धेरै चलचित्रमा धेरै तरिकाको अभिनय गर्ने रेखाले यस पटक पनि केहि नयाँ चाख देखाउने सुरसार कसेकी छिन् । चलत्रिमा सुदर्शन गौतम र रेखा थापाको मुख्य अभिनय चलचित्रमा हर्न पाइने बताइएको छ । बास्तविक जिवनमा नै दुवै हात नभएका सुदर्शन गौतमलाई रेखाले चलचित्र हिम्तवालीमा मुख्यपात्रको रुपमा खडा गरेकी छिन् ।
चलचित्रमा पनि हात नभएको दृश्य देखाइएको छ र सोहि सुदर्शन सगँ चलचित्रमा रेखाको पे्रमि बनाइएको छ । रेखाले दर्शकलाई यस बर्ष पनि केहि भिन्न चाख राख्ने चलचित्र बनाएकी चलचित्र युनिटले बताएको छ । यति बेला हिम्तवालीको छायंकन सकेर चलचित्रको हाल डविङ कार्य सुरु भइरहेको चलचित्रका एक पात्रले बताएका छन् ।
यसरी चलत्रिको प्रमोशन सगै डविङ कार्यमा चलचित्र भइरहदा रेखा भने काठमाडैंमा हुने विभिन्न कार्यक्रमहरुमा सुदर्शन गौतमलाई पनि लिएर हिड्न थालेकी छिन् । यति बेला रेखा र सुदर्शनका विच मायाप्रेमका कुरा चलेको बताइए पनि खास कुरा के हो त्यो भने कसैलाई पत्तो समेत छैन । किनकी न रेखाले सुदर्शन मेरो प्रेमी भनेकी छिन् न सुदर्शनले रेखा मेरो प्रेमिका भनेका छन् तर पनि यति बेला बजारमा रेखा र सुदर्शनका विचको सम्बन्ध बाहिर आउने क्रम बढ्दै गएको छ ।
कोहि व्यक्ति रेखा र सुदर्शनको सम्बन्धलाई चलचित्रको प्रमोशनमा जुटेको जोडिको उपमा दिन्छन त कोहि साच्चीकै प्रेम प्रेमीका भएको नाम दिन्छन् । आखिर रेखा र सुदर्शनको सम्बन्ध के हो त्यो भने कसैलाई थाहा हुन सकेको छैन् । काठमाडौंमा हुने औपचारिक कार्यक्रम देखी आनौपचारिक कार्यक्रम सम्म रेखा र सुदर्शनलाई देख्न पाइन्छ । के हो त आखिर रेखा र सुदर्शनको सम्बन्ध के साच्चै रेखा र सुदर्शन प्रेम प्रेमिका नै हुन त वा होइनन् त्यो भने अब समयनै बताउने छ ।
No comments:
Post a Comment