Saturday, August 2, 2014

सुनकोशी नदी थुनिएपछि गाउँलेको भागाभाग, सयौ घर डुवानमा, ४० घर बगायो- भिडियो सहित)

गाउँले डनको आक्रमणबाट नाबालक सहित ९ जना घाइते उमाकान्त खनाल

झापाः गाउँले डनको आक्रमणबाट झापाको पाँचगाछीमा २ वर्षीय नाबालक सहित ९ जना सख्त घाइते भएका छन्। गएको मंगलबार राति स्थानीयबासी बिना कारण गाउँले डनको कुटाइबाट घाइते भएको घटना शुक्रबार मात्रै सार्वजनिक भएको हो। घटना सार्वजनिक गरे कसैलाई नछाड्ने धम्की दिएकाले पीडित न्यायका लागि प्रशासन समक्ष आउन सकेका थिएनन्। स्थानीय अगुवाले पीडितलाई साथ दिएपछि ४८ घन्टापछि मात्र घटना सार्वजनिक गर्दै न्यायका लागि पीडित प्रहरी समक्ष आएका हुन्। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार पाँचगाछी १ का ५१ वर्षिय तेजबाहादुर कार्की , ५६ बर्षिय डिल्लीप्रसाद सुवेदी, २ बर्षिय शेखर सुवेदी, ४७ बर्षिय जानुका कार्की, ४६ बर्षिय चन्द्रकुमार कार्की , २२ बर्षिया सुस्मा कार्की, १४ बर्षिया सुनिता कार्की, १६ बर्षिया दुर्गा सुवेदी र २८ बर्षिय उमेश कार्की डनको कुटाईबाट घाइते भएका हुन । 

उनीहरुको स्थानीय मेडिकल पसलमा उपचार भएको स्थानीय राजु श्रेष्ठले बताए। घाइते मध्ये २ वर्षीय बालक शेखर र चन्द्र कुमारी कार्कीको अवस्था गम्भीर छ। घाइते बालकको नाक र आँखामा गम्भीर चोट लागेको छ। गाँउलेका अनुसार मदिराले लठ्ठ भएका डनको समूहले ति अवोध बालकलाई बाँसको डण्डी प्रहार गरेका थिए। उनलाई थप उपचारका लागी मेची अञ्चल अस्पताल भद्रपुर लगिएको अर्का घाईते तेजवहादुर कार्कीले बताए । प्रहरीले झापा धरमपुर २ वस्ने १८ बर्षिय जीवन भुजेल , १९ बर्षिय किरण तामाङ्ग, १९ बर्षिय मिलन तामाङ्ग , २१ बर्षिय प्रदिप तामाङ्ग , १९ बर्षिय रवीन लिम्बू , २८ बर्षिय दिलवाहादुर घिसिङ्ग र २७ बर्षिय संजिव लिम्बूले गाउँले माथि अन्धाधुन्द कुटपिट गरेको बताएको छ। ‘

गर्मीका कारण बाटोमा हावाको खोजी गर्दै बसेका थियौ, उनीहरु आएर जथाभावी कुटपीट गर्न थाले,’ घाईते तेजवाहादुरले भने । कुनै गल्ती नै नगरी हल्ली खल्ली गर्दै हातमा बोकेका बाँसका डण्डीले प्रहार गरेको घाइतेले बताए । घाईतेले फेरी कुटाइ खाने त्रासका कारण नाम सार्वजनिक चाहिरहेका थिएनन्। प्रहरीले कुटपिट गर्नेमाथि ज्यान मार्ने उद्योगमा मुद्धा चलाइने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरञ्जीवी दहालले बताए । तर, आक्रमण गर्नेहरु फरार रहेका कारण पक्राउ पर्न सकेका छैनन्। गाउँलेलाई कुटपिट गरेको अघिल्लो दिन पनि पाँचगाछी १ मा निर्माणाधिन पुलमा काम गर्ने आधा दर्जन निर्माण मजदुर पनि उनीहरुको आक्रमणमा परेका स्थानीयबासी बताउँछन्।

सुनकोशी नदी डुबानमा सातको मृत्यु, २० घाइते, चारको अवस्था गम्भिर

सुनकोशी नदी डुबानमा सातको मृत्यु, २० घाइते, चारको अवस्था गम्भिर सिन्धुपाल्चोक, श्रावण १७ । सिन्धुपाल्चोकको राम्चे गाविसबाट आएको पहिरोले सुनकोशी नदी थुनिँदा डुबान हुँदा हालसम्म ७ जनाको मृत्यु भएको छ भने नदी छेउका १२ बढी बेपत्ता भएका छन् । घाइते भएका २० जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सयौं घर डुबानमा परेका छन् । भोटेकोशी र सुनकोशीको दोभान कटिसकेपछि सुनकोशी भएर बगेको नदी शुरु भएको ठाउँमै थुनिएको हो । आज बिहान ३ बजे एक्कासी आएको पहिरोले अरनिको राजमार्गको ड्याम साइड नजिक राम्चे ५ स्थित जुरेमा नदीको बहाव थुनिएको हो । पहिरोले नदी थुनिएपछि नदीको बहाव नै पूर्ण रुपमा रोकिएको छ । 

गृह मन्त्रालय आपत्कालीन कार्य संचालक केन्द्रका अनुसार भोटेकोशीको ९० प्रतिशत पानी थुनिएको छ भने १० प्रतिशत मात्र पानी बगेको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान माइकिङमार्फत् आग्रह गरिरहेको छ । १ सय ५० मिटरमाथिसम्म जमेर ताल बनेको पानीले जुरेका दर्जनौं घर र बाह्रबिसे बजारसमेत डुबाउन थालेको छ । डुवानमा परेकालाई सेना, प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ सारिँदै छ । पानीले सडक डुबाउँदा राजमार्गमा चल्ने सबै सवारी साधन दोलालघाटबाटै काठमाडौंतर्फ फर्काइएको छ । उद्धारका लागि पैदल मार्ग भएर सुरक्षाकर्मी जाने अवस्था नभएपछि काठमाडौंबाट सेनाको हेलिकप्टरसहितको टोली घटनास्थलतर्फ गएको छ । पहिरोका कारण सानीमा हाइड्रोपावरको साढे २ मेगावाटको सुनकोशी जलबिद्युत परियोजना पनि डुवानमा परेको छ । 


आसपासका लामोसाँघु, खाडीचौर, सुकुटे, चेहेरे लगायत २० किलोमिटर आसपासका बासिन्दा बजार छाडेर डाँडामा गएर बसेका छन् । नदीको बहाव एक्कासी फुटेमा यी सबै बजार डुब्न सक्ने खतरामा छन् । विहान तीन बजेदेखि थुनिएको नदी खुलाउन नसक्दा लगातार पानीको स्तर बढ्दै गएको छ । ती क्षेत्रमा अहिले बिजुली र टेलिफोन सेवासमेत अवरुद्ध बनेको छ । सुनकोशी थुनिएर बाटो बन्द हुँदा सिन्धुपाल्चोकलगायत दोलखा, रामेछाप, सिन्धुली र काभ्रेका सर्वसाधारण समेत प्रभावित बनेका छन् । यता, गृह मन्त्रालयले थुनिएको ताल बनेको फुटेर कुनै पनि बेला दुर्घटना हुनसक्ने भएकाले सुरक्षित स्थानतर्फ जान सर्वसाधारणलाई आग्रह गरेको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सूचना जारी गर्दै प्रभावितलाई सुरक्षित स्थानतर्फ जाने व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।





Thursday, July 31, 2014

राजेशपायलका बारे समाचार लेख्ने पत्रकारलाई मलेसियामा मार्ने धम्की

राजेशपायलका बारे समाचार लेख्ने पत्रकारलाई मलेसियामा मार्ने धम्की मलेसिया । तेरिया मगर सम्मान कार्यक्रममा गायक राजेशपायल राईले बिबाद गरेको विषयमा समाचार लेखेका पत्रकार भुमि पराजुलीलाई ज्यान मार्ने धम्की आएको छ । गत आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित द खुकुरी रेष्टुरेन्टमा भएको घटनालाई समाचार वनाएको भन्दै नचिनेका व्यक्तिले पराजुलीलाई धम्की दिएका हुन । सोमवार उनले उज्यालो ९० नेटवर्कमा राजेशपायल राई र तेरिया सम्मान कार्यक्रमको आयोजक आदिबासी जनजाति महासंघ मलेसियाबीचको विवादका विषयमा समाचार लेखेका थिए । 

तेरिया भन्दा आफू वरिष्ठ भएको भन्दै राजेशपायलले आफूलाई पहिले सम्मान गर्नुपर्ने भन्दै विवाद झिकेपछि झडप भएको कार्यक्रमका प्रत्यक्षदर्शी टीका श्रीसले पत्रकारहरुलाई जानकारी गराएका थिए । तर, सोही विषयमा समाचार लेखेका पराजुलीलाई लुकाउनुपर्ने समाचार किन लेखेको भन्दै धम्की आएको हो । समाचार लेखेदेखि नै नचिनेको टेलिफोन नम्बरबाट बारम्बार धम्की आएको उनले बताए । टेलिफोनमा आएको धम्कीलाई आफूले रेडर्क गरेर सुरक्षित राखेको पराजुलीले बताए । पराजुलीले जीवन रक्षाका लागि माग गरेका छन् ।

नेपाली ATM बाट यसरी पैसा चोरियो !

Prime Story-Tirthayatri Bus Accident-July 16 (video)

छोरीलाई बलात्कार गर्ने ब्वासो बाबु (video)

Tuesday, July 15, 2014

श्रीमतीकोयोनी खुकुलो भए यसरी कसिलो बनाउनुस्

मानिसहरू चरमयौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाकोयोनी कसिलो नभएको कारणलेयौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमायोनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ ? यसबारे केही चर्चा गरौँ। कति पुरुष महिलाकोयोनीभित्रलिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन्। महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनियोनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामाप्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनियोनी कसिलो हुन्छ। 

उक्त बेलायोनीमार्गमा पर्याप्त मात्रामा यौनरस पनि निस्केको हुँदैन। यस्तो बेलामायौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलोयोनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमायोनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। अतः महिलासम्भोगको लागि पूर्ण रूपमा तयार हुँदायोनी सधँै लचकदार हुन्छ। प्रायः महिलालाई ३० मिनेट जतिप्राक्क्रीडाको लागि समय दिनुपर्छ। प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ। यसो गर्दा महिलाको को तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ। यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ। समय दिएरप्राक्क्रीडा गरेरयोनीमालिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छसम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ। यस्तो भएमा तुरुन्तयौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ। 

 महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नैयोनी लचकदार हुन्छ। जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाकोयोनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन्। यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ। महिलाकोयोनीको खुकुलोपनसम्भोगपश्चात् कायम रहन्न। कतिपयले धेरै सम्भोग गरेरयोनी खुकुलो भएको ठान्छन्। यो पनि गलत धारणा हो। सम्भोग धेरै वा थोरै गरेरयोनी कसिलो वा खुकुलो हुने हुँदैनयोनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारकोलिंगसँग पनि ठीक हुन सक्छ। त्यही सानोयोनीबाट बच्चा जन्मन्छ। 

बच्चा जन्मिएको केही समयमा फेरियोनी पुरानै आकारमा पुग्दछ। यो नैयोनीको विशेषता हो। केही महिलामा बच्चा जन्माएपछियोनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ। यस्तो अवस्थामायोनीसम्बन्धी केही कसरत गर्न सकिन्छ। केगेल कसरत विधिः- योनीको मांसपेशीलाई कसिलोपार्नयौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन्। यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ। केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ। 

यसलाई शुरुमा एक सेकेन्डसम्मयोनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्‍याउनुपर्छ। बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ। यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ। नियमित केही हप्तासम्म केगेल कसरत गरेमायोनीको मांसपेशीमा कसिलोपन आउँछ। विदेशतिरयोनी कसिलो बनाउन अपरेसन गरीयोनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन्। अहिले नेपालमायोनी कसिलो बनाउनयोनीमा लगाउने क्रिम, तेलमसाजरहरूको धेरै विज्ञापन गरिन्छ। तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो! यिनलेयोनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्‍याउन सक्छन्। यसबारे सचेत हुनु जरुरी छ।

सताईरहन्छ त्यो घटनाले…

Prasamsa Sharma‘याद’ नआओस् जस्तो पनि लाग्दैन र आइदिए…जस्तो पनि हुँदैन । याद आउँछ प्रायःजसो । कहिले पिडा बन्नेगरी आउँछ, कहिले सहारा हुने गरी । सायद, परेकालाई मात्र अनुभुति होला आफ्नो आत्मिय व्यक्ति गुमाउँदा कस्तो हुन्छ ! मुटु दुख्ने, पोल्ने वा चुँडिने हुन्छ भन्नेहरु देख्दा लाज लाग्थ्यो, भामत पारेजस्तो लाग्थ्यो तर आज आफैँप्रति दया लाग्छ त्यो सम्झँदा । असाधारण छ यो मानव जीवन । एकैछिनपछि के हुन्छ, कसलाई के थाहा ? जन्म र मरणबीचको अवधि यति नै हुन्छ भन्ने पत्ता लगाउनै नसकिने । हरेक प्राणीको मरण अनिवार्य छ । फरक यति हो, कसैको ढिलो त कसैको चाँडो । मरेर जानेहरु फर्केर आएका छैनन् र पनि अर्को जन्म लिने कल्पना अधिकांसले गरेका हुन्छन् । मरण आफैँमा कहालिलाग्दो क्षण त हो तर यसको प्रकृतिका आधारमा पिडा हुने गर्दो रहेछ । 

उमेर पुगेर, रोग लागेर वा दुर्घटनाबाट हुने मृत्युका चोटहरु पनि फरक–फरक खालका हुने रहेछन् । उमेर पुगेर हुने मृत्युमा मन बुझाउने बाटो पनि हुन्छ वा त त्यसलाई स्वभाविक रुपमा लिइन्छ । तर, भर्खरकै उमेरमा कुनै निरोगी व्यक्ति त्यो पनि प्राकृतिक प्रलयबाट गुमाउन पर्दा साह्रै नै छटपटी भइराख्दो रहेछ । ‘नौ दिनमा नौलो २० दिनमा बिस्र्यो’ भन्ने नेपाली उखान मेरो हकमा भने लागु हुन सकेन । खारापानीको त्यो महाप्रलयबाट गुमेकी मेरी साथी आर्जनाको याद मेरा मानसपटलमा पल–पल आइरहन्छ । त्यो नत नौलो हुन सकेको छ, नत उनलाई बिर्सन नै सकेको छु । ताजै छन् उनसँगका क्षणहरु । 

२०६९ साल बैशाख २३ गते शनिबार बिहान चार बजेको थियो । आर्जनाको फोन रहेछ । मोवाइलको घण्टी एक्कासी बजेपछि मेरो निद्रा खुल्यो । ‘हेल्लो’ ‘ओई, अझै उठ्या छैनस् ?’ ‘बल्ल त चार बज्यो, साढे चार बजेको अलाम लाथेँ ।’ ‘चाँडै उठ्न यार, ढिलो हुन्छ के फेरी पिकनिक जान ।’ ‘तँ उठिस् र ?’ ‘अँ नुहाउन जान लाको ।’ ‘कति हतार भाको त ? एकैछिन सुत्छु नि है म ।’ ‘ह्या तँ पनि, चाँडो उठ्न के । अनि, स्कुटर लिएर केशव दाइको तिर जा । म पनि त्यहिँ आउँछु ।’ ‘ल ल’ उसको हठको अगाडी मेरो निद्रा यस्सै भागेर गयो । म उठेँ । ……………………………………………………….. आर्जना र मबीच नजिकको सम्बन्ध थियो । दुबैको घर पोखरा । व्याचलर्स लेभलमा पव्लिक हेल्थ पढ्दै थियौँ । 

हरेक दिन कलेज पुग्नुअघि मेरो घरमा पस्नु उसको दैनिकी थियो । उसलाई कुर्ने र उसँगै कलेज जानुचाहिँ मेरो दैनिकी । सधैँ पढाईको चाप र व्यस्त दैनिकी । करियर बनाउने बेलामा रमाइलो गर्ने मौका कमै मिल्थ्यो हामीलाई । यस्तो बेमौकाको बीचमा बुनिएको यो मौकाको पिकनिकमा कहाँ जाने ? के खाने ? के लाने ? भन्ने कुरा साथीभाइका माझमै छलफल हुन्थे । तर, लुगा लगा के लगाउने ? आफू कस्तो देखिने ? भन्ने कुरा मन खाने साथीका माझ नै सुटुक्क हुने गर्छ । आर्जना र मबीच यसबारेमा शुक्रबार नै छलफल भएको थियो । त्यसैले लुगा लगाइवरी एक घण्टामै म तयार भएँ । 

मैले झोला हेरेँ । क्यामेरा, व्याट्रि, मोवाइल, पर्स सबै ठिकठाक थिए । गाजल, पाउडर, हामी ठिटीको झोलामा छुट्ने कुरै भएन । मम्मीसँग बिदा मागेर म स्कुटर लिएर निस्केँ । म पढ्ने कलेज घरको आडैमा थियो । केही बेरमा केशब दाइसहितका साथीहरु बस लिएर त्यहीँ आउँदै थिए । अघिल्लो दिन अर्डर दिएको कुखुराको मासु र अण्डा लिएर आउनु थियो मैले । केशब दाइको घरनेरबाट आर्जनालाई पिकअप गरेर म सिद्धार्थचोकको फिस्टेल फुड प्रोडक्टमा पुगेँ । यात्राका बेलामा हामीबीचमा रमाइला कुराकानी भए । ल्याएको सामान कलेजमा छाडेर स्कुटर छोड्न म आर्जनासँगै घर पुगेँ । घरबाट कलेज फर्कँदै गर्दा उसले अचम्मको कुरा भनी, ‘साह्रै अत्यास लागिराछ यार !’ किन ? मैले सोधेँ । ‘

खै किन–किन’ उसले भनी–‘आज सँगै बसौँ है ?’ ‘भइहाल्छ नि, टेन्सन नलिई न !’ मैले भनेँ । उसको कुरा किन–किन अचम्म लागिरहेको थियो । हामी कलेज पुग्यौँ र गाडीको अन्तिम सिटमा सँगै बस्यौँ । चेतबहादुरसँगै अरु साथीहरु चढेपछि गाडी चल्यो । बसमा अन्ताक्षरी खेलेर खुशी बाँड्यौँ । एक घण्टामा हामी कास्कीको खारापानी बजार पुगिहाल्यौँ । बसपार्क नेरको सानो बजारमा मान्छेको चहलपहल थियो । हाम्रो गाडीका ड्राइभर–खलासी चिया पिउन बसे । हामी केहीले पिकनिकका लागि खोलावारी बस्ने कुरा गरेपनि त्यहाँ मान्छेको ओहोर–दोहोर हुने र हल्ला पनि बढी हुने भएकोले पारी बस्ने सल्लाह सरोज र केशबले दिए । सबैको सल्लाहमा पारी जानुपूर्व ग्रुप फोटो खिच्यौँ । 

पुलबाट सामान लिएर पारी तर्नुअघि मैले यताउती नयालेँ । १५, २० जना मान्छेहरु त्यहाँ रहेको तातोपानी कुण्डमा नुहाइरहेका थिए । बच्चाबच्चीहरु आडैमा बालुवा खेल्दै थिए । कुण्डभन्दा अल्लि पर बालुवा चाल्नेहरु थिए । ट्रक र ट्याक्टरमा ढुंगा ओसार्नेहरु आ–आफ्नै धुनमा थिए । खोला सुसाएको । हरियाली पाखा देखेर मन निकै लोभिँदै थियो । पुल तर्नेबित्तिकै आउने स्कुलपछाडिको भागमा हामीले सामान बिसायौँ । दाउरा लगायतका केही सामान ल्याउन अझै बाँकी नै थिए । हामीले कामको जिम्मेवारी छुट्टायौँ । सिजन, अमृता, सुशील, उषा, शंकर, सुस्मिता, शिव, विष्णुमाया र मसहित ९ जनाको समूहले म्युजिक सिस्टम जोड्ने, भाँडाहरु पखाल्ने अनि चुल्हो सम्हाल्ने जिम्मेवारी पायाँै । 

आर्जना, केशब पराजुली, चेत, केशब खड्का (केशब दाई) बिनिता, सरोज, नवीन सहित सात जनको समूह बाँकी रहेका सामान लिन पुलपारी गए । आर्जनाले मोवाइल यतै छोडेकी थिई । बिहानको साढे नौ बजे । अचानक कालो न काले मुस्लो सेतीभन्दा माथिबाट बढ्दै आएको मैले देखेँ । मेरा आँखा एकाएक ठूला भए । मैले चिच्याउँदै साथीहरुको ध्यान त्यता तानेँ । बिल्कुलै अचम्मको दृश्य थियो त्यो । कसैले ठम्याउने कुरै भएन । साथीले फोटो खिच्नतिर लागे । एकाएक त्यो मुस्लो अझै ठूलो हुँदै खारपानीको बस्ती नै ढाक्नेगरी उर्लेको देखेपछि पो हामीले होस पायौँ । ‘बाढी आयो, बाढी आयो’, हामी तब एकाएक चिच्याउन थाल्यौँ । झट्ट हाम्रा साथीहरु पनि तल गएको याद भयो । 

यसो तल झरेर हेर्न के थालेका थियाँै, पुलपारी मानिसहरु डरले दौडँदै गरेको देखियो । बाढीको मुस्लो यति ठूलो थियो कि त्यसले सबै बस्ती ढाक्नै आँटेको थियो । मुख बाएको सिंँहजस्तो । हेर्दाहेर्दै सबै घर एकाएक सोतर भए । केही मानिस भागेर भित्ताछेउ पुगे । भाग्दै गरेका केहि त्यहीँ बिलाए । त्यति धेरै अग्लो पुलबाट पनि मान्छेहरु पकापक खस्दै थिए । ट्रक, ट्याक्टर पनि हावाले पात उडाएझैँ बनायो । हामी साथीहरुतिर नियाल्दै चिच्याउन थाल्यौँ, ‘बाढी आयो, बाढी आयो, बाढी….।’ उर्लँदो सेतीको गर्जनका सामु हाम्रो धोक्रो फुकेको कतिले सुने सुनेनन् थाहा भएन । सेतीले बजार्दै, उफार्दै, पछार्दै ल्याएका ठूला–ठूला ढुङ्गा र मुढाहरु झोलुंगे पुलमा मच्चिएर हामीहरु नजिकै उछिट्टिँदै आए । 

हामी पनि उकालोतिर भाग्न थाल्यौँ । भर्खरै रमाइरहेको । चहलपहलमा रमिराखेको बजारमा पलभरमा पुरै सन्नाटा छाएको थियो । लाग्थ्यो, त्यो भयावह दृश्य देख्नुभन्दा त्यही नदिमा फरालेर आँखा चिम्लिन सजिलो हुन्थ्यो । हेर्दाहेर्दै सबै सखाप भयो । हामी केहीबेरमा फेरी पिकनिक स्थलमा झ¥यौँ । स्पिकरबाट माइक जोडेर माइकबाटै चिच्याउन थाल्यौँ । ‘साथीहरु कोही हुनुहुन्छ भने हात उठाउनुहोला ।’ साथीहरु….. यसरी लगातार बोल्न थालेपछि परबाट बिनिताले हात उठाइन् । बसपार्क भन्दापनि भित्तामा पुगेकी रैछिन् । उनले आफू एक्लै भएको संकेत गरिन् । तर, त्यसपछि कसैले हात उठाएन । पौने एक घण्टा जति पछि चारजना साथी सम्पर्कमा आए । 

माथिल्लो गाउँबाट बाढी आउँदै छ भन्दै एक पसलमा आएको फोनको खबरले हाम्रो गाडीका ड्राइभर र खलासी सहित धेरै मान्छे भाग्न भ्याएछन् । हाम्रा दुई साथी आर्जना र चेतबहादुर हराए । अब के गर्ने ? कसरी खोज्नेबारे हामी अन्यौलमा भएकै बेलामा हामीसँगै भएको आर्जनाको मोवाइल फोन बज्न थाल्यो । उनको घरबाट फोन आएको रहेछ । अब हामीले के भन्ने ? हामीसँग उत्तर केही नभएकोेले त्यो कल फोन उठाउन सकेनौँ । हामीलाई कलेजबाट पनि फोन आयो । त्यो ठाउँ असुरक्षित हुने देखेपछि सरले हामीलाई घर फर्कने अर्को बाटोको बारेमा बताउनुभयो । हामीले त्यहाँ भएका खानेकुरा नजिकैको घरलाई जिम्मा लगायौँ । भाँडाकुँडा केही दिनमा लिन आउँछौ भनेर हामी त्यहाँबाट भोकै दिनको करिब २ बजेतिर हिँड्यौँ । पाइला उल्टो बाटोतिर चालेझँै लाग्थ्यो । 

यस्तो लाग्थ्यो कि हामीले केही बिराएका छौँ । कसैसँग बोल्ने र कुरा गर्ने शव्दहरु थिएनन् । सबैका आँखा चिसा थिए । मनभरी धेरै कुरा खेलाउँदा–खेलाउँदै चार घण्टाजति हिँडेको पत्तै भएन । साँझ ६ बजेको समयमा हामीले हाम्रा शिक्षक र परिवारलाई भुनपरे भन्ने ठाउँमा भेट्यौँ । सरले साथीहरुको लागि अरु गाडीको व्यवस्था गरिदिनुभयो । हामी र सर बस्ने घर नजिकै थियो । मेरो बाबा, मम्मी र म सरको गाडीमा चढ्यौँ । त्यसैबेला एफएममा आएको समाचारमा आर्जनाको लास रामघाटमा भेटिएको र चेतको कुनै पत्ता नलागेको कुरा सुनियो । रामघाट जान पिकनिक स्थलबाट एक घण्टाभन्दा बढी गाडीमा हिँड्नुपर्छ । यो समाचार सुनेपछि म झनै रुन थालेँ । 

आर्जनाको घर जान भनेर हाम्रो गाडी चिप्लेढुङ्गाबाट बाटुलेचौरतिर मोडियो । घर आइपुग्यो । उनको घर बाहिर मान्छेको हुल थियो । आँगनमा मेरी साथीको लास लैजानका लागि बाँसका खाट बनाइएको थियो । बिहान सँगै हिँडेकी साथीलाई साँझ परेपछि घाट लैजान लागेको म कसरी हेर्न सक्थेँ ? म उसको बाबाआमालाई भेट्न भित्र जान पनि सकिन । मेरो कानमा उ बोलेको, उसले हँसाएका कुराहरु मात्र याद आउन थाले । ‘साह्रै अत्यास लागिराछ यार । आज सँगै बसौँ है’ उसले बिहान भनेका कुराले त झनै पोल्न थाल्यो । म उसँग थिइन त्यतिबेला । 

मेरो दिमागले केके सोच्यो, सोच्यो । म थरथर काँप्न थालेछु । हालत खराब हुन थालेपछि मलाई सरासर त्यहाँबाट घर ल्याइयो । घरमा भेट्ने आफन्तको ओइरो लागेको थियो । कोहि मलाई समाएर बिलौना गर्दै थिए । कसैले के भएको थियो भनेर सोध्दै थिए । कोको थिए ? कसरी भाग्यौ ? यस्तै–यस्तै धेरै प्रश्नहरु केही सुनेँ, केही नसुनी हराए । मेरो मुखबाट केही शव्द फुटेको थिएन । एकोहोरो टोलाउँदै । आँखाभरी बाढी बगाएर, रोइमात्रै रहेँ । अझैपनि आँखा ओभाउन सकेका छैनन् । प्रश्न उव्जिइरन्छ मनमा …. कहाँ होलिन् आर्जना ? लेखक : ला–ग्राण्डी इन्टरनेशनल कलेज, पोखराकी विद्यार्थी हुन् ।

विश्वकप फुटबलको टिकट बिक्रीमा घोटाला भएको स्वीकार

काठमाडौं, आषाढ ३१ । विश्वकप फुटबलको टिकट बिक्रीमा घोटाला गरेको आरोप लागेका फिफाको साझेदार कम्पनी म्याच हस्पिटालीटीका प्रमुख रे ह्वेलानले आत्मसमर्पण गरेका छन् । ब्राजीलका न्यायाधीशसमक्ष आत्मसमर्पण गरेका रे ह्वेलानले गल्ती स्वीकारेका छन् । विश्वकप फुटबलका भीआइपी टिकट र पास बिक्री गरी करोडौं डलर घोटाला गरेको आरोपमा ह्वेलान र उनको कम्पनीको छानबिन भइरहेकै बेला ह्वेलान रियो दि जेनेरियोस्थित होटलबाट वकिलसहित फरार भएका थिए । फिफाको साझेदार कम्पनी म्याच हस्पिटालिटीले पछिल्ला चार संस्करणको विश्वकप फुटबलमा घोटाला गर्दै आएको दाबी गरिएको छ । भूमिगत गिरोहको सहयोगमा विश्वकपका हरेक संस्करणमा कम्तिमा ९० मिलियन अमेरिकी डलर बराबरको घोटाला हुँदै आएको बताइन्छ । ह्वेलानसँगै अरु ११ जना उच्च अधिकारीमाथि फिफाले छानबिन गरिरहेको छ । (एजेन्सी) 

पपगायिका रिहानाले आफ्नो भित्री बस्त्र संसारलाई नै देखाइन्

rihinaकोस्टारिका क्वार्टरफइनलमा पुग्दा एक महिला फेटोग्राफरले खुसीमा बाहिरी बस्त्र उचालेर ‘ब्रा’ देखाएकी थिइन् । दर्जनौं अन्तर्राष्ट्रिय मिडियाकर्मीबीच उनले भित्री बस्त्र देखाएकी थिइन् । ठ्याक्कै यस्तै घटना विश्वकप फाइनलमा भयो । यसपटक कुनै फेटोग्राफर वा सामान्य महिला समर्थकले आफ्नो भित्री बस्त्र देखाएकी होइनन् । यसपाली विश्व चर्चित पपगायिका रिहानाले जर्मनी विश्वच्याम्पियन भएको खुसीमा आफ्नो भित्री बस्त्र संसारलाई नै देखाइन् । हुत त रिहानाबाट यस किसिमको दृश्य प्रस्तुत गर्नु खासै नौलो भने होइन् । 

तर, आफ्नो टोली विश्व च्याम्पियन हुँदा एक समर्थकका रुपमा रिहाना कतिसम्म खुसी हुन सक्छिन भन्ने उनले देखाइन् । मासाकाराना रंगशालाको सामान्य दर्शकका रुपमा उनी उपस्थित भएकी थिइन् । २६ वर्षीया रिहानाले मारियो गोटेजले निर्णायक गोल गर्दा उनले आफूलाई सम्हाल्न सकिनन् । र, उफ्रदैं कालो भित्री बस्त्र देखाइन् । जर्मन खेलाडीले ट्रफी उचालेपछि रिहानाले पनि खेलाडीसँगै फोटो सेसन गराइन् । मौकाको फाइदा उठाउँदै उनले लुकास पोडोल्स्की र वास्टिन वाइन्स्टाइगरसँग ट्रफी हातमा लिँदै फोटो खिचाइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

घुस लिएको आरोपमा ३ इन्जिनियर अख्तियारको नियन्त्रणमा (भिडियोसहित)

चितवन, आषाढ ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मध्यमाञ्चल सिंचाइ विकास डिभिजन कार्यालय भरतपुरमा घुस लिएको आरोपमा तीन जना इन्जिनियर र एक जना लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ । निर्माण व्यवसायीसँग घुस मागेपछि उनीहरुलाई सुराकीकोे आधारमा नगद ५ लाख २१ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । इन्जिनियरहरु मधुप्रसाद अधिकारी, रामभद्र पण्डित, चक्रपाणी लामिछाने र लेखा अधिकृत ऋषिभक्त तिमिल्सिनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । 

काठमाडौंको प्रगति निर्माण सेवा कम्पनीसँग मोटो रकम घुस मागेपछि सो कम्पनीका प्रतिनिधिले अख्तियारमा जानकारी गराएको स्रोतले जनाएको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट अधिकृत एवं सुरक्षा निकायका प्रहरी उपरीक्षकसहितको टोलीले कार्यालयमा छापा मारेको थियो । अख्तिायारले इन्जिनियर अधिकारीबाट १ लाख ५० हजार र २ लाख २८ हजार, पण्डितबाट २३ हजार, लामिछानेबाट एक लाख र लेखा अधिकृत तिमिल्सिनासँग रहेको २० हजार रुपैयाँ बरामद गरेको छ । डिभिजन प्रमुख रविन्द्रबहादुर थापाले भने शुक्रबारबाट बिदामा रहेकाले यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताएको बुझिएको छ ।

लियोनल मेसीलाई मिल्यो गोल्डेन बलको उपाधि

काठमाडौं, आषाढ ३० । अर्जेन्टिनाका लियोनल मेसी यस पटकको विश्वकप फुटबलका उत्कृष्ट खेलाडी बनेका छन् । अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन उल्लेखनीय प्रदर्शन गरेका मेसीलाई फिफाले गोल्डन बलको उपाधिबाट सम्मान गरेको हो । मेसीले प्रतियोगितामा ४ गोल समेत गरेका थिए 

बस दुर्घटनामा ३४ घाइते, ४ जनाको अवस्था गम्भिर

बस दुर्घटनामा ३४ घाइते, ४ जनाको अवस्था गम्भिरनवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा भएको सडक दुर्घट्नामा ३४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। कावासोतीबाट बुटलतर्फ जाँदै गरेको ९७६७ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना३ख ४३२२ नम्बरको ट्रक ठोक्किएर दुर्घट्ना भएको हो। गाडीमै च्यापिएर रहेका ट्रक र बस चालकद्वयलाई १ घण्टापछि स्काभेटको मद्धतले उद्वार गरिएको थियो। घाइतेहरुको स्थानीय मध्यविन्दु सामुदायिक स्मृति अस्पताल, नवलपुर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

Sunday, July 13, 2014

कीर्तिपुरमा सेतो काग फेला पर्‍यो

काठमाडौं, आषाढ २९ । कीर्तिपुरमा दुई वटा सेता काग फेला परेका छन् । हुर्कन लागेका ती सेता काग अरु ठूला काला कागकोभन्दा रुप रंग र आनिबानीमा फरक पाइएको छ । कीर्तिपुरमा स्थानीय वासिन्दाका लागि सेता काग आकर्षण बनेको छ । यी सेता काग अरु बच्चा र माउहरुसँग उडेको देख्न सकिन्छ । प्राणी शास्त्रविद डाक्टर तेजकुमार श्रेष्ठका अनुसार यि सेता काग लिउसिटिक जातका हुन् । नेपालमा सेता काग विरलै पाउने श्रेष्ठको भनाइ छ । २८ वर्षअघि कुलेश्वर महादेव मन्दिर परिसरमा पनि सेतो काग फेला परेको थियो । सेता काग बढी प्रदुषण र सहरीकरण भएका ठाउँमा पाइने गरेकाले अध्ययन गर्नुपर्ने विशेषज्ञहरुको भनाइ छ । - 

विश्वकप फुटबलमा नेदरल्याण्ड्सले तेस्रो स्थान हात पार्‍यो

काठमाडौं, आषाढ २९ । ब्राजिललाई हराउँदै नेदरल्याण्ड्सले विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । ब्राजिलको राजधानी ब्रासिलियामा भएको तेस्रो स्थानको प्ले अफ खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भयो । खेलमा नेदरल्याण्ड्सका लागि रविन भान पर्सीले पेनाल्टीमार्फत् पहिलो गोल गरे । यसपछि डाले ब्लीन्डले एक गोल गरेपछि मध्यान्तरसम्म नेदरल्याण्ड्सले २-० को अग्रता लियो । दोस्रो हाफमा पनि ब्राजिल खेलमा फर्कन सकेन ।
लगातार आक्रमण गरेको नेदरल्याण्ड्सका जर्जीनो विज्नाल्डुमले एक गोल थप्दै डच टोलीको ३-० को जीत सुनिश्चित गरे । यो हारले आयोजक ब्राजिलको पिडा झनै बढेको छ । सेमीफाईनलमा जर्मनीसँग ७-१ ले परजित भएको ब्राजिलले तेस्रो स्थानको प्ले अफ जित्दै घरेलु समर्थकलाई सान्त्वना दिन चाहेको थियो । तर शानदार प्रदर्शन गरेको नेदरल्याण्ड्स सामु उसको केही चलेन र चौथो स्थानमै चित्त बुझाउन बाध्य भयो । योसँगै ब्राजिल सन् १९४० पछि पहिलो पटक आप्mनै मैदानमा लगातार दुई खेलमा पराजित भएको छ । - 

आजराती अर्जेन्टिना र जर्मनी आफ्नो सान र इतिहास जोगाउन आतुर

काठमाडौं, आषाढ २९ । विश्वकप फुटबलको फाईनल खेल आज राती हुनेछ । ब्राजिलमा जारी विश्वकपको २० औं संस्करणमा दुई परम्परागत प्रतिद्धन्दीहरु जर्मनी र अर्जेन्टिना उपाधिको लागि भिड्दैछन् । आज राती रियो दि जेनेरीयोमा हुने फाईनल खेल विश्वका झण्डै एक अरब दर्शकले टेलिभिजनमार्फत प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । यो खेल जितेमा जर्मनी लेटिन अमेरिकी माटोमा विश्वकप जित्ने पहिलो युरोपियन टीम बन्नेछ । साथै जर्मनीको लागि सन् १९९० पछि यो पहिलो उपाधि हुनेछ । यस विपरित अर्जेन्टिनाले विश्वकप जित्यो भने दक्षिण अमेरिकी सान जोगिनेछ भने अर्जेन्टिनाका लागि २८ वर्षमा पहिलो विश्वकपको उपाधि हुनेछ । 

मराकाना रंगशालामा हुने खेलको सबै ७९ हजार टिकट विक्री भएको छ । खेलको सुरक्षाका लागि रियो दि जेनेरीयोमा २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । रियो शहरकै इतिहासमा यो अहिलेसम्मकै ठूलो सुरक्षा प्रवन्ध भएको बताइएको छ । फाईनल खेलका लागि १५ भन्दा बढी राष्ट्रका सरकार प्रमुख र विशिष्ट अतिथिहरु ब्राजिल पुगेका छन् । ब्रजिलियन राष्ट्रपति डिल्मा रुसेफले पनि रंगशालामा उपस्थित भएर फाइनल खेल हेर्नेछिन् । विश्वकप अवधिभर विश्वका २ सय ३ राष्ट्रका झण्डै ७ लाख पर्यटक ब्राजिल पुगेको बताइएको छ ।

जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि

दुइ मिनेट लाग्छ बिबाहित महिला ले अवस्य पढ्नु होला " नेपाली महिला जसको जुन विवाहको बन्धनमा बाँधिएर पतिको रूपमा स्वीकार गरेर आउनुभएको छ । उहाँहरूलाई मेरो अनुरोध श्रीमान् विदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी बोडिङ्ग नहाल्नु होला । कानमा टप,मुन्द्रा र घाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिका चामल नखोज्नुहोला मोही र गाबाको तरकालीलाई बंग्याएर मासु र हुस्कि र वियरमा मन नडुलाउनुहोला । गाउँका घरछोडेर बजारको मंगो कोठा भाडा तिरेर बस्न नखोज्नुहोला किनकी विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ ।जो कि कतिखेर शिकार बनेर बाकसका पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती र विलाशी जिबनशैली होइन साधरण जिबनशैलीमा रमाउन सिक्नुहोस् कि कसो साथि हो यो कुरा सहि होकी नै ??? ______________________________ (जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई काम लाग्न सक्छ)

मलेसिया सडक दुर्घटना शाहको मृत्यु

मलेसिया रोजगारीको सिलसिलामा मल्ऽेसियाको जोहरवारुको वातुपहातमा कार्यरत एक नेपालीको सडक दुर्घटनामा शुक्रवार मृत्यु भएको छ । कारको ठक्करबाट सुनसरीका राजेश शाहको ज्यान गएको हो । वातुपहातको एजीज इन्टरप्राइजेजमा कार्यरत रहेका शाह डिउटी सकेर राति करीव साढे ११ वजे तिर होस्टल्ऽमा फर्किरहेको थिए । सडक पार गर्ने अवस्थामा तिव्र गतिमा आएको कारल्ऽे उनल्ऽाई ठक्कर दिएको थियो । उनको शवलाइ हाल स्थानिय अस्पतालमा राखिएको छ भने उनको शव नेपाल पठाउने प्रक्रिया थालिएको छ । शाह चार वर्ष अगाडि रोजगारीको सिल्ऽसिल्ऽामा मल्ऽेसियामा आएका थिए । उनको पारीवारीक अवस्था वारे थाह हुन सकेको छैन् । 

यता सडक दुर्घटनामा मृत्यु भएका एक नेपालीको शव मृत्यु भएकोको शव नेपाल पठाउन सकिएको छैन् । श्रीआलमका कोतापुत्रीमा लरीको ठक्कर वाट मृत्यु भएका भोजपुर तिवारी भन्ज्याङ्गका पुर्ण वहादुर राइको शव पठाउन प्रक्रिया थालिएपनि हाल सम्म उनको शव नेपाल पुग्न सकेको छैन । उनी संगै सडक दुर्घटनामा मृत्यु भएका प्युठान खलाङ्गका हेम दमाइको शव भने आवश्यक प्रक्रिया पुरा गरि जुलाइ ६मा नेपाल पठाइएको छ । दमाइ र राइको जुन २९मा सडक दुर्घटनामा श्री आलमको कोतापुत्रीमा लरिको ठक्कर वाट मृत्यु भएको थियो । वजारवाट होस्टल जाने क्रममा सडक पार गर्ने क्रममा मृृत्यु भएका दुवै नेपाली भिन्न भिन्नै कम्पनीमा कार्यरत रहेका थिए । दमाइको शव पठाउन लागेको सम्पुर्ण खर्च उनी कार्यरत कम्पनीले व्योहोरेको छ । दमाइ २ वर्ष अघि मलेसिया आएका थिए भने राइ ९ वर्ष अगाडि मलेसिया आएका