Friday, May 16, 2014

यसरी खरानी भयो सुकुम्बासी बस्ती

काठमाडौं २५ फागुन (ओएनएस) : 
काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी टोलीमा आगालागी भएको छ । अचानक आइतबार दिउँसो आगालगी हुँदा सुकुम्वासीले निर्माण गरेका टहरा र त्यहाँ रहेका सामान जलेको प्रहरीले जनाएको छ । आगलागी भए पछि भागदौड मच्चिएको थियो । आगलागी लगत्तै सुरक्षा निकाय, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको थियो । ती छाप्रामा भारत आन्ध्रप्रदेश घर भएका कवाडी सामानको काम गर्नेहरू बस्दथे। दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा भर्खरै मात्र आगो नियन्त्रणमा आएको छ। आगलागीले छाप्रा नस्ट हुँदा करिब ३० जनाको बास उठेको छ।














Add caption


No comments:

Post a Comment