उनले राष्ट्रपतिय प्रणालीमा गएमा कांग्रेसकै व्यक्ति राष्ट्रपति बनेपनि त्यो निरङ्कुश हुने उल्लेख गर्दै संविधान भन्दा पहिला शासकीय स्वरुप पहिले टुंगो लाग्नु पर्नेमा जोड दिए ।
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गरेपनि र राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन गरेपनि कुरा एउटै भएको बताए । नेता कोइरालाले मिश्रित प्रणालीमा कांग्रेस जान नहुने जिकिर गर्दै कांग्रेस संसदीय व्यबस्थामै जानु पर्ने उल्लेख गरे।
सुधारिएको संसदीय व्यवस्थामा पाँच वर्षमा दुईपटकमात्र अविश्वासको प्रस्ताव ल्याउन पाइने व्यवस्था गर्नु पर्ने बताए । उनले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई सच्चा श्रर्दान्जली दिनका लागि सहमति, सहकार्य र एकताका साथ सवैलाई समेटेर अघि बढ्दै सच्चा श्रद्धान्जलीको रुपमा मुलुकलाई संघीय लोकतान्त्रिक संविधान दिनु पर्ने बताए ।
Saturday, July 5, 2014
जातीय अधिकार दिनु हुँदैन : कोइराला
बदला लिन १५ लाख सुपारी
छिमेकीले हल्ला गरे । आमा चिच्याइन् । उनको निद्रा खुल्यो । आमा 'बुनु मलाई बचाऊ, बुनु मलाई बचाऊ' भन्दै उनको झ्यालतिर आइन् । रेखा आत्तिइन् । कोठा खोल्न खोजिन्, तर बाहिरबाट चुकुल लगाइएको रहेछ ।
भित्रबाट चिच्याइन् । कोठाको झ्यालमा सिसा लगाएको थिएन । त्यहाँबाट कौसीमा निस्किइन् । र, धाराको पानी थापेर ज्यानमा बलिरहेको आगो निभाइन् । आमा 'मलाई पापीले मार्यो' भन्दै कराउँदै थिइन् । बाबुले एकैछिनपछि आएर के भो भने । उनको गला अवरुद्ध भयो । बाबुको गालामा दुई झापड लगाइन् । आमाको जलेको शरीर तन्नाले बेरिदिइन् ।
तल सडकमा ल्याइन् । त्यो बेला एम्बुलेन्स/ट्याक्सी केही पाइएन । प्रहरीको भ्यान आइपुग्यो । आमालाई त्यसैमा राखेर ओम अस्पताल लगियो । ओमले टिचिङ अस्पताल (महाराजगन्ज) पठायो । त्यहाँबाट वीरमा ल्याइयो । ६० प्रतिशत शरीर जलेकी आमाले ७ दिनपछि जेठ १६ गते देह त्यागिन् ।
छिमेकीहरू र अन्यले भने- आमालाई बाबुले मट्टीतेल खन्याएर आगो लगाई मारे । उनले पनि आमाले घाइते हुँदा बोलेको सम्झिइन् । ठानिन्- कान्छी श्रीमतीका कारण बाबुले आमालाई आगो लगाए ।
उनको बुबाले केही वर्षअघि भक्तपुर, गठ्ठाघर बस्ने ममता घिमिरेसँग दोस्रो बिहे गरेका थिए ।
एक वर्षसम्म ममता उनीहरूकै घरमा आएर बसिन् । घरमा दोस्राे बिहेलाई लिएर सधैंजसो झगडा हुन्थ्यो । बुवाले आमालाई हातपात गर्थे । घर छाडेर जा
भन्थे । तर आमाले सहेर बसिन्, प्रहरीमा उजुरी पनि गरिनन् । 'हाम्रा लागि आमाले केही गर्नुभएन,' प्रहरी हिरासतमा भेटिएकी रेखाले गहभरि आँसु पार्दैभनिन्, 'आमा हामीलाई छाडेर गएको भए वा प्रहरीमै गएको भए पनि बित्नु हुन्नथ्यो ।' रेखा र उनकी दिदीलाई लाग्छ- आमा उनीहरूकै कारण मारिइन । किनकि, उनीहरूकै चिन्ताले आमाले कानुनी उपचार खोजिनन् । छोरीहरू भनेर बसिन् । दिदीबहिनीसँगै हुँदा अलि बढी आडभरोसा थियो ।
तर दिदी घटना हुनुभन्दा एक महिनाअघि मात्र अस्टे्रलिया गएकी थिइन् ।
घटनापछि बाबु समातिए, मुरारीलाई जिल्ला अदालत काठमाडौंले १२ वर्ष सजाय तोकेको थियो । उनी आफूमाथि अन्याय भएको भन्दै पुनरावेदन गए । पुनरावेदनले २० वर्ष कैद तोकेको छ । उनले आफू निर्दोष भएको भन्दै पोलिग्राफ टेस्ट गराई मागेका हुन् ।
रेखाले मामाघर बसेर पढाइ थालिन् । तर बाबुले आमाको मृत्युको पीडाले उनलाई सताइरह्यो । जसका कारण आमा मारिइन्, उक्त व्यक्तिसँग बदलाको भावना लिइन् ।
रेखाको ६ महिनाअघि म्यानपावरमा काम गर्ने काभ्रेका युवकसँग चिनजान भयो ।
२३ वषर्ीय आसमान तामाङसँग कान्तिपथको 'नाइन्टिन ओ फाइभ' मा भएको उक्त चिनजान बिस्तारै प्रेममा बदलियो । सुरुमा त रेखाले आसमानसँग आफ्नो विगत बताउन चाहेकी थिइनन् । तर एक दिन अनायासै सुनाइन् । त्यसले रेखाको मनमा भन्दा बढी बदलाको भाव आसमानको मनमा जगायो । 'म उनलाई माया गर्छु, उनको पीडा सहिनसक्नुभयो मलाई,' हिरासतमै रहेका आसमानले भने, 'उनी रोएको देखेपछि बदला लिने अठोट लिएँ ।'
विगत सुनाउने क्रममा रेखा नराम्ररी रोएकी थिइन् । बदला लिन पाए हुन्थ्योसम्म भनिन् ।
पछि दिदीसमेत मिलेर उनीहरूले सौतेनी आमा (ममता) लाई मार्ने योजना बनाए । रेखाले आसमानलाई ममताको हुलिया बताइदिइन्, जो केन्द्रीय कारागारमा बाबुलाई भेट्न आउँथिन् । आसमानले कारागार गएर ममताको फोटो मोबाइलमा खिचेर ल्याए । त्यसमा सानो छोरा पनि थिए । आसमानले म्यानपावरमा काम गर्ने स्रोह्रखट्टेका सुशील नापितलाई यो काम सुम्पिए । सुशीलले चिनजानका केटाहरूले काम गर्ने तर पैसा धेरै लाग्ने बताए । २० लाख रुपैयाँ मागे । आसमानले महँगो भयो भने । पछि १५ लाखमा कुरा मिल्यो । आसमानले रेखालाई यसबारे बताए ।
अस्टे्रलियाबाट दिदीले समेत खर्च पठाउने कुरा भयो ।
रेखाले आफ्ना सुनका गरगहना आसमानलाई दिइन् । त्यसलाई रेखा र आसामानले नयाँ बजारको एउटा सुन पसलमा धरौटी राखे । त्यसबाट आएको ५० हजार रुपैयाँ सुशीललाई दिए । बाँकी काम भएपछि दिने सर्त राखे ।
नापितका दुई केटाहरू सुरेश गुरुङ र शेषमान तामाङले काम गर्ने भए । उनीहरू मोटरसाइकल लिएर ममता बस्ने घरतर्फ रेकी गर्न थाले । ममताको गठ्ठाघरको डेरा र कौशलटारस्थित छोराको स्कुलमा आउजाउ गर्थिन् । २ दिन पिछा गरेपछि उनीहरूले ममतालाई बाटोमा रोकेर गफ गर्न थाले ।
तिमीलाई सौताका छोरीहरूले मार्ने योजना बनाएका छन्, जोगिएर हिँड भनेर सुनाए । सौतेनीे छोरो जन्मेको ९ दिनमा श्रीमान् जेल गएको भन्दै रोईकराई गरिन् । सुरेश र शेषमानले आफूहरूले भनेजसो गरे नमार्ने भन्दै फकाउन थाले । २/३ दिनसम्म पिछा गरिरहेपछि सौतेनी आमासँग उनीहरूको फोन नम्बर मागिन् । आफ्नोचाहिँ पुरानो नचल्ने नम्बर दिइन् । अनि केही पर्यो भने फोन गर्छु भनिन् ।
त्यसपछि ममताले प्रहरी वृत्त ठिमीमा उजुरी दिइन् । ती दुई नम्बर टिपाइन् । प्रहरीले दुवै केटालाई पक्रियो । अनि बिस्तारै खुल्यो, बदलामा गर्न लागिएको हत्या योजनाको रहस्य ।
हत्यापछि आसमान र रेखाले फोटो खिचेर ल्याउनु भनेका थिए । तर उनीहरूले मार्न नपाउँदै प्रहरीले दबोच्यो । ठिमी वृत्तका डीएसपी भीमकिरण बोगटीका अनुसार केटाहरूले हत्या गर्ने मौका खोजिरहेका थिए । ममतालाई फकाएर ट्याक्सीमा राख्ने, अनि एकान्तमा लगेर हत्या गर्ने उनीहरूको योजना हुनुपर्ने बोगटीको अनुमान छ । 'उनीहरूका साथमा फेला परेको सेतो ग्लोब्सले पनि यसको पुष्टि गर्छ,' डीएसपीले भने 'भीडभाड र सहरमा आक्रमण गर्दा हल्ला हुने र पक्राउ पर्ने भएकाले सावधानीपूर्वक योजना बनाएको हुनुपर्छ ।'
७१ वर्षीया वृद्धा बलात्कृत
बुटवल, असार २१ - बुटवलमा ७१ वर्षिया वृद्धा बलात्कृत भएकी छन् । बलत्कारबाट जोगिन खोज्दा शरीरकमा चोटसहित वृद्धाको दाहिने हात भाच्चिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रिक्सा चलाउने पाल्पा रामपुर ४ का ३३ वर्षीय कुलबहादुर परियारलाई बलत्कारको आरोप लागेको छ ।
मंगलबार बिहान बुटवल ९ दीपनगरमा रहेको सभागृहमा रक्सीले मात्तिएका परियारले वृद्धाको दुवै हात बांधेर बलत्कार गरेका थिए । रगताम्य उनलाई अपरान्ह स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल पुर्याएको थियो ।
प्रहरी नायव उपरीक्षक दिनेशकुमार आचार्यले अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा जवरजस्ती करणीको मुद्दा दायर गरी अनुसन्धान थालिएको बताए । वृद्धालाई महिला पुर्नस्थापना केन्द्र ओरेकको संरक्षणमा राखिएको छ । वृद्धाका अनुसार करिब ११ वर्षअघि श्रीमान् मरेपछि उनी दिनभर खाने खर्च जुटाउन काम गर्ने र रात परेपछि दीपनगर आसपासका मन्दिर, घर लगायतको ओत लागेर बस्ने गर्छिज । एक महिना यता सिद्धेश्वरीमा रहेको सभागृहको कोठा खाली भएपछि त्यही बस्न थालेकी थिइन् ।
जाजरकोटबाट ४ करोड बाहिरियो
जाजरकोट, असार २१ - जिल्लाका स्थानीयले पनि विनविनलाई ४ करोड बुझाएको खुलेको छ । स्थानीयले मासिक १ लाख भारु तलब पाउने आशामा कम्पनीको सदस्य बन्दै रकम बुझाउने गरेका हुन् । यहाँबाट मात्रै विनविन कम्पनीको सेयर सदस्य बनेर रकम बुझाउनेको संख्या ४ सय नाघेको खलंगा-७ का शिवजी वलीले बताए । सदस्य बन्नेले जनही ४० हजारदेखि २ लाखसम्म बुझाएका उनको भनाइ छ ।
रकम बुझाउनेमा बेरोजगार, कर्मचारी, सेना, प्रहरी, व्यापारी, शिक्षक रहेको उनले बताए । स्थानीयलाई बनारस पुर्याउन खलंगा-६ का माहेन विष्ट र सुर्खेतका रामप्रसाद चौधरी सक्रिय रहेको बताइएको छ ।
हल्लैहल्लामा बनारस पुग्ने र ७ दिनको प्रशिक्षण लिएपछि कम्पनीको सदस्य बनेर रकम बुझाउने गरेका हुन् ।
बनारस पुर्याएर ठगी गर्ने एजेन्ट हाल जिल्लाभरि सक्रिय छन् । छोटो समयमा सहज तरीकाले ठूलो रकम कमाउने आश्वासन पाएपछि एकपछि अर्को गर्दै ठूलो संख्यामा स्थानीय बनारसतर्फ लाग्ने गरेका छन् ।
कतिपयले त नेटवर्क बिजनेसले धोका दिन्छ भन्दा पनि विश्वास नगरेको वलीको भनाइ छ । कम्पनीप्रति व्यग्र विश्वास गर्दै त्यसतर्फ जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । विनविन कम्पनीको सदस्य बन्नेमा खलंगा, ढिमे, डाँडागाउँ, लहँ, खगेनकोटलगायत गाविस स्थानीय बढ्ता रहेका छन् ।
भारतमा पुरिएर ४ नेपालीको मृत्यु
जाजरकोट , असार २१ - भारतको हिमाञ्चल प्रदेश किनोर जिल्लाको भावानगरस्थित पान्नीखोलामा पर्खार्ल भत्किंदा ४ नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ ।
विद्युत पावर हावसको माथिल्लो भागको मेसिनरी पर्खाल भत्किंदा जाजरकोट डाँडागाउँ-३, चिउरीका २२ वर्षीय पृथ्बी चनारा, १७ वर्षीय कबीराज चनारा, १९ वर्षीय मानराज चनारा र १८ वर्षीय ज्वाला चनाराको मृत्यु भएको हो । उनीहरु चारैजनाको पावरहावसको जग पुर्ने काम गरीरहेको बखत एक्कासी भत्केको पर्खाल मुनि पुरिएर मृत्यु भएको प्रत्यक्षदर्शी परवीर चनाराले बताए ।
मृतकहरु एउटै गाउका दाजुभाइ हुन् र उनीहरु भारतको आस्था कम्पनीमार्फत गत जेठ पहिलो सातादेखि विद्युत पावर हाउसमा मजदुरी गर्दै आएका थिए ।
Thursday, June 26, 2014
मुलरको जर्मनीविरुद्ध क्लिन्सम्यानको अमेरिका
जर्मन प्रशिक्ष्ाक जोचिम लोले आफ्नो आक्रमण कस्तो बनाउनेछन् भन्न गाह्रो छ । तर बिहीबार अमेरिकासँगको खेलमा लोको आक्रमणमा मुलर प्रमुख हतियार हुनेछन् । अमेरिका र जर्मनीले बराबरी खेलेमा दुवै टिमले नकआउट चरणको यात्रा तय गर्नेछन् । त्योसँगै अर्को पोर्चुगल र घाना बाहिरिनेछन् । 'हामी राम्रो खेल्न चाहन्छौं । गोल नखाने र समूहविजेता बन्ने हो । तर त्यसका लागि धेरै सहज हुनुपर्छ,' मुलरले भने,'नभए प्रतियोगिता धेरै छोटो हुन सक्छ ।'
हारका बावजुत पनि जर्मनी अघि बढ्न सक्छ । किनकि उसको प्लस ४ गोल छ । र, साथमा अमेरिकासँगै समान ४ अंक पनि । घाना र पोर्चुगलको भने समान १ अंक छ । मुलरले पोर्चुगलविरुद्धको ४-० को जितमा तीन गोल गरेका थिए ।
र, घानासँगको २-२ को बराबरीमा पास उपलब्ध गराइदिएका थिए । उनी दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपमा उच्च गोलकर्ता भएका थिए । उनले त्यसबेला ५ गोल गर्दै ३ गोलका लागि पास मिलाइदिएका थिए ।
लोले शुद्ध स्ट्राइकरका रूपमा खेलाउन सक्छन् वा उनले भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोजलाई अघिको जिम्मेवारी दिएर मुलरलाई दायाँ विङ्सको जिम्मेवारी दिन सक्छन् । ब्राजिलियन स्टार नेयमरले मुलरले भन्दा एक गोल बढी गरेका छन् । तर जर्मन स्ट्राइकर आफू उच्च स्कोरर बन्ने अभियानमा नरहेको बताउँछन् । नेयमरले चार गोल गरिसकेका छन् । 'मैले त्यो कुरा पछिल्लो पटक पाइसकें ।
यस पटक त्यो भन्दा ठूलो विश्वकप नै जित्न चाहन्छु,' मुलरले भने,'मैले गोल गरें भने त्यो सुनमा सुगन्ध हो ।' मुलरलाई रोक्न विपक्षीलाई गाह्रो पर्छ । जर्गेन क्लिन्सम्यान अहिले अमेरिकी प्रशिक्षक हुन् । क्लिन्सम्यान सन् २००६ मा जर्मनीका प्रशिक्ष्ाक थिए ।
उनले आफू बायर्न म्युनिकको प्रशिक्षक हुँदा मुलरलाई सिनियर टिममा ल्याएका हुन् । पछि लुइस भान गालले मुलरलाई नियमित खेलाडीका रूपमा उतारे । 'मुलर सधैं खेल्छन्,' सधैं घुमिरहने प्रशिक्षकको उपनाम पाएका क्लिन्सम्यानले भने । यसलाई अमेरिकी टिमभन्दा पनि क्लिन्सम्यान र जर्मनीबीचको खेलका रूपमा हेरिएको छ । तर मुलर भने क्लिन्सम्यान नभई जर्मनी अमेरिकाविरुद्ध खेल्न लागेको बताउँछन् ।
पेसावरमा उडिरहेको विमानमा आक्रमण एकको मृत्यु, दुई घाइते
यस्तो विषम परिस्थितिमा पनि चालकले धैर्य र हिम्मतका साथ विमानलाई सकुशल अवतरण गराएर ठूलो दुर्घटना टारेका थिए । सुरक्षा अधिकारीहरूले ती बन्धुकधारीको खोज गरिरहेको बीबीसीले जनाएको छ ।
तीन साताअघि कराँची विमानस्थलमा तालिवानहरूले आक्रमण ठूलो मानवीय हताहती भएको थियो । कराँची घटनापछि सेनाले उत्तरी बजिरिस्तानको आदिवासी क्षेत्रमा तालिवानविरुद्ध भीषण आक्रमण गरिरहेको छ । यसले प्रतिकारमा तालिवानबाट थप आक्रमण हुने खतरालाई बढाएको छ ।
सन् २०१२ को डिसेम्बरमा पनि पेसावर विमानस्थलमा तालिवानको रकेट आक्रमणमा ४ नागरिकको ज्यान गएको थियो । पाकिस्तान हवाई बल र कमर्सियल उडानका लागि उक्त विमानस्थलको प्रयोग हुँदै आएको छ ।
Subscribe to:
Posts (Atom)