फुलपातीका दिन देखी प्रदर्शन हुन लागेको चलचित्रको एउटा गित भने रिलिज भएको छ । सो गितले यति बेला दर्शकमाझ चर्चा कमाउदै गएको पनि छ । “काली तिम्रो नजरले गोली मार्यो ठिच्चाउ ठिच्चाउ” नामक गितले यति बेला चौतर्फी चर्चा कमाउदै गएको छ । रेखा थापाकोे 'हिम्मतवाली' चलचित्रलाई निकै आशा लाग्दो चलचित्रको रुपमा धेरैले हर्न थालेका छन् । रेखाले सो चलचित्रमा एउटा फरक धारले चलचित्र निर्देशन गरेकी छिन् ।
चलचित्र 'हिम्मतवाली'मा सगरमाथा समेत आरोहण गरिसकेका र दुवै हात नभएका नायक सुदर्शन गौतमलाई चलचित्रमा रेखाले आफनो प्रेमि को रुपमा देखाएकी छिन् । जो अहिले सम्म कुनै पनि चलचित्रमा सो खाल्का दृश्य देखाइएको छैन् । र अझ नेपालमै पहिलो पटक उँट माथि चडेर 'हिम्मतवाली'को छायंकन भएकाले पनि चलचित्रमा रेखाले विल्कुलै भिन्न तरिकाले चलचित्र निर्माण भएको बताइएको छ । रेखाले 'हिम्मतवाली'को उँटलाई ३ लाख सम्म तिरेको बताइन्छ ।
यसरी निकै चर्चाको विचमा असोज महिनाको फुलपातीका दिन प्रदर्शन हुन लागेको 'हिम्मतवाली' चलचित्र सगँ अहिले सम्म कुनै पनि चलचित्रहरुले प्रदर्शनको तयारी मिति तोकेका छैनन् । त्यसैले पनि चलचित्रले राम्रो व्यापार गर्नेमा 'हिम्मतवाली' युनिट निकै आशावादी पनि छ । हिम्मतवालीको प्राय सुटिङ्ग नेपालको सुदुरपश्चिममा खिचिएको छ । चलचित्रलाई सरस्वती थापाले निर्माण गरेकी हुन भने निर्देशन रेखा थापा आफैले नै गरेकी छिन् । चलचित्रमा संगित बसन्त सापकोटाको रहेको छ भने द्धन्द्ध चन्द्र पन्तको रहेको छ ।
No comments:
Post a Comment