Thursday, May 29, 2014

गणतन्त्रका नाममा लुटतन्त्र

Ram Kumariकाठमाडौ, जेष्ठ १५ - प्रतिगमनविरुद्घको आन्दोलन सुरु सुरुमा रत्नपार्कमा घिसिपिटी चलिरहेको थियो । प्रदर्शन कर्मकाण्डी पारामा हुन्थे । आन्दोलनमा ऊर्जा थिएन । राजा ज्ञानेन्द्रको शाही शासनविरुद्घ सडकमा उत्रने दल र तीनका प्रमुख नेता गणतन्त्रको कुरा गर्न संकोच मान्थे । नेपालमा गणतन्त्र आइहाल्ने विश्वास नभएरै होला, शीर्ष नेताले जनतालाई आन्दोलनमा आकषिर्त गर्न सकिरहेका थिएनन् । आन्दोलनलाई तताउने नेताको खडेरीमा केही युवा सडकमा आकर्षणको केन्द्र बने । तीमध्ये एक प्रमुख पात्र थिइन्- रामकुमारी झाँक्री । झाँक्रीकैै पार्टी एमालेमा समेत परिस्थितिको मूल्यांकन गर्दै संवैधानिक राजतन्त्रलाई नै सुधारेर जानुपर्छ भन्नेहरू बहुल थिए । 

झाँक्रीका अनुसार कतिपय नेता त गणतन्त्रको नारा लगाउनेप्रति खिसिटिउरी गर्थे । 'गणतन्त्र आएन भने यो नारा लगाउनेलाई कारबाही गर्नुपर्छ' सम्म भन्थे । नेताहरूले गणतन्त्र भन्न नसकिरहेका बेला झाँक्री गणतन्त्रको नारा चर्काउँथिन् । राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिन्छ भन्ने विश्वास थियो । त्यसैले खुट्टा कमाउन खोज्ने शीर्ष नेतालाई पनि उनी ढाडस दिन्थिन् । एमाले विद्यार्थी संगठन अनेरास्ववियु आबद्घ भए पनि शासनविरुद्घ र गणतन्त्रको आन्दोलनमा सबैकी नेता बनेकी थिइन् उनी । ०६२/६३ सालको आन्दोलनले नै नेपालमा विधिवत् रूपमा गणतन्त्र स्थापना गरायो । 

संविधानसभा निर्वाचनपछि ०६५ जेठ १५ मा गणतन्त्र घोषणा भए पनि दोस्रो जनआन्दोलनको जगमै त्यो सम्भव भएको हो । गणतन्त्र प्राप्तिको आन्दोलनमा झात्र“mीजस्ता हजारांै युवा सडकमा उत्रेका थिए । सडक र आन्दोलनको प्रमुख मोर्चामा झाँक्रीकै पुस्ताको उपस्थिति बलियो थियो । गणतन्त्रका लागि उनीहरूले रगत बगाएका थिए । गणतन्त्र स्थापनाका लागि युवा त्यत्तिकै सडकमा आएका भने थिएनन् । उनीहरूका केही अेपक्षा थिए । 'नेपालमा एक भाषा एक भेष भन्ने खालको विभेदकारी नीति राज्यले नै लिएको थियो । त्यसैले सबैले अवसर पाएका थिएनन्,' गणतान्त्रिक आन्दोलनकी युवा 'आइकन' झाँक्री भन्छिन्, 'विभेदकारी नीति हट्छ, अवसरका ढोका खुल्छन् भनेर युवा सडकमा आएका थिए ।' 

 युवाको अपेक्षाअनुसार नै आन्दोलन सफल भयो । गणतन्त्र स्थापना भयो । आन्दोलनमा लागिरहँदा धेरैलाई लागेको थियो- राजतन्त्र हटेर गणतन्त्र आएपछि सबै क्षेत्रमा सुधार आउँछ । राजनीतिक प्रणाली मात्र होइन संस्कार र चरित्र पनि बदलिन्छ । तर स्थापनाको ६ वर्षमा युवाले गणतन्त्रको प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् । यसैले उनीहरूको मन कुँडिएको छ । 'गणतन्त्रले राजनीतिक संरचना परिवर्तन भयो तर गणतन्त्रलाई सही ढंगले बुझ्ने कुरामै समस्या रह्यो,' झाँक्री भन्छिन्, 'राजनीतिक संरचना परिवर्तन भएपछि त्यसलाई जनताको जीवनसम्म जोड्ने कार्यक्रम ल्याउनुपर्ने थियो ।' आर्थिक रूपान्तरणको एजेन्डा अघि बढाउँदा मात्र मान्छेको जीवनमा परिवर्तन ल्याउन सम्भव थियो । 

गणतन्त्र प्राप्तिको अनुभूति त्यो बेलामा मात्र गर्न सकिन्थ्योे । यो मामिलामा राजनीतिक नेतृत्व चुकेको झाँक्रीको बुझाइ छ । 'हामो नेतृत्वले यस्तो परिवर्तन आउँछ भन्ने सोचेकै थिएन । त्यसैले परिवर्तनलाई बुझेर अघि बढ्ने इच्छाशक्ति कसैमा भएन,' उनी थप्छिन्, 'सामान्य समाजशास्त्रीय चेतले हेरिदिएको भए पनि गणतन्त्र प्राप्तिको अनुभूति जनतामा हुने थियो ।' ज्ञानेन्द्र शाह नागार्जुन पुगे । नारायणहिटी दरबार संग्रहालय बन्यो । तर गणतन्त्रपछि एउटा राजाको ठाउँमा धेरै राजा जन्मे । नारायणहिटीको साटो अन्य कैयौं दरबार खडा भए- झाँक्रीको अनुभूति यस्तै छ । जुन आम जनताको अनुभूतिसँग मेल खान्छ । '

जनताको तहको मान्छे हुँ भन्ने कुरा नेताले भुले । बरु एउटा राजाको ठाउँमा धेरै राजा जन्मेजस्तो भयो,' झाँक्री भन्छिन्, 'आफैंलाई शक्तिशाली ठान्ने र आफूले गरेका सबै कामलाई जायज ठान्न थाले ।' राजनीतिक भागबन्डा, भ्रष्ट र विवादित व्यक्तिको संरक्षण, गुण्डागर्दीको प्रवर्द्धनलगायत कैयौं असंगत गतिविधि पछिल्ला वर्षमा बढेको देखेकी छन् झाँक्रीले, जसमा राजनीतिक नेतृत्वकै हात छ । गणतन्त्रकै लागि लड्ने नेता कसरी आफ्ना मान्यताबाट विचलित हुँदै छन् भन्ने उहादरण हेर्न धेरै पछि फर्किनु पर्दैन । 

विवादमा फसेका न्यायाधीश नियुक्तिमा नेताहरूले प्रदर्शन गरेको रबैया नै काफी हुने झाँक्री बताउँछिन् । 'नरहरि आचार्यजस्तो गणतन्त्रवादी नेता आज भ्रष्ट न्यायाधीशलाई बोकेर हिंड्ने अवस्थ्ाामा पुग्नुभएको छ,' उनी भन्छिन्, 'आफू शक्तिमा रहँदा गरिने सबै अभ्यास ठीक ठान्न थालियो । गणतन्त्रमाथि सबै मिलेर लुटपाट गर्ने काम भइरहेको छ ।' 

No comments:

Post a Comment