Thursday, May 29, 2014

२५ बर्षको नेपाली सिनेमामा बिताएका महानायक राजेश हमाल पहिलो पटक अष्ट्रेलिया

Rajesh Hamal
अष्ट्रेलिया, जेष्ठ १५ - नेपाली सिनेमामा बिताएको २५ बर्षको योगदान (सिल्भर जुब्ली) मनाउन नेपाली चलचित्रका महानायक राजेश हमाल पहिलो पटक अष्ट्रेलिया आउने भएका छन् । यही शनिबार अष्ट्रेलिया आउन लागेका हमालसँग गायक राजेशपायल राई र गायिका अन्जु पन्त समेत सहभागी हुनेछन् । यहाँका विभिन्न ६ शहरमा आयोजना गरिने सम्मान र सांगितिक कार्यक्रममा साथै हमालले नेपाली चलचित्र क्षेत्रमा २५ बर्षसम्म पुर्याएको योगदानको कदरस्वरुप बिशेष कार्यक्रम समेत आयोजना गरिदैंछ भने उनको ५० औं जन्मदिन समेत भयताका साथ मनाउने तयारी गरिएको छ । । 

 विभिन्न नेपाली गीत संगीतका साथ आयोजना हुने सम्मान कार्यक्रममा राजेश हमालले यहाँका नेपाली समुदायका व्यक्तिहरुका साथै प्रशंसकहरुसँग अन्तरक्रिया समेत गर्नेछन् । यसका साथै कार्यक्रममा उनले आफ्ना व्यक्तिगत अनुभवहरु बाँड्नेछन् । यस्तै हमालले केही गीतमा नृत्य समेत गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ । नेपाली टच अष्ट्रेलियाको संयोजकत्वमा हुन लागेको कार्यक्रम अष्ट्रेलियाको सिड्नी, मेलबर्न, एडिलेड, तास्मानिया, बि्रसबन र पर्थ शहरमा आयोजना हुनेछ । 

नेपाली महानायक राजेश हमालको ५० औं जन्मदिन र नेपाली सिनेमामा उनको सिल्भर जुब्ली मनाउन पाउनु आफुहरुको लागि गर्वको बिषय भएको आयोजक संस्था नेपाली टचका प्रबन्धक दिपेश पुनले जानकारी दिए । उनले कार्यक्रमहरुको सबै तयारी पुरा भइसकेको र ५ हजार बढी दर्शकहरुले सहभागिता जनाउने बिश्वास व्यक्त गरे । यही जुन १ तारिखदेखि १७ तारिखसम्म आयोजना गरिने कार्यक्रमका लागि हमाल सहित गायक गायिका राई र पन्त भोली शुक्रबार अष्ट्रेलियाका लागि प्रस्थान गर्नेछन् । 

No comments:

Post a Comment