उक्त रकम टिकटका लागि खर्च हुनेछ । केही समयअघि मलेसियामा भएको भ्रष्टाचारबारे एक कार्यक्रमबाट फर्केलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अध्यक्ष लोकमानसिंह कार्कीले जेलमा रहेका नेपालीको उद्धारका लागि २० लाख तत्काल दिन सरकारका विभिन्न निकायसित छलफल चलाएका थिए । कार्कीको उक्त पहलपछि सरकारले जेल तथा डिटेन्सन क्याम्पका नेपालीको उद्धारका लागि २० लाख रुपैैयाँ दिने निर्णय गरेको बताइएको छ ।
राजदूत निरञ्जनमान सिंह बस्न्यातका अनुसार उक्त रकम प्राप्त भएलगत्तै जेल तथा क्याम्पका नेपालीको उद्धार थालिनेछ ।
उनले विभिन्न अभियोगमा सजाय भोगिसकेकामध्ये महिला, बिरामी तथा आर्थिक समस्याका कारण घरफिर्ती टिकट नपाएकालाई प्राथमिकतामा दिने बताए । जेल भुक्तानी गरिसकेका नेपाली स्वदेश र्फकन दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने हुन्छ । त्यस्तो पत्र दूतावासले निःशुल्क उपलब्ध गराउँंदै आएको छ । जेल काटिसकेका घरफिर्तीका लागि हवाई टिकटको व्यवस्था भए सहजै र्फकन सक्छन् ।
दूतावासले प्राप्त गरेको तथ्यांकअनुसार यसै वर्ष मे महिनासम्म मलेसियाका विभिन्न ९ डिटेन्सन क्याम्पमा गरी ६ सय ४६ जना नेपाली घरफिर्ती पर्खाइमा छन् । तीमध्ये ११ महिला हुन् । त्यस्तै सन् २०१३ डिसेम्बरसम्म सबैजसो जेलमा गरी ३ सय १० नेपाली सजाय भोगिरहेका छन् भने यसैवर्ष जनवरीदेखि ४ मेसम्ममा ९ सय १४ ले सजाय भुक्तानीपछि स्वदेश फर्केका उल्लेख गरिएको छ ।
दूतावासका अधिकारीले मलेसियामा रहेका जेल तथा डिटेन्सन क्याम्पमध्ये धेरै नेपाली रहेको 'लिंगिङ' क्याम्पको करिब डेढ साताअघि भ्रमण गरेका थिए । त्यहाँ रहेका नेपालीको अवस्था बुझेका दूतावास अधिकारीका अनुसार १ सय ३७ नेपाली छन् । तीमध्ये अधिकांश सजाय भुक्तान गरिसकेका र घरफिर्ती टिकटको पर्खाइमा रहेका छन् । 'हामी अघिल्लो साता धेरै नेपाली रहेको लिंगिङ जेल भ्रमणमा गएका थियौं ।' राजदूत बस्न्यातले भने, 'त्यहाँ सजाय भोगिसकेकासमेत गरेर १ सय ३७ जना रहेछन् । उनीहरू घरफिर्ती टिकटको पर्खाइमा छन् ।
No comments:
Post a Comment