Saturday, May 24, 2014

राजेश हमालले शनीवार बिहे गर्दै, बिहेस्थान गोप्य

rajesh6एनपि न्युज डटनेट, ०९ जेठ- जीवनको पाँच दशकको हाराहारीमा पुगेका नायक राजेश हमालले शनीवार मधु भट्टराईसँग बिवाह गर्दैछन् । तर, यो बिहेलाई गोप्य राखिएको छ । करिव पचास जना पारिवारिक सदस्यको मात्र उपस्थितीमा बिवाह सम्पन्न हुनेछ । बिवाह स्थान भने खुलाईएको छैन । मधु भट्टराईको बिशेष आग्रहका कारण मिडियामा स्थान गोप्य राखिएको हमालका सहयोगी रोशन हमालले ठुलोपर्दा डटकमलाई बताए । रिसेप्सन पार्टीमा भने राजेशका शुभचिन्तक सबैको उपस्थिती रहने बताइएको छ । 

राजधानीको एक होटलमा हुने पार्टीमा सञ्चारकर्मी लगाएत आफन्त तथा हमालका साथीभाईको उपस्थिती रहनेछ । झण्डै नौ बर्ष अघि मई २८ तारिकमा मधु-हमालको पहिलो भेट भएको थियो । पाँचतारे होटल हायातमा एक कार्यक्रमको बेला यो जोडीको मिलन भएको थियो । राजेशले आफ्नो भिजिटिङ् कार्ड मधुलाई दिएका थिए भने मधुले पहिलो फोन गरेकी थिइन् । औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरूबीच प्रेम अंकुरण भएको थियो । 

No comments:

Post a Comment