यस्तो लगानी आउने बाटोमा कतै तगारो त बनिरहेको छैन ? नेपालमा वाषिर्क एक लाख थान मोटरसाइकल खपत हुनथालेको निकै वर्ष भइसक्यो । अथवा वाषिर्क पचास हजार थान मोटरसाइकल उत्पादन गर्ने कम्पनीका लागि त यहाँ तयारी बजार छ । 

तर किन यस्ता उद्योगमा लगानी भइरहेको छैन ? यसबारे गम्भीर बहस जरुरी छ । फेरि कुरा एकांगी तर्कहरूकै आउँछ । निर्णायक तहमा बस्नेहरू बिजुली अभावको कारण देखाउँछन्, तर उनीहरू नै प्रस्तावित ठूला विद्युत आयोजनाहरूलाई वर्षौंसम्म लाइसेन्स नदिएर अड्काएर राख्छन् । कोहीचाहिँ साना सवारी साधन, टिभी र मोबाइललाई पनि विलासिताको कोटीमा राखेर धेरै भन्सार राजस्व असुली गर्ने मानसिकतामा परिवर्तन गर्न चाहँदैनन् । 

उदाहरणका लागि, भन्सार शुल्क घटाएर भारतीय मूल्यमा नै नेपाली बजारमा कार उपलब्ध गराउँदा अर्थतन्त्रलाई करबाट जति घाटा हुन्छ, त्योभन्दा कैयौं गुणा बढी उत्पादकत्व, जीवनस्तर र आर्थिक गतिविधिमा योगदान हुनसक्छ । यो पनि एउटा अनुमान नै हो । किनभने कसैले लाभहानिको विश्लेषण गरेको छैन । यस्ता विषयको नीतिगत पक्षबारे पनि यथार्थपरक जानकारी र औपचारिक प्रक्षेपण कतैबाट भएकै छैन । भरपर्दा तथ्य-तथ्यांकको अभावमा राजनीतिक लहडका आधारमा निर्णय लिने लामो परम्परा नै बसिसकेको छ । 

धेरैभन्दा धेरै नेपालीलाई निजी मोटर चढ्ने हैसियतमा पुर्‍याउने जिम्मेवारी लिनुपर्ने नेतृत्व त्यसबाट भाग्नका लागि आफैं 'मुस्ताङ' चढेर भाग्छ । कसैलाई निर्णय नगरेरै शुद्ध देखाउनुपरेको छ । असक्षमता लुकाउन गरिने यस्ता आडम्बर मानसिक दरिद्रताका उपज हुन् । नेपाली परपीडक मानसिकताले पनि यसलाई मलजल गरेको छ । अर्थतन्त्र सधैं यसरी अनुमान, लहड र आडम्बरको भरमा मात्र चलाइरहनु अत्यन्त खतरनाक अभ्यास हो । धेरै कुरा एकैपटक गर्न सकिँंदैन । 

के गर्न सकिन्छ र गर्ने कामको प्राथमिकता के हुनसक्ला भन्ने यकिन गर्न पनि हामीसँग पर्याप्त जानकारी छैन । त्यसैले एउटा विश्वसनीय आर्थिक अनुसन्धान संस्थाको स्थापना यो शृङखलाको पहिलो काम हुनसक्छ । सरकारी प्रभावबाट मुक्त, व्यावसायिक ढंगले आर्थिक खोज अनुसन्धानमा मात्र समर्पित एउटा संस्था स्थापनामा किन नीति निर्माता, प्राज्ञिक वर्ग र नागरिक समाजको चासो नजागेको होला भन्ने पनि आफैमा कौतुहलको विषय छ ।

राजनीतिक नेतृत्वले पनि के बुझ्नु जरुरी छ भने आर्थिक गतिविधि, जीविकोपार्जन र आर्थिक उन्नतिका सबै स्रोतहरूको एकीकृत तथ्य र तिनको विश्लेषणबिना नेपाल राज्यको समृद्धिउन्मुख पुनःसंरचना गर्न सम्भव छैन । यसो नगरी गणतान्त्रिक संविधानले पूर्णता पाउने र लागू हुने सम्भावना छैन । कसैगरी जारी भयो भने पनि त्यसले मुलुकमा दिगो शान्ति र आर्थिक उन्नति सुनिश्चित गर्दैन । 

संविधान र राजनीतिक पक्षलाई एकैछिन परै राख्ने हो भने पनि अर्थतन्त्रले अनुभव गरेका यस्ता अस्वाभाविक प्रवृत्तिहरूलाई तथ्यांक शास्त्रीय विधिले व्यवस्थित गर्न सकिएन भने त्यसबाट राष्ट्रिय स्वार्थमा गम्भीर र तत्काल आघात पर्ने अवस्था छ । परिरहेको छ । त्यसका लागि एउटा जिम्मेवार संस्था नेपालका लागि अपरिहार्य भएको छ ।

ताजा घटना हो, यो पंक्तिकारले दक्षिण एसियाली क्षेत्रको तथ्यांकमा आधारित रहेर एउटा अनुसन्धान गर्न राखेको प्रस्तावलाई विश्व प्रसिद्ध अर्थशास्त्री पिटर सिनल्कियरले ठाडै अस्वीकार गरे । 'ती तथ्यांकको विश्वसनीयतामा भर गर्न सकिँदैन,' उनको प्रतिवादको एउटै कारण थियो । 

यस्ता घटना धेरैजना नेपाली अनुसन्धाता र पीएचडी शोधकर्ताहरूले भोगेका रहेछन् । त्यो विस्तारै थाहा हुँदैछ । वास्तवमा यो धेरै लाजमर्दो कुरा हो । यी आरोप पूर्ण सत्य होइनन् होला । तर सत्य पनि ससर्त छ: त्यो विश्वसनीय र सादृश्य हुनैपर्छ । नेपाली अर्थतन्त्रका विडम्बनापूर्ण सत्यलाई पनि सतहमा नल्याई तिनको निदान र समाधान हुन सक्दैन । - 

Sunday, February 23, 2014

बोली फेर्ने यादवको बानीले हैरानी

Upendra Yadavकाठमाडौं, फाल्गुन ११ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार दिउँसो रिपोर्टर्स क्लबमा तीन पार्टी एकीकरण तत्काल सम्भवै नभएको धारणा राखे । त्यसको केही घन्टामै तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई निवासमै भेटेर बोली फेरे । उनले ठाकुरसँगको भेटमा मिडियाले आफ्ना भनाइ बंग्याएको दाबी गर्दै आफू एकीकरणकै पक्षमा रहेको जिकिर गरे । बरु यादवले आफ्ना नातेदारकी छोरीको पार्टी कोषाध्यक्ष रेणु यादवका छोरासँग बिहे हुन लागेको र त्यसमा आफू व्यस्त हुनुपरेकाले फागुन अन्तिम सातासम्म पर्खन प्रस्ताव राखे । 

ठाकुर स्वयं पनि छोरीको बिहेमा व्यस्त छन् तर पनि एकीकरण प्रक्रियालाई निरन्तरता दिन चाहेका छन् । तीन पार्टीका शीर्षनेताबीचको बैठकभित्र एकीकरणको पक्षमा घन्टौंसम्म वकालत गर्ने तर बाहिर आएर मिडियासँग एकीकरणकै विपक्षमा चर्का कुरा गर्ने फोरम अध्यक्ष यादवको बानी देखेर तमलोपा र सद्भावनाका पदाधिकारी हैरान छन् । कहिले घरायसी, कहिले पार्टीको काम भन्दै यादव पन्छिन थालेपछि तीन पार्टी एकीकरण पनि अवरुद्ध बनेको छ । अघिल्लो साता यादवकै व्यस्तताका कारण शीर्ष नेताबीच हुने भनिएको निणर्ायक बैठक रोकिएको थियो । 

बाहिर हल्ला भएजस्तो तत्काल एकीकरण सम्भव नभएको भनी शुक्रबार यादवले अभिव्यक्ति दिएपछि झन् दुई पार्टीका पदाधिकारी उनीसँग रुष्ट बनेका छन् । यादवले शुक्रबार पार्टी एकीकरण्ा हुन सिद्धान्त, लक्ष्य, राष्ट्रिय मद्दालाई हेर्ने दृष्टिकोण्ा र संगठनात्मक संरचनामा सहमति बन्नुपर्ने र ती विषयमा छलफल हुन बाँकी नै भएको बताएका थिए । तमलोपा र सद्भावनाका पदाधिकारीचाहिँ एकीकरण प्रक्रियाका सबैजसो विषयमा छलफल भइसकेको र अनौपचारिक सहमति भइसकेको दाबी गर्छन् । तमलोपाका प्रवक्ता तथा सभासद सर्वेन्द्रनाथ शुक्लले विभिन्न कारण देखाएर यादव पन्छिए पनि अरू मधेसी दललाई लिएर आफूहरू अघि बढ्न तयार रहेको बताए । 

तमलोपा र सद्भावनाका पदाधिकारीले यादवले दुईधारे कुरा गर्दै एकीकरण प्रक्रियालाई अवरोध पुर्‍याउने काम गरेको आरोप लगाएका छन् । 'उहाँ (यादव) नआए पनि हामीहरू अब रोकिँदैनौं,' शुक्लले कान्तिपुरसित भने, 'अरू दलहरूलाई लिएर अघि बढ्छौं ।' तमलोपा र सद्भावनाका अधिकारीले यादवले एकीकरणबारे धेरै समय नझुलाउन पनि यादवलाई आग्रह गरेका छन् । यादवका समस्या यादवले तत्कालै एकीकरण नचाहनुका पछि पनि कारणहरू छन् । समानुपातिक सभासद चयनका बेला सुरु भएको पार्टीभित्रको द्वन्द्व शान्त भएको छैन । अरूले छाडेपछि एक्लिएका बेला पुराना मधेसी नेता भरतविमल यादवलाई देखाएर यादवले पार्टीको शिर उच्च बनाए । 

तर, समानुपातिक सभासद चयनका बेला त्यागी र जिम्मेवार व्यक्तिभन्दा पैसावाललाई छानेकामा भरतविमल, अर्जुन थापा, प्रत्यक्ष चुनाव जितेका अभिषेकप्रताप शाहलगायत पार्टीको ठूलो जमात रुष्ट छन् । वरिष्ठ नेता भरतविमल र अध्यक्ष यादवबीच साढे दुई महिनादेखि बोलचालै बन्द छ । पुस दोस्रो सातापछि दुई नेताबीच भेटघाट र बोलचाल नै भएको छैन । भरतविमलले अध्यक्षले आफूलाई 'युज एन्ड थ्रो' गरेको महसुस गरेका छन् । एकीकरणको विपक्षमा रहेका पार्टीभित्रका जिम्मेवार व्यक्तिहरूलाई यादवले 'कन्भिन्स' गरी एकीकरणको औचित्यबारे पनि प्रस्ट पारेका छैनन् । 

कार्यसमिति भंग भएकाले पनि एकीकरणलगायत विभिन्न राजनीतिक मुद्दाबारे छलफल नभएको सभासद अभिषेकप्रताप शाह बताउँछन् । संसदीय समितिका पनि दुईवटा मात्रै बैठक बसेको छ । भरतविमल, अर्जुन थापा, शाह र केही सभासदहरूचाहिँ अहिले पार्टी सानो भयो भनेर एकीकरण गरिहाल्ने पक्षमा छैनन् बरु पार्टीलाई नै मजबुत बनाएर अघि बढाउन चाहन्छन् । अहिले एकीकरण भइहाले पनि पार्टीका अध्यक्ष र केही पदाधिकारीलाई बाहेक अरूलाई कुनै फाइदा नभएको उनीहरूको तर्क छ । 

बरु चुनावअघि नै मिलेर गएको भए फाइदा हुने उनीहरूको राय छ । 'चुनावअघि मिलेर जाउँ भन्दा हाम्रा कुरालाई प्राथमिकतामा राखिएन,' शाहले शनिबार कान्तिपुरसित भने, 'अहिले एकीकरण गर्नुको कुनै अर्थ छैन ।' एकीकरणमा सहमति नजनाइहाल्नुका पछाडिको अर्को कारण हो, यादव आफैं सर्बेसर्बा -वान म्यान शो) चाहन्छन् । आफैं सर्बेसर्बा भएर पार्टी चलाउने यादवको पुरानै बानी हो । विगतमा त्यही विवादले गच्छदारले पार्टी फुटाएका थिए । अहिले पनि तमलोपा र सद्भावनासँग एकीकरण गरे एक्लै हाबी हुन सक्ने अवस्था छैन । 

तमलोपा अध्यक्ष ठाकुर ज्येष्ठ र निष्ठावान भएकाले उनलाई लतारेर एक्लै पार्टी हाँक्ने अवसर प्राप्त हुने छैन । यादवको आनीबानी राम्रैसँग बुझेको तमलोपाले पनि ठाकुरलाई अध्यक्ष मानेर अघि बढ्न यादव र महतोलाई प्रस्ताव गरेको थियो । त्यसो हुँदा यादव र महतो दुवैजना समान हैसियतको कार्यकारी अध्यक्ष रहने भनिएको थियो । तर यादवले त्यो प्रस्तावलाई अस्वीकार गर्दै आएका छन् । चुनावमा मिलेर जान नसक्दा भोग्नुपरेको परिणामका कारण मधेसी दलले एकीकरण चाहेका थिए । 

मधेस विश्लेषक तुलानारायण साह रणनीतिक उद्देश्य पूरा गर्न एकीकरणको तानाबुना बुनिए पनि तत्काल त्यसको औचित्य समाप्त भएको तर्क गर्छन् । 'चुनावमा मिलेर नजाँदा मधेसी जनताले औकात देखाइदिएपछि नेतृत्वमा पराजित मानसिकता हाबी भयो,' साहले कान्तिपुरसित भने, 'पार्टी बनाउनेभन्दा पनि संख्या देखाएर रणनीतिक लाभ उठाउन खोजिएको थियो, त्यो तत्काल पूरा नहुने भएपछि सबै प्रक्रियामा ब्रेक लाग्यो ।' उनका बुझाइमा समानुपातिक सभासद चयनका क्रममा सबै दलमा आएको विवादलाई अन्तैतिर मोड्न पनि मधेसी दलले एकीकरणलाई मुद्दा बनाएका हुन् । 

वार्ता टोलीका एक सदस्यका अनुसार कांग्रेस-एमालेका नेता मन्त्रालय बाँडफाँड

NCUML
काठमाडौं, फाल्गुन ११ - मन्त्रालय बाँडफाँडमा सहमति नजिक पुगेको बताएका कांग्रेस-एमालेका नेताहरु आन्तरिक छलफलमा निस्किएका छन् । बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट निस्केका नेताहरु आन्तरिक छलफलमा बसेका छन् । वार्ता टोलीका एक सदस्यका अनुसार सकभर आइतबार नै मन्त्रालय बाँडफाँडमा ठोस सहमति गर्ने तयारी भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । 'हामीले आफ्ना कुरा राख्यौं । 

वार्ता सकारात्मक भयो,' बैठकपछि सञ्चारकर्मीसँग उनले संक्षिप्त प्रतिक्रिया दिए, 'भोलि बिहान ७ बजे बस्नेगरी उठ्यौं ।' कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र रामशरण महतले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । प्रधानमन्त्री सुशील कोइराला एमालेलाई गृहमन्त्रालय दिन सहमत भएपछि कांग्रेस-एमाले सत्तासाझेदारीमा तयार भएका हुन् । एमालेले गृहबाहेकका मन्त्रालयमा पनि ठोस सहमति गर्नुपर्ने अडान राखेपछि आइतबार नै मन्त्रिमण्डल विस्तार नहुने भएको छ । 

भद्र सहमतिलाई कांग्रेसबाट धोका पाएको निष्कर्षमा पुगेको एमाले केन्द्रीय कमिटीले सवै मन्त्रालयमा ठोस सहमति गर्न निर्देशन दिएको थियो । 'राजनीतिमा कतिपय विषय भद्र सहमतिबाट गर्नुपर्ने हुन्छ । कांग्रेसको बोलीको टुंगो देखिएन,' एमालेका एक नेताले भने, 'अब एउटा एउटा गरी सवै विषय टुंगो लागेपछि मात्र एमालेका मन्त्रीहरुले सपथ लिन्छन् ।' पूर्वसहमतिबमोजिम गृहमन्त्रालय नपाएको भन्दै एमालेले सरकारमा नजाने अडान लिएपछि प्रधानमन्त्री निर्वाचित भएको १४ दिनसम्म पनि कोइरालाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।एमालेसँगको सहमतिमा खासै रुचि नदेखाएका प्रधानमन्त्रीलाई पार्टीभित्रै पनि शेरबहादुर देउवा समूहले मन्त्री नपठाएपछि थप दबाबमा थिए । 

कांग्रेसभित्रै पनि मन्त्रालय भागभण्डाको बिषयमा विवाद बढेको छ । सम्मानजनक स्थिति नपाए देउवाले आफू पक्षका नेतालाई मन्त्रिमण्डलमा सहभागी नगराउने चेतावनी दिएका छन् । माघ २७ गते भएको प्रधानमन्त्री निर्वाचनमा कोइरालालाई सघाउन ७ बुँदे सहमति गरेको एमालेले सहमति अनुरुप गृह मन्त्रालय नपाएको भन्दै सरकारमा सहभागी भएको छैन् । प्रधानमन्त्री कोइरालासहित कांग्रेस नेताहरुले भने प्रधानमन्त्री पद्धतीलाई बलियो बनाउन गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले चलाउनुपर्ने तर्क गर्दै आएका थिए । 

आफ्नै १४ वर्षीय छोरीमाथि बस्नेतले बलात्कार गरे

खोटाङ, फाल्गुन ३ - आफ्नै छोरी बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको उत्तरी गाविस बाक्सिला-७ का ४० वर्षीय कर्णबहादुर बस्नेत शुक्रबार साँझ पक्राउ परेका हुन् । माघ-२९ गते राति १० बजे आफ्नै १४ वर्षीय छोरीमाथि बस्नेतले बलात्कार गरेको प्रहरी नायव निरीक्षक यादव गौतमले बताए । छोरीलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । बस्नेतलाई पक्राउपछि अनुसन्धानमा राखिएको प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले जनाए । 

यस वर्षको एसएलसी परीक्षा चैत ६ देखि १४ गतेसम्म एसएलसी प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला पुर्‍याइए

काठमाडौ, फाल्गुन ११ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको उत्तरपुस्तिका र प्रश्नपत्र सबै जिल्लामा पुर्‍याएको छ । चैत ६ देखि १४ गतेसम्म हुने परीक्षामा नियमित र एक्जाम्टेड गरी ५ लाख ६६ हजार परीक्षार्थी सामेल हुनेछन् । 

परीक्षा नियन्त्रक विष्णु द्वारेले विगतभन्दा व्यवस्थित, मर्यादित र कडाइका साथ परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको बताए । देशभर १ हजार ८ सय ३६ केन्द्रमा परीक्षा लिइनेछ । यो गत वर्षभन्दा ५० ले बढी हो । मनाङ र मुस्ताङमा एक-एकवटा केन्द्र छन् । 

यस वर्ष परीक्षार्थीले आफ्नै विद्यालयमा भएको केन्द्र -होम सेन्टर) बाट परीक्षा दिन पाउने छैनन् । 'हामीले होम सेन्टर हटाएका छौं,' उनले भने, 'जिल्ला समन्वय समितिले सबै व्यवस्था मिलाउन भनेका छौं ।' होम सेन्टरमा शिक्षक, विद्यार्थी र अभिभावकले 'मनोमानी' गरेपछि यो वर्षबाट हटाइएको उनले जनाए । 

शिक्षा मन्त्रालयले परीक्षा अनुगमनका निम्ति १४ सहसचिवलाई खटाउने निर्णय गरेको छ । मेची अञ्चलमा खगराज बराल, कोशीमा लक्ष्मीराम पौडेल, सगरमाथामा दिवाकर ढुंगेल, जनकपुरमा डिल्लीराम रिमाल, नारायणीमा कमलेशकुमार सिन्हा, वाग्मतीमा महाश्रम शर्मा र लवदेव अवस्थी खटिने छन् । 

महाकालीमा खगेन्द्र नेपाल, सेतीमा देविना प्रधानांग, कणर्ालीमा गणेश राई, भेरीमा टेकनारायण पाण्डे, राप्तीमा कमल पोखरेल, लुम्बिनीमा बाबुराम पौडेल र गणेश ज्ञवाली, धौलागिरीमा सूर्य गौतम र गण्डकीमा देवकुमारी हुमागाईं खटाइएका छन् ।

अर्घाखाँचीको छाँगोबाट बस खस्दा १७ को मृत्यु

अर्घाखाँची, कार्तिक २२ - अर्घाखाँचीको गोखुगाबाट सन्धिखर्कतर्फ आउदै गरेको लु १ ख ३९८७ नम्बरको यात्रुबाहक बस हंसपुरको कमेरपानी स्थित लामभिरा भन्ने ठाउँमा आइतबार दुर्घटना हुँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ । १ जनाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा घाईते ११ जना यात्रुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार सम्भव नभएपछि भैरहवा र बुटवल पठाईएको छ । घाईतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा बढी हंसपुर र गोखुगा गाविसका वासिन्दा रहेको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा हरी प्रसाद पंथी हंसपुर-३ , प्रेम प्रसाद पौडेल गोखुगा -७ उनकी नातिनी मनिषा, मिरा पौडेल गोखुगा-७ र उनकी छोरी सुस्मा पौडेल, उमेश खनाल गोखुगा-९, भुप बहादुर घम हंसपुर-३, नन्दी घम हंसपुर-३ , बाबुराम खनाल गोखुगा-७, केशावती पौडेल गोखुगा, नविन भन्ने वेदुराम पौडेल गोखुगा-७, गोविन्द खत्री चुजा-३ प्युठान, मोहन पुन चुजा प्युठान, पुतला केसी गोखुगा, जुना हम्जाली हंसपुर-३, हिमाल पुन र प्युठान गाडी चालक महेन्द्रकोट कपिलवस्तका सूर्य विष्ट रहेका छन् । घाईते बस चालक बिष्टलाई उपचारको लागि सन्धिखर्कतर्फ ल्याउदै गर्दा बाटोमै ज्यान गएको हो । 

घाईते हुनेमा गाडी मालिक अर्घाखाँची अर्घा-७ का वालकृष्ण पाण्डे, हंसपुर-३ का सन्तोषी थापा, गोखुगा -३ का माधव भुसाल, गोखुगा-८ का वामदेव पौडेल, गोखुगा-८ का जर्नादन खनाल, गोखुगा- ७ की मैना पौडेल, बाङगेमरोठ -६ प्युठानका मोहन केसी, चुजा प्युठानकै बसन्त पौडेल, उक्त ठाउँका तुलसा आले रहेका छन भने अर्का एक जनाको नाम खुल्न सकेको छैन । घाईते सबैलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज भैरहवा पठाईएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेले बताए । 

बस सडक देखी एक किलोमिटर तल खसेको छ । दुर्घटना स्थल सदरमुकाम देखि ३० किलोमिटर पश्चिममा पर्छ । बाटो साघुरो भएकाले बस क्रस हुँदा बाटोको डिलको पर्खाल भाँसिदा बस खसेको प्रहरीले जनाएको छ । पर्खालसगै गाडी खस्न पुगेको थियो । १० मिटर जति पर्खाल भत्किएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल तल भिरको छाँगो र जंगल भएकाले बढी मानवीय क्षति भएको छ । मृत्यु भएका अधिकाश यात्रुको हातखुटा र टाउँको छुटाछुटै भेटिएको छ । छाँगोबाट बस खसेकाले उद्धारको लागि पुग्न अप्ठयारो र घाईतेको उद्धार गर्न कठिनाई भएको प्रहरी निरीक्षक रमेश कुमार पंथीले जानकारी दिए । 

पाल्पा खण्डमा साना-ठूला ४ सय २६ सवारी दुर्घटना भएको प्रहरी तथ्यांकमा छ

पाल्पा, फाल्गुन ११ - त्रिचालीस वर्षअघि बनेको सिद्धार्थ राजमार्ग अन्य सडकभन्दा राम्रो मानिन्छ । तर पछिल्लो १० वर्षमा उक्त सडकमा भएका दुर्घटनामा ४ सय ९० जनाले ज्यान गुमाइसकेका छन् । उक्त अवधिमा राजमार्गको पाल्पा खण्डमा साना-ठूला ४ सय २६ सवारी दुर्घटना भएको प्रहरी तथ्यांकमा छ । अझ, पछिल्लो तीन वर्षयता राजमार्गको चिडियाखोलादेखि राम्दीसम्मको सडकमा ठूला दुर्घटना भएका छन । 

अनुसन्धान अधिकारीका अनुसार ८० प्रतिशत मानवीय र २० प्रतिशत यान्त्रिक कारणबाट दुर्घटना हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख खिमानन्द काफ्लेले पनि धेरै दुर्घटना चालककै लापरबाहीले हुने गरेको बताए । 'पहाडी सडकमा अत्यधिक घुम्ती, उकालो-ओरालो, सडकको दुरवस्था, ट्राफिक संकेत र प्याराफिटको उचित व्यवस्था नहँुदा दुर्घटना हुने गरेको हो,' उनले भने । साँघुरो र अप्ठ्यारो बाटोमा अत्यधिक गतिमा सवारीसाधन चलाउने र कतिपय अवस्थामा मादक पदार्थ सेवन गर्नु पनि दुर्घटनाको कारण बनेको छ । 

राजमार्गको अवस्था राम्रो रहेको डिभिजन सडक कार्यालयका प्राविधिकको दाबी छ । 'सिद्धबाबा क्षेत्रबाहेक अन्य स्थानमा भएका दुर्घटना सडकको कारणबाट नभई चालकको लापरबाहीबाट हुने गरेको छ,' डिभिजन प्रमुख कर्णबहादुर रानाभाटले भने, 'सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले नीतिनियम बनाए पनि कतिपय चालकले पालना गर्दैनन् ।' 

राजमार्गअन्र्तगत आर्यभन्ज्याङ-राम्दी सडक खण्डको १४ किलोमिटर क्ष्ाेत्रमा पछिल्लो समयमा ठूला दुर्घटना भएका छन् । दुर्घटना बढे पनि गहिराइसम्म पुगेर कारण खोजिएको छैन । तर, प्रहरीले रातीमा निदाएको र दिउँसोमा भए स्टेरिङ फेल भएको जवाफ दिन्छ । 'बढीजसो दुर्घटना मानवीय कारणले नै हुने गरेको छ,' प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले भने । 

७ करोडमा पनि बेचेनन् राँगो

India, Feb 11 - India, Kurukshetra, including a farmer refused to sell his noticing 7 million Indian rupees. The name given to the farmer absorbs UV noticing breed because they refuse to sell the sales of not statutory kesarile marijuana. The daily 4 kg of apples drags noticing that the right to keep and health has been guiding a few miles daily. Theft of federal unity are the name of the farmer who, according to his own life, great importance ramgole. The

The 
cattle fair, Mohali 7 million offer for their ramgosika came. 'Your child is not disposed, "says the farmer. He sold a cow semen 35 to 40 million annual income recommend. Ramgale many national awards cattle fair also won endorsements is called. Farmers want the government to give them permission to bring the bison abroad. This Houston overproduction (ox) as the semen comes from abroad, so it is also to make new birada so.

६४ हजार सहयोग मृत्युदण्ड सुनाइएका खालिङलाई बचाउन प्रथम मिस राईबाट

yumaकाठमाडौ, फाल्गुन १० - युएईमा मृत्युदण्ड सुनाइएको अनिश खालिङराईको जीवन बचाउनका लागि प्रथम मिस राई युमा राईले करीब ६४ हजार रुपैयाँ खालिङकी श्रीमती रविता खालिङराईलाई हस्तातरण गरेकी छन् । वैदेशिक रोजगारीको शिलशिलामा २०६८ सालमा दुवईको अवुधावी पुगेका खालिङलाई पाकिस्तानी हत्याको अभियोगमा त्यहाँको अदालतले मृत्यृदण्ड सजाय सुनाएको छ । उनलाई बचाउन विश्वभरीबाट 'ब्लडमानी' आर्थिक सहयोग सङ्कलन भइरहेको छ । 'एउटा नेपालीले अर्को निर्दोष नेपाली बचाउनु पर्छ यो मेरो सामाजिक उत्तरदायित्व हो ।' प्रथम मिस राई युमाले भनिन्न्, 'सहयोग रकम मैले घरैबाट सुरु गरे पछि विदेशबाट समेत आर्थिक सहयोग आएको र त्यसलाई जम्मा गरी बुझाएको हो ।' 

Saturday, February 22, 2014

बिहीवार जाजरकोट दशेरा- ३ तल्लोगाउँमा बम विस्फोटमा

Jajarkot Map.pngजाजरकोट , फाल्गुन १० - गत बिहीवार जाजरकोट दशेरा- ३ तल्लोगाउँमा बम विस्फोटमा परी घाइते भएका ५२ वर्षीय कमारो चादाराको मत्यु भएको छ । चादाराको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा शुक्रवार राति मृत्यु भएको हो । विस्फोटनका घाईते अन्यको उक्त अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य हुँदै गएको अस्पतालले बताएको छ । 

 द्वन्द्वकालको बमलाई चादाराले आरनमा तताएर पिट्न खोज्दा विस्फोटन भएको थियो । विस्फोटनबाट चादारासहित ३५ वर्षीय जोखे थापा, ३५ वर्षीय भक्तबहादुर नेपाली, ३५ वर्षीय मनबहादुर थापा, १५ वर्षीय नैनबहादुर नेपाली र ३३ वर्षीय नरसिंह थापा घाइते भएका थिए । द्वन्द्वकालमा लुकाई घरमा राखेको बमलाई जोखेले ओदान बनाउन खोजेका थिए । - 

बैठकमा जान सकेनन् अस्पताल भर्ना भए ओली

photoKATHMANDU, OCT 10 - UML parliamentary party leader KP Sharma Oli are admitted to the hospital. Uric acid is admitted to the hospital on Friday Oli's on Saturday, the Central Committee meeting was unable to start. Horrified personal secretary Ramesh Acharya rally submissive hospital doctor said. 'Uric acid was having antibiotics,' Acharya Loktantrik Saturday evening, said, 'OK, let Balto that soon came to the hospital. Bed rest, let the doctors at the hospital are the greatest. 'Aka Dr. grandi in hospital. Khanal love watching the leadership team doctor. Hands Of The Victim was soilina Kidney pak rogabatasameta. he was Taken To The HOSPITAL began To hand Inflammation - see More At: ekantipur