Wednesday, May 28, 2014

बिदेशीको माया जालमा परेपछि यसरी बिर्सँदै छन् आफ्नो परिवार

बिदेशीको माया जालमा परेपछि यसरी बिर्सँदै छन् आफ्नो परिवार दुवई 
जेठ १३ - सात वर्ष पहिले रोजगारीका लागि यूएईको दुवई आएका झापा डोरामारीका रेवत तामाङ अहिलेसम्म नेपाल फर्कनुभएको छैन । जन्मभूमि जानुभन्दा उहाँलाई प्रेमिकाको देश फिलिपिन्स जाने साइत जुराउन सजिलो छ । तामाङले घरमा पैसा पठाउन छोडेको ६ वर्ष भइसक्यो । फोन र चिठी पत्र नगरेको पनि त्यतिनै । ७ वर्षसम्म आफ्ना बुवाआमालाई सम्पर्क समेत नगर्नुको कारण भने फिलिपिन्सकी एक युवतीसँग प्रेममा पर्नु हो । अहिले उनीहरुको १४ महिनाको सन्तानसमेत छ । दुवईमै घरेलु कामदारको रुपमा कार्यरत फिलिपिन्सकी रोकसाङ पारागाठोस् कोलेक्ससँग रेवत प्रेममा परेको छ वर्ष भयो । 

यूएईको सारजाहमा रहेको फ्यूचर प्लान्ट कम्पनीमा सामान्य मजदुरको रुपमा आएका तामाङले नेपालीमा पशु चिकित्सकको अध्ययन पुरा गरी कामसमेत गर्नुभएको थियो । तर उहाँले विदेश आएपछि भने विदेशी महिलाको मायामा परेर आफ्नो स-परिवार भुलिसक्नुभएको छ । 'खै कसरी बाबुआमा भुलेर बिदेशीको मायामा फसेँ मेसो पाउँदिन, तर अब भने बाबुआमाको पीर लाग्दैछ, बिदेशी बुहारी साथमा लिएर नेपाल जाने तयारी गर्दै छु' उहाँले भन्नुभयो । खान बस्नसहित मासिक १६ हजार रुपैयाँ तलबमा यूएई आएका तामाङले अहिले महिनामा ५० हजार रुपैयाँ भन्दा धेरै कमाउनुहुन्छ । कमाएको सबै रकम फिलिपिन्समा प्रेमिकाको घरमा पठाउनुहुन्छ । प्रेमिकाले दुवर्इ छोडेको २ वर्ष भइसक्दा पनि उहाँले प्रेमिकालाई छोड्न सक्नुभएको छैन । वार्षिक एक महिनाको बिदा पनि फिलिपिन्समा नै बिताउनुहुन्छ । 

विदेश गएका छोराले कमाउला र आफ्नो बाँकी जीवन सुखमा बिताउँला भन्ने सपना बोकेका बाबुआमा र उनको परिवार भने सधैं चिन्तामा छन् । चिन्तामा परेका उनका बाबु आमा आफन्तजनको सहयोगमा छोरो खोजी अभियानमा लागेका छन् । सँगै काम गर्ने नेपाली र अन्यको चौतर्फी दबाबले अब उहाँले आफ्नी प्रेमिकालाई श्रीमती बनाएर नेपालमै भित्र्याउन सहमत भएका हुनुभएको छ । घरमा बाबु-आमालाई मनाएर फिलिपिनो श्रीमती बनाउन पाए दुबइ छोडेर नेपाल फर्किन आफु तयार भएको भन्दै गत महिना बाट उनी परिवारको सम्पर्कमा आउन लाग्नुभएको छ । तामाङलाई सम्झाउन लागि परेका अर्घाखाँचीका माधव दबासे भन्नुहुन्छ 'अब तामाङ छिट्टै नेपाली फर्किएलान्, बिदेशी मायाजालमा फसेकालाई छुटाउन निकै गार्हो हुँदो रहेछ।'

No comments:

Post a Comment