Wednesday, May 28, 2014

‘हिम्मतवाली’को गीत रिलिज । रेखा भन्छिन: म कसैको डमी हैन। भिडियो।

नायिका रेखा थापाको निर्माण एवं निर्देशन रहेको बहुप्रतिक्षित फिल्म ‘हिम्मतवाली’को गीत रिलिज गरिएको छ । मंगलबार साँझ टि भी फिल्मी बाट वल्ड प्रिमियर गरिएको गीत बुधबार युटुबमा रिलिज गरिएको हो । ‘काली तिम्रो नजरैले गोली मार्यो ढिक्च्याऊ ढिक्च्याऊ’ बोलको गीतमा नायिका रेखा थापा र नायक रविनउड सेन ले खुलेर मस्ती गरेका छन ।सुदुर पश्चिमको विभिन्न क्षेत्रमा खिचिएको गीतमा सुदुर कै सँस्कृति तथा भेषभुषालई झल्काइएको छ । टंक बुढाथोकिको संगीत रहेको गीतमा मनिषा पोखरेल र स्वयं संगीतकार टंक बुढाथोकिको स्वर रहेको छ । 

himmatwali

गीतका शब्दहरु दयाराम पाण्डेले लेखेका हुन । यसअघि अडियोमा सर्वाधिक रुचाइसकेको यस गीतको भिडियोेलाई पनि दर्शकले रुचाउनेमा फिल्म युनिट ढुक्क छन । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म “हिम्मतवाली” निर्माण सम्पन्न नहुदै प्रतिक्षित फिल्मको लिस्टमा परिसकेका छन । फिल्ममा नायिका रेखा थापाको अतिरिक्त नवनायक सुदर्शन गौतमको पनि मुख्य भुमिका छ । गौतम दुवै हात नभएका एक साहसी ब्यक्ति हुन । 

उनले हात बिना नै विभिन्न आश्चर्यजनक क्रियाकलापहरु गर्दै आएका छन । त्यस्तै फिल्ममा अभय चन्द ,पुस्कर भट्ट लगायतको पनि मुख्य भूमिका रहेको छ ।फिल्म ‘हिम्मतवाली’ बिजय दशमीको अबसर परेर असोज १५ गते फूलपातीको दिन बाट प्रदर्शनमा आउने भएको छ । यस अघि गत बर्ष बिजय दशमीको अबसरमा फूलपातीको दिनमा रिलिज गरेको रेखा थापाले नै निर्माण गरेको चलचित्र ‘काली’ व्यावसायिक रुपमा सफल भएको थियो ।नारी प्रधान एक्शन चलचित्र ‘हिम्मतवाली’मा चन्द् पन्तको द्वन्द्व ,छायांकन रामशरण उप्रेती,संगीत बसन्त सापकोटा र टंक बुढाथोकी,नृत्य बसन्त श्रेष्ठ र कमल राईको रहेको छ ।

No comments:

Post a Comment