Thursday, May 29, 2014

के हो त आखिर के साच्चै रेखा र सुदर्शन प्रेम प्रेमिका नै हुन

Untitled-1काठमाडौं । नेपाली सिनेनगरीमा दर्जनौ चलचित्र दर्शक माझ पस्कीसकेकी नायिका हुन रेखा थापा जो बच्चा देखी वृद्धाले पनि सजिलै चिन्न सक्ने व्यक्ति । पहिलो चलचित्र हिरोबाट रंगिन दुनियामा प्रवेश गरेकी रेखा पछिल्लो समयमा नेपाली सिनेनगरीकी एक उत्कृष्ट नायिकाको रुपमा पनि चिनीदै आएकी छिन् । १० बर्ष सम्म चलचित्रक्षेत्रका निर्माता छवि ओझा सगँ जिन्दगीका यात्रामा अगी बढेकी रेखा पछिल्लो समय छवि सगँ पानी बाराबारको सम्म अबस्था सृजना भयोे र उनीहरु एक आपसमा सम्बन्ध विक्षेद पनि गराइसकेका छन् । एउटा चलचित्रमा खेले बापत ६ लाख सम्म लिन भ्याउने नायिका रेखा आफुद्धारा निर्मित चलचित्र हिम्मतवाली फुलपातीको दिन दर्शकले हर्न पाउने छन् । 

धेरै चलचित्रमा धेरै तरिकाको अभिनय गर्ने रेखाले यस पटक पनि केहि नयाँ चाख देखाउने सुरसार कसेकी छिन् । चलत्रिमा सुदर्शन गौतम र रेखा थापाको मुख्य अभिनय चलचित्रमा हर्न पाइने बताइएको छ । बास्तविक जिवनमा नै दुवै हात नभएका सुदर्शन गौतमलाई रेखाले चलचित्र हिम्तवालीमा मुख्यपात्रको रुपमा खडा गरेकी छिन् । चलचित्रमा पनि हात नभएको दृश्य देखाइएको छ र सोहि सुदर्शन सगँ चलचित्रमा रेखाको पे्रमि बनाइएको छ । रेखाले दर्शकलाई यस बर्ष पनि केहि भिन्न चाख राख्ने चलचित्र बनाएकी चलचित्र युनिटले बताएको छ । यति बेला हिम्तवालीको छायंकन सकेर चलचित्रको हाल डविङ कार्य सुरु भइरहेको चलचित्रका एक पात्रले बताएका छन् । 

यसरी चलत्रिको प्रमोशन सगै डविङ कार्यमा चलचित्र भइरहदा रेखा भने काठमाडैंमा हुने विभिन्न कार्यक्रमहरुमा सुदर्शन गौतमलाई पनि लिएर हिड्न थालेकी छिन् । यति बेला रेखा र सुदर्शनका विच मायाप्रेमका कुरा चलेको बताइए पनि खास कुरा के हो त्यो भने कसैलाई पत्तो समेत छैन । किनकी न रेखाले सुदर्शन मेरो प्रेमी भनेकी छिन् न सुदर्शनले रेखा मेरो प्रेमिका भनेका छन् तर पनि यति बेला बजारमा रेखा र सुदर्शनका विचको सम्बन्ध बाहिर आउने क्रम बढ्दै गएको छ ।

 कोहि व्यक्ति रेखा र सुदर्शनको सम्बन्धलाई चलचित्रको प्रमोशनमा जुटेको जोडिको उपमा दिन्छन त कोहि साच्चीकै प्रेम प्रेमीका भएको नाम दिन्छन् । आखिर रेखा र सुदर्शनको सम्बन्ध के हो त्यो भने कसैलाई थाहा हुन सकेको छैन् । काठमाडौंमा हुने औपचारिक कार्यक्रम देखी आनौपचारिक कार्यक्रम सम्म रेखा र सुदर्शनलाई देख्न पाइन्छ । के हो त आखिर रेखा र सुदर्शनको सम्बन्ध के साच्चै रेखा र सुदर्शन प्रेम प्रेमिका नै हुन त वा होइनन् त्यो भने अब समयनै बताउने छ ।

रेखाले चडिन् तिन लाखको ‘हिम्मतवाली’ उँट

1620960_597512536993015_1577419014_nकाठमाडौं । नेपाली सिनेनगरीमा दर्जनै चलचित्र दर्शकमाझ पस्किसकेकी नायिका रेखा थापाले प्रत्येक चलचित्रमा केहि फरक दिन खोजी रहेकी हुन्छिन र रेखा त्यसमा सफल पनि हुन्छिन् । उनले अभिनय गरेका प्राय चलचित्रले निकै राम्रो व्यापार गरिसकेका छन् भने आगामी चलचित्र पनि राम्रो हुनेमा रेखा निकै आशावादी पनि छिन् । पछिल्लो समय रेखा थापाले निर्देशन गरेको चलचित्र 'हिम्मतवाली' असोज महिनाको फुलपातीका दिन देखी देशभर प्रदर्शन हुने जमघट कसेको छ । 

फुलपातीका दिन देखी प्रदर्शन हुन लागेको चलचित्रको एउटा गित भने रिलिज भएको छ । सो गितले यति बेला दर्शकमाझ चर्चा कमाउदै गएको पनि छ । “काली तिम्रो नजरले गोली मार्यो ठिच्चाउ ठिच्चाउ” नामक गितले यति बेला चौतर्फी चर्चा कमाउदै गएको छ । रेखा थापाकोे 'हिम्मतवाली' चलचित्रलाई निकै आशा लाग्दो चलचित्रको रुपमा धेरैले हर्न थालेका छन् । रेखाले सो चलचित्रमा एउटा फरक धारले चलचित्र निर्देशन गरेकी छिन् । 

चलचित्र 'हिम्मतवाली'मा सगरमाथा समेत आरोहण गरिसकेका र दुवै हात नभएका नायक सुदर्शन गौतमलाई चलचित्रमा रेखाले आफनो प्रेमि को रुपमा देखाएकी छिन् । जो अहिले सम्म कुनै पनि चलचित्रमा सो खाल्का दृश्य देखाइएको छैन् । र अझ नेपालमै पहिलो पटक उँट माथि चडेर 'हिम्मतवाली'को छायंकन भएकाले पनि चलचित्रमा रेखाले विल्कुलै भिन्न तरिकाले चलचित्र निर्माण भएको बताइएको छ । रेखाले 'हिम्मतवाली'को उँटलाई ३ लाख सम्म तिरेको बताइन्छ । 

यसरी निकै चर्चाको विचमा असोज महिनाको फुलपातीका दिन प्रदर्शन हुन लागेको 'हिम्मतवाली' चलचित्र सगँ अहिले सम्म कुनै पनि चलचित्रहरुले प्रदर्शनको तयारी मिति तोकेका छैनन् । त्यसैले पनि चलचित्रले राम्रो व्यापार गर्नेमा 'हिम्मतवाली' युनिट निकै आशावादी पनि छ । हिम्मतवालीको प्राय सुटिङ्ग नेपालको सुदुरपश्चिममा खिचिएको छ । चलचित्रलाई सरस्वती थापाले निर्माण गरेकी हुन भने निर्देशन रेखा थापा आफैले नै गरेकी छिन् । चलचित्रमा संगित बसन्त सापकोटाको रहेको छ भने द्धन्द्ध चन्द्र पन्तको रहेको छ ।

जेलमा रहेका नेपाली फर्काइने

malesiaक्वालालम्पुर, जेष्ठ १० - यहाँस्थित दूतावासले घरफिर्ती हवाई टिकट अभावमा मलेसियाका जेल तथा डिटेन्सन क्याम्प (घरफिर्ती केन्द्र) मा रहेका नेपालीलाई फर्काउने तयारी गरेको छ । सजाय भुक्तान गरिसकेका टिकट अभावमा जान नसकेकालाई दूतावासले पठाउन लागेको हो । सरकारले उक्त अभियानका लागि करिब २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

उक्त रकम टिकटका लागि खर्च हुनेछ । केही समयअघि मलेसियामा भएको भ्रष्टाचारबारे एक कार्यक्रमबाट फर्केलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अध्यक्ष लोकमानसिंह कार्कीले जेलमा रहेका नेपालीको उद्धारका लागि २० लाख तत्काल दिन सरकारका विभिन्न निकायसित छलफल चलाएका थिए । कार्कीको उक्त पहलपछि सरकारले जेल तथा डिटेन्सन क्याम्पका नेपालीको उद्धारका लागि २० लाख रुपैैयाँ दिने निर्णय गरेको बताइएको छ । राजदूत निरञ्जनमान सिंह बस्न्यातका अनुसार उक्त रकम प्राप्त भएलगत्तै जेल तथा क्याम्पका नेपालीको उद्धार थालिनेछ । 

उनले विभिन्न अभियोगमा सजाय भोगिसकेकामध्ये महिला, बिरामी तथा आर्थिक समस्याका कारण घरफिर्ती टिकट नपाएकालाई प्राथमिकतामा दिने बताए । जेल भुक्तानी गरिसकेका नेपाली स्वदेश र्फकन दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने हुन्छ । त्यस्तो पत्र दूतावासले निःशुल्क उपलब्ध गराउँंदै आएको छ । जेल काटिसकेका घरफिर्तीका लागि हवाई टिकटको व्यवस्था भए सहजै र्फकन सक्छन् । दूतावासले प्राप्त गरेको तथ्यांकअनुसार यसै वर्ष मे महिनासम्म मलेसियाका विभिन्न ९ डिटेन्सन क्याम्पमा गरी ६ सय ४६ जना नेपाली घरफिर्ती पर्खाइमा छन् । तीमध्ये ११ महिला हुन् । त्यस्तै सन् २०१३ डिसेम्बरसम्म सबैजसो जेलमा गरी ३ सय १० नेपाली सजाय भोगिरहेका छन् भने यसैवर्ष जनवरीदेखि ४ मेसम्ममा ९ सय १४ ले सजाय भुक्तानीपछि स्वदेश फर्केका उल्लेख गरिएको छ । 

दूतावासका अधिकारीले मलेसियामा रहेका जेल तथा डिटेन्सन क्याम्पमध्ये धेरै नेपाली रहेको 'लिंगिङ' क्याम्पको करिब डेढ साताअघि भ्रमण गरेका थिए । त्यहाँ रहेका नेपालीको अवस्था बुझेका दूतावास अधिकारीका अनुसार १ सय ३७ नेपाली छन् । तीमध्ये अधिकांश सजाय भुक्तान गरिसकेका र घरफिर्ती टिकटको पर्खाइमा रहेका छन् । 'हामी अघिल्लो साता धेरै नेपाली रहेको लिंगिङ जेल भ्रमणमा गएका थियौं ।' राजदूत बस्न्यातले भने, 'त्यहाँ सजाय भोगिसकेकासमेत गरेर १ सय ३७ जना रहेछन् । उनीहरू घरफिर्ती टिकटको पर्खाइमा छन् ।

राजेश भनछन् आखिर बिहे गरेरै छाडे

Rajeh-Hamal-ANd-Madhu.jpgचितवन, जेष्ठ ११ - शनिवार विवाह गरेका राजेश हमाल आईतवार नवलपरासी आएका छन् । मधु भट्टराईसँग शनिबार बिहे गरेका उनी आज ११ बजे बुद्ध एयरबाट चितवन उत्रिएर नवलपरासीको दुम्कौली गएका हुन् । उनले दुम्कौलीमा रहेको मामा घरमा पुजापाठ गरी परम्पराअनुसार मधुलाई भित्र्याएका हुन् । हजुर ामा दुर्गेसरी केसीको मृत्यु भएपछि घरमा पुजारी विश्वनाथ ज्ञवाली बस्दै आएका छन् । घर हमालको नाममा भएकाले उनी मधुलाई भित्राउनकै लागि यहाँ आएका हुन् । 

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले बिवाह गरेपछि फिल्मी क्षेत्रमा सक्रिय भइरहने बताए । उनले ठट्टा गर्दै भने,'सबैले राजेश हमालले बिहे गर्दैन, बुढो भयो मात्र भन्थे, मैले बिहे गर्दैछु भन्दा पनि कसैले पत्याउंदैनन थिए, आखिर बिहे गरेरै छाडे ।' उनीसंगै रहेकी श्रीमती मधुले राजेश महानायक भएर मात्र आफुले बिहे नगरेको भन्दै राम्रो ब्यक्तित्वकारण बिहे गरेको बताइन् । दुबै दुम्कौलीस्थित घरमा २ घण्टा बसी सवा ३ बजे काठमाडौं फर्किएका छन् ।

२५ बर्षको नेपाली सिनेमामा बिताएका महानायक राजेश हमाल पहिलो पटक अष्ट्रेलिया

Rajesh Hamal
अष्ट्रेलिया, जेष्ठ १५ - नेपाली सिनेमामा बिताएको २५ बर्षको योगदान (सिल्भर जुब्ली) मनाउन नेपाली चलचित्रका महानायक राजेश हमाल पहिलो पटक अष्ट्रेलिया आउने भएका छन् । यही शनिबार अष्ट्रेलिया आउन लागेका हमालसँग गायक राजेशपायल राई र गायिका अन्जु पन्त समेत सहभागी हुनेछन् । यहाँका विभिन्न ६ शहरमा आयोजना गरिने सम्मान र सांगितिक कार्यक्रममा साथै हमालले नेपाली चलचित्र क्षेत्रमा २५ बर्षसम्म पुर्याएको योगदानको कदरस्वरुप बिशेष कार्यक्रम समेत आयोजना गरिदैंछ भने उनको ५० औं जन्मदिन समेत भयताका साथ मनाउने तयारी गरिएको छ । । 

 विभिन्न नेपाली गीत संगीतका साथ आयोजना हुने सम्मान कार्यक्रममा राजेश हमालले यहाँका नेपाली समुदायका व्यक्तिहरुका साथै प्रशंसकहरुसँग अन्तरक्रिया समेत गर्नेछन् । यसका साथै कार्यक्रममा उनले आफ्ना व्यक्तिगत अनुभवहरु बाँड्नेछन् । यस्तै हमालले केही गीतमा नृत्य समेत गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ । नेपाली टच अष्ट्रेलियाको संयोजकत्वमा हुन लागेको कार्यक्रम अष्ट्रेलियाको सिड्नी, मेलबर्न, एडिलेड, तास्मानिया, बि्रसबन र पर्थ शहरमा आयोजना हुनेछ । 

नेपाली महानायक राजेश हमालको ५० औं जन्मदिन र नेपाली सिनेमामा उनको सिल्भर जुब्ली मनाउन पाउनु आफुहरुको लागि गर्वको बिषय भएको आयोजक संस्था नेपाली टचका प्रबन्धक दिपेश पुनले जानकारी दिए । उनले कार्यक्रमहरुको सबै तयारी पुरा भइसकेको र ५ हजार बढी दर्शकहरुले सहभागिता जनाउने बिश्वास व्यक्त गरे । यही जुन १ तारिखदेखि १७ तारिखसम्म आयोजना गरिने कार्यक्रमका लागि हमाल सहित गायक गायिका राई र पन्त भोली शुक्रबार अष्ट्रेलियाका लागि प्रस्थान गर्नेछन् । 

गणतन्त्रका नाममा लुटतन्त्र

Ram Kumariकाठमाडौ, जेष्ठ १५ - प्रतिगमनविरुद्घको आन्दोलन सुरु सुरुमा रत्नपार्कमा घिसिपिटी चलिरहेको थियो । प्रदर्शन कर्मकाण्डी पारामा हुन्थे । आन्दोलनमा ऊर्जा थिएन । राजा ज्ञानेन्द्रको शाही शासनविरुद्घ सडकमा उत्रने दल र तीनका प्रमुख नेता गणतन्त्रको कुरा गर्न संकोच मान्थे । नेपालमा गणतन्त्र आइहाल्ने विश्वास नभएरै होला, शीर्ष नेताले जनतालाई आन्दोलनमा आकषिर्त गर्न सकिरहेका थिएनन् । आन्दोलनलाई तताउने नेताको खडेरीमा केही युवा सडकमा आकर्षणको केन्द्र बने । तीमध्ये एक प्रमुख पात्र थिइन्- रामकुमारी झाँक्री । झाँक्रीकैै पार्टी एमालेमा समेत परिस्थितिको मूल्यांकन गर्दै संवैधानिक राजतन्त्रलाई नै सुधारेर जानुपर्छ भन्नेहरू बहुल थिए । 

झाँक्रीका अनुसार कतिपय नेता त गणतन्त्रको नारा लगाउनेप्रति खिसिटिउरी गर्थे । 'गणतन्त्र आएन भने यो नारा लगाउनेलाई कारबाही गर्नुपर्छ' सम्म भन्थे । नेताहरूले गणतन्त्र भन्न नसकिरहेका बेला झाँक्री गणतन्त्रको नारा चर्काउँथिन् । राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिन्छ भन्ने विश्वास थियो । त्यसैले खुट्टा कमाउन खोज्ने शीर्ष नेतालाई पनि उनी ढाडस दिन्थिन् । एमाले विद्यार्थी संगठन अनेरास्ववियु आबद्घ भए पनि शासनविरुद्घ र गणतन्त्रको आन्दोलनमा सबैकी नेता बनेकी थिइन् उनी । ०६२/६३ सालको आन्दोलनले नै नेपालमा विधिवत् रूपमा गणतन्त्र स्थापना गरायो । 

संविधानसभा निर्वाचनपछि ०६५ जेठ १५ मा गणतन्त्र घोषणा भए पनि दोस्रो जनआन्दोलनको जगमै त्यो सम्भव भएको हो । गणतन्त्र प्राप्तिको आन्दोलनमा झात्र“mीजस्ता हजारांै युवा सडकमा उत्रेका थिए । सडक र आन्दोलनको प्रमुख मोर्चामा झाँक्रीकै पुस्ताको उपस्थिति बलियो थियो । गणतन्त्रका लागि उनीहरूले रगत बगाएका थिए । गणतन्त्र स्थापनाका लागि युवा त्यत्तिकै सडकमा आएका भने थिएनन् । उनीहरूका केही अेपक्षा थिए । 'नेपालमा एक भाषा एक भेष भन्ने खालको विभेदकारी नीति राज्यले नै लिएको थियो । त्यसैले सबैले अवसर पाएका थिएनन्,' गणतान्त्रिक आन्दोलनकी युवा 'आइकन' झाँक्री भन्छिन्, 'विभेदकारी नीति हट्छ, अवसरका ढोका खुल्छन् भनेर युवा सडकमा आएका थिए ।' 

 युवाको अपेक्षाअनुसार नै आन्दोलन सफल भयो । गणतन्त्र स्थापना भयो । आन्दोलनमा लागिरहँदा धेरैलाई लागेको थियो- राजतन्त्र हटेर गणतन्त्र आएपछि सबै क्षेत्रमा सुधार आउँछ । राजनीतिक प्रणाली मात्र होइन संस्कार र चरित्र पनि बदलिन्छ । तर स्थापनाको ६ वर्षमा युवाले गणतन्त्रको प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् । यसैले उनीहरूको मन कुँडिएको छ । 'गणतन्त्रले राजनीतिक संरचना परिवर्तन भयो तर गणतन्त्रलाई सही ढंगले बुझ्ने कुरामै समस्या रह्यो,' झाँक्री भन्छिन्, 'राजनीतिक संरचना परिवर्तन भएपछि त्यसलाई जनताको जीवनसम्म जोड्ने कार्यक्रम ल्याउनुपर्ने थियो ।' आर्थिक रूपान्तरणको एजेन्डा अघि बढाउँदा मात्र मान्छेको जीवनमा परिवर्तन ल्याउन सम्भव थियो । 

गणतन्त्र प्राप्तिको अनुभूति त्यो बेलामा मात्र गर्न सकिन्थ्योे । यो मामिलामा राजनीतिक नेतृत्व चुकेको झाँक्रीको बुझाइ छ । 'हामो नेतृत्वले यस्तो परिवर्तन आउँछ भन्ने सोचेकै थिएन । त्यसैले परिवर्तनलाई बुझेर अघि बढ्ने इच्छाशक्ति कसैमा भएन,' उनी थप्छिन्, 'सामान्य समाजशास्त्रीय चेतले हेरिदिएको भए पनि गणतन्त्र प्राप्तिको अनुभूति जनतामा हुने थियो ।' ज्ञानेन्द्र शाह नागार्जुन पुगे । नारायणहिटी दरबार संग्रहालय बन्यो । तर गणतन्त्रपछि एउटा राजाको ठाउँमा धेरै राजा जन्मे । नारायणहिटीको साटो अन्य कैयौं दरबार खडा भए- झाँक्रीको अनुभूति यस्तै छ । जुन आम जनताको अनुभूतिसँग मेल खान्छ । '

जनताको तहको मान्छे हुँ भन्ने कुरा नेताले भुले । बरु एउटा राजाको ठाउँमा धेरै राजा जन्मेजस्तो भयो,' झाँक्री भन्छिन्, 'आफैंलाई शक्तिशाली ठान्ने र आफूले गरेका सबै कामलाई जायज ठान्न थाले ।' राजनीतिक भागबन्डा, भ्रष्ट र विवादित व्यक्तिको संरक्षण, गुण्डागर्दीको प्रवर्द्धनलगायत कैयौं असंगत गतिविधि पछिल्ला वर्षमा बढेको देखेकी छन् झाँक्रीले, जसमा राजनीतिक नेतृत्वकै हात छ । गणतन्त्रकै लागि लड्ने नेता कसरी आफ्ना मान्यताबाट विचलित हुँदै छन् भन्ने उहादरण हेर्न धेरै पछि फर्किनु पर्दैन । 

विवादमा फसेका न्यायाधीश नियुक्तिमा नेताहरूले प्रदर्शन गरेको रबैया नै काफी हुने झाँक्री बताउँछिन् । 'नरहरि आचार्यजस्तो गणतन्त्रवादी नेता आज भ्रष्ट न्यायाधीशलाई बोकेर हिंड्ने अवस्थ्ाामा पुग्नुभएको छ,' उनी भन्छिन्, 'आफू शक्तिमा रहँदा गरिने सबै अभ्यास ठीक ठान्न थालियो । गणतन्त्रमाथि सबै मिलेर लुटपाट गर्ने काम भइरहेको छ ।' 

Wednesday, May 28, 2014

‘हिम्मतवाली’को गीत रिलिज । रेखा भन्छिन: म कसैको डमी हैन। भिडियो।

नायिका रेखा थापाको निर्माण एवं निर्देशन रहेको बहुप्रतिक्षित फिल्म ‘हिम्मतवाली’को गीत रिलिज गरिएको छ । मंगलबार साँझ टि भी फिल्मी बाट वल्ड प्रिमियर गरिएको गीत बुधबार युटुबमा रिलिज गरिएको हो । ‘काली तिम्रो नजरैले गोली मार्यो ढिक्च्याऊ ढिक्च्याऊ’ बोलको गीतमा नायिका रेखा थापा र नायक रविनउड सेन ले खुलेर मस्ती गरेका छन ।सुदुर पश्चिमको विभिन्न क्षेत्रमा खिचिएको गीतमा सुदुर कै सँस्कृति तथा भेषभुषालई झल्काइएको छ । टंक बुढाथोकिको संगीत रहेको गीतमा मनिषा पोखरेल र स्वयं संगीतकार टंक बुढाथोकिको स्वर रहेको छ । 

himmatwali

गीतका शब्दहरु दयाराम पाण्डेले लेखेका हुन । यसअघि अडियोमा सर्वाधिक रुचाइसकेको यस गीतको भिडियोेलाई पनि दर्शकले रुचाउनेमा फिल्म युनिट ढुक्क छन । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म “हिम्मतवाली” निर्माण सम्पन्न नहुदै प्रतिक्षित फिल्मको लिस्टमा परिसकेका छन । फिल्ममा नायिका रेखा थापाको अतिरिक्त नवनायक सुदर्शन गौतमको पनि मुख्य भुमिका छ । गौतम दुवै हात नभएका एक साहसी ब्यक्ति हुन । 

उनले हात बिना नै विभिन्न आश्चर्यजनक क्रियाकलापहरु गर्दै आएका छन । त्यस्तै फिल्ममा अभय चन्द ,पुस्कर भट्ट लगायतको पनि मुख्य भूमिका रहेको छ ।फिल्म ‘हिम्मतवाली’ बिजय दशमीको अबसर परेर असोज १५ गते फूलपातीको दिन बाट प्रदर्शनमा आउने भएको छ । यस अघि गत बर्ष बिजय दशमीको अबसरमा फूलपातीको दिनमा रिलिज गरेको रेखा थापाले नै निर्माण गरेको चलचित्र ‘काली’ व्यावसायिक रुपमा सफल भएको थियो ।नारी प्रधान एक्शन चलचित्र ‘हिम्मतवाली’मा चन्द् पन्तको द्वन्द्व ,छायांकन रामशरण उप्रेती,संगीत बसन्त सापकोटा र टंक बुढाथोकी,नृत्य बसन्त श्रेष्ठ र कमल राईको रहेको छ ।

बिदेशीको माया जालमा परेपछि यसरी बिर्सँदै छन् आफ्नो परिवार

बिदेशीको माया जालमा परेपछि यसरी बिर्सँदै छन् आफ्नो परिवार दुवई 
जेठ १३ - सात वर्ष पहिले रोजगारीका लागि यूएईको दुवई आएका झापा डोरामारीका रेवत तामाङ अहिलेसम्म नेपाल फर्कनुभएको छैन । जन्मभूमि जानुभन्दा उहाँलाई प्रेमिकाको देश फिलिपिन्स जाने साइत जुराउन सजिलो छ । तामाङले घरमा पैसा पठाउन छोडेको ६ वर्ष भइसक्यो । फोन र चिठी पत्र नगरेको पनि त्यतिनै । ७ वर्षसम्म आफ्ना बुवाआमालाई सम्पर्क समेत नगर्नुको कारण भने फिलिपिन्सकी एक युवतीसँग प्रेममा पर्नु हो । अहिले उनीहरुको १४ महिनाको सन्तानसमेत छ । दुवईमै घरेलु कामदारको रुपमा कार्यरत फिलिपिन्सकी रोकसाङ पारागाठोस् कोलेक्ससँग रेवत प्रेममा परेको छ वर्ष भयो । 

यूएईको सारजाहमा रहेको फ्यूचर प्लान्ट कम्पनीमा सामान्य मजदुरको रुपमा आएका तामाङले नेपालीमा पशु चिकित्सकको अध्ययन पुरा गरी कामसमेत गर्नुभएको थियो । तर उहाँले विदेश आएपछि भने विदेशी महिलाको मायामा परेर आफ्नो स-परिवार भुलिसक्नुभएको छ । 'खै कसरी बाबुआमा भुलेर बिदेशीको मायामा फसेँ मेसो पाउँदिन, तर अब भने बाबुआमाको पीर लाग्दैछ, बिदेशी बुहारी साथमा लिएर नेपाल जाने तयारी गर्दै छु' उहाँले भन्नुभयो । खान बस्नसहित मासिक १६ हजार रुपैयाँ तलबमा यूएई आएका तामाङले अहिले महिनामा ५० हजार रुपैयाँ भन्दा धेरै कमाउनुहुन्छ । कमाएको सबै रकम फिलिपिन्समा प्रेमिकाको घरमा पठाउनुहुन्छ । प्रेमिकाले दुवर्इ छोडेको २ वर्ष भइसक्दा पनि उहाँले प्रेमिकालाई छोड्न सक्नुभएको छैन । वार्षिक एक महिनाको बिदा पनि फिलिपिन्समा नै बिताउनुहुन्छ । 

विदेश गएका छोराले कमाउला र आफ्नो बाँकी जीवन सुखमा बिताउँला भन्ने सपना बोकेका बाबुआमा र उनको परिवार भने सधैं चिन्तामा छन् । चिन्तामा परेका उनका बाबु आमा आफन्तजनको सहयोगमा छोरो खोजी अभियानमा लागेका छन् । सँगै काम गर्ने नेपाली र अन्यको चौतर्फी दबाबले अब उहाँले आफ्नी प्रेमिकालाई श्रीमती बनाएर नेपालमै भित्र्याउन सहमत भएका हुनुभएको छ । घरमा बाबु-आमालाई मनाएर फिलिपिनो श्रीमती बनाउन पाए दुबइ छोडेर नेपाल फर्किन आफु तयार भएको भन्दै गत महिना बाट उनी परिवारको सम्पर्कमा आउन लाग्नुभएको छ । तामाङलाई सम्झाउन लागि परेका अर्घाखाँचीका माधव दबासे भन्नुहुन्छ 'अब तामाङ छिट्टै नेपाली फर्किएलान्, बिदेशी मायाजालमा फसेकालाई छुटाउन निकै गार्हो हुँदो रहेछ।'

सुसिल कोईराला ले देशको भूमी अर्काै देशको हो भन्दा कारबाही भएन

कोशी बेच्दा मातृका प्र. कोईराला लाई कारबाही भएन । गण्डक बेच्दा वि पि कोईराला लाई कारबाही भएन । कालापानीमा बेच्दा वि पि कोईराला लाई कारबाही भएन । टनकपुर, महाकाली बेच्दा स्गिरिजा प्र. कोईराला, माधव कुमार नेपाल, शेर बहादुर देउवा लाई कारबाही भएन ।माथिल्लो कर्णाली बेच्दा गिरिजा प्र. कोईराला लाई कारबाही भएन । पश्चिम सेति बेच्दा गिरिजा प्र. कोईराला लाई कारबाही भएन । अरुण-३ बेच्दा गिरिजा प्र. कोईराला लाई कारबाही भएन । सुसिल कोईराला ले देशको भूमी अर्काै देशको हो भन्दा कारबाही भएन । 

राजेन्द्र महतोले नेपाल टुक्राउने हो भन्दा कारबाही भएन । रमेस खरेल ले भ्रष्टचार नगर्नुहोस भन्दा कारवाही गर्ने? कुन नैतिकताको घरातल पाए यी भ्रष्टचारी हरुले थुक्क !!!!नेपाल आमाको बिर सन्तान रमेश खरेल ,, देशको रक्षा गर्ने काम कर्तब्ब्य ,अनि जिम्मेवार बोकेको, प्रहरीमा जागिर लाग्दा गीताको किताबमाथि हात राखेर खाएको कसम नभुल्नु, यदि कुनै भक्क्षक देश अनि जनता लाइ खोक्रो बनाउन कानुन लाइ लत्याएर देश प्रति चिन्तित देशभक्ति योद्दालाइ नचाहिदो फैसला गर्छ भने , आफुले पायको अधिकारबाट किन पर हट्नु .??? रमेश खरेल ठोके हुन्छ .

Saturday, May 24, 2014

एमआरपी फाराम लिन लन्डन दूतावासको 'घरदैलो'

London embassy
लन्डन , जेष्ठ ९ - मेसिन रिडेवल पासपोर्ट (एमआरपी) आवेदन चाप बढिरहेका बेला लन्डनस्थित नेपाली दूतावासले भने नेपाली समुदायमाझ गएर आफैं फाराम संकलन गर्ने तयारी गरेको छ । नेपाली जनसंख्या उल्लेख्य भएका क्षेत्रमा गएर विशेष गरि वृद्धवृद्धा अनि केटाकेटीको एमआरपी फाराम संकलन गर्न दूतावास लागेको हो । दूतावासले नेपाली समुदायको प्रत्यक्ष मन जित्ने यस्तो काम पहिलो पटक गर्न लागेको कतिपयको ठम्याइ छ । 'यही जुन १ बाट प्रत्येक सप्ताहन्त (शनिवार, आइतबार) समुदायमै गएर फाराम र दस्तुर संकलन गर्न लागेका छौं', कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले भने, 'स्थानीय नेपाली संघसंस्थाको सहकार्यमा यसो गर्दा कार्यालय समयमा चाप कम र असक्तहरुबढि लाभान्वित हुने हाम्रो विश्वास छ ।' यसको शुरुवात स्वीन्डन सहरबाट हुनेछ । 

समुदायमाझ एमआरपीबारे सचेतना र अन्तरक्रिया समेत गर्ने दूतावासको योजना छ । आगामी वर्ष सन् २०१५, नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियमले यतिखेर लन्डन दूतावासमा एमआरपी आवेदन दिनेहरुको अत्यधिक भीड छ । दैनिक एकसय हाराहारी आवेदन आउन थालेपछि विदामा समुदायमाझ आफैं गएर फाराम लिंदा कार्यालय समय वचत र त्रुटी कम हुने विश्वास दूतावासको छ । धेरै जसोले फाराम भर्न गल्ती गर्दा प्रक्रिया लम्बिने र थप सास्ती वेहोर्नुपर्ने तथ्यलाई दूतावासले प्राथमिकता दिएको हो । पर्याप्त कर्मचारी अभावले दूतावासमा यतिखेर भ्याइनभ्याइ छ । सन् १९३४ मा कुटनीतिक मिसन स्थापना हुँदा ताका र अहिले करिव डेढ लाख नेपाली पुग्दा समेत उत्ति आठ कर्मचारीले दूतावासको कामकाज धानिरहेका छन् । '

हामी सांझ बिहान र शनिवार, आइतबार समेत काम गरिरहेका छौं', कार्यवहाक राजदूत क्षेत्रीले भने, 'अत्यावश्यक काम पर्दा बाहेक चालकले समेत एमआरपीमा सघाइरहेका छन् ।' दूतावासले एमआरपी आवेदन प्रक्रिया के भइरहेको छ त्यो 'ट्रयाक' गर्न सकिने प्रणाली समेत बनाएको छ । नेपाल पठाइएका आवेदन पुगे नपुगेको हेर्न र बनेर लन्डन आइसकेकाको नामावली वेवसाइटमा हेर्न सकिने व्यवस्था छ । 'दूतावासले स्थानीय कर्मचारी पाएन' दूतावासले एमआरपी चाप बढिरहंदा रिक्त स्थानीय कर्मचारी नियुक्त गर्न खोजिरहेपनि भेटेको छैन् । '

दुई स्थानीय कर्मचारी पदपूर्तिका लागि दुई पटक विज्ञापन गरेपछि बल्ल बल्ल एकजना पाइयो, अर्को भेटिएन', क्षेत्रीले भने, 'दूतावासको क्राइटेरिया र यहांबाट प्राप्त हुने तलव सुविधा सुनेर कोही आउँदैनन् ।' सन् २०१२ अपि्रल यता दूतावासमा काम गरेर स्थायी आवासीय अधिकार नपाइने अध्यागमन नियमपछि यहांको जागिरप्रति विकर्षण छ । अर्को कुरा, नेपाल सरकारले रुपैयाँमा दिने तलव बेलायतको न्यूनतम ज्याला भन्दा पनि आधा कम हुने भएपछि स्टेटस् हुने कोही पनि दूतावासको जागिरप्रति आकर्षित नभएका हुन् ।

SRK gets 20 crores Because Of Salman Khan

SRK initially was reluctant to endorse a pan masala brand. Upon realizing their preference for Salman earlier, he immediately agreed to endorse the brand and increased the cost by 100%. He usually charges 10-15 crores for endorsement but for this brand, he is charging 20 crores straight. 

राजेश हमालले शनीवार बिहे गर्दै, बिहेस्थान गोप्य

rajesh6एनपि न्युज डटनेट, ०९ जेठ- जीवनको पाँच दशकको हाराहारीमा पुगेका नायक राजेश हमालले शनीवार मधु भट्टराईसँग बिवाह गर्दैछन् । तर, यो बिहेलाई गोप्य राखिएको छ । करिव पचास जना पारिवारिक सदस्यको मात्र उपस्थितीमा बिवाह सम्पन्न हुनेछ । बिवाह स्थान भने खुलाईएको छैन । मधु भट्टराईको बिशेष आग्रहका कारण मिडियामा स्थान गोप्य राखिएको हमालका सहयोगी रोशन हमालले ठुलोपर्दा डटकमलाई बताए । रिसेप्सन पार्टीमा भने राजेशका शुभचिन्तक सबैको उपस्थिती रहने बताइएको छ । 

राजधानीको एक होटलमा हुने पार्टीमा सञ्चारकर्मी लगाएत आफन्त तथा हमालका साथीभाईको उपस्थिती रहनेछ । झण्डै नौ बर्ष अघि मई २८ तारिकमा मधु-हमालको पहिलो भेट भएको थियो । पाँचतारे होटल हायातमा एक कार्यक्रमको बेला यो जोडीको मिलन भएको थियो । राजेशले आफ्नो भिजिटिङ् कार्ड मधुलाई दिएका थिए भने मधुले पहिलो फोन गरेकी थिइन् । औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरूबीच प्रेम अंकुरण भएको थियो । 

भीरबाट लडेर एकै घरका २ दिदीबहिनीको मृत्यु

एनपि न्यूज डटनेट,०९ जेठ- भीरबाट लडेर रुकुममा एकै घरका दुई जनाको मृत्यु भएको छ । सल्लीकुशम संकलनको लागि स्थानीय स्याल्टेगैरी भिरमा गएकी पुर्तिमकाँडा गाविस वडा नं.७ बुकिचौर निवासी ३२ वर्षिय पवित्रा डांगी र २० वर्षिय कौशिला ओलीको भिरबाट लडेर मृत्यु भएको हो । पशुचौपायालाई बिछ्याउन शल्लीकुसमको भारी बोकेर घर फर्कने क्रममा एक्कासी दुवै जनाको लडेर ज्यान गएको स्थानीयबासिन्दाले बताएका छन् ।

Friday, May 16, 2014

यसरी खरानी भयो सुकुम्बासी बस्ती

काठमाडौं २५ फागुन (ओएनएस) : 
काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी टोलीमा आगालागी भएको छ । अचानक आइतबार दिउँसो आगालगी हुँदा सुकुम्वासीले निर्माण गरेका टहरा र त्यहाँ रहेका सामान जलेको प्रहरीले जनाएको छ । आगलागी भए पछि भागदौड मच्चिएको थियो । आगलागी लगत्तै सुरक्षा निकाय, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको थियो । ती छाप्रामा भारत आन्ध्रप्रदेश घर भएका कवाडी सामानको काम गर्नेहरू बस्दथे। दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा भर्खरै मात्र आगो नियन्त्रणमा आएको छ। आगलागीले छाप्रा नस्ट हुँदा करिब ३० जनाको बास उठेको छ।














Add caption