Saturday, August 2, 2014

सुनकोशी नदी थुनिएपछि गाउँलेको भागाभाग, सयौ घर डुवानमा, ४० घर बगायो- भिडियो सहित)

गाउँले डनको आक्रमणबाट नाबालक सहित ९ जना घाइते उमाकान्त खनाल

झापाः गाउँले डनको आक्रमणबाट झापाको पाँचगाछीमा २ वर्षीय नाबालक सहित ९ जना सख्त घाइते भएका छन्। गएको मंगलबार राति स्थानीयबासी बिना कारण गाउँले डनको कुटाइबाट घाइते भएको घटना शुक्रबार मात्रै सार्वजनिक भएको हो। घटना सार्वजनिक गरे कसैलाई नछाड्ने धम्की दिएकाले पीडित न्यायका लागि प्रशासन समक्ष आउन सकेका थिएनन्। स्थानीय अगुवाले पीडितलाई साथ दिएपछि ४८ घन्टापछि मात्र घटना सार्वजनिक गर्दै न्यायका लागि पीडित प्रहरी समक्ष आएका हुन्। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार पाँचगाछी १ का ५१ वर्षिय तेजबाहादुर कार्की , ५६ बर्षिय डिल्लीप्रसाद सुवेदी, २ बर्षिय शेखर सुवेदी, ४७ बर्षिय जानुका कार्की, ४६ बर्षिय चन्द्रकुमार कार्की , २२ बर्षिया सुस्मा कार्की, १४ बर्षिया सुनिता कार्की, १६ बर्षिया दुर्गा सुवेदी र २८ बर्षिय उमेश कार्की डनको कुटाईबाट घाइते भएका हुन । 

उनीहरुको स्थानीय मेडिकल पसलमा उपचार भएको स्थानीय राजु श्रेष्ठले बताए। घाइते मध्ये २ वर्षीय बालक शेखर र चन्द्र कुमारी कार्कीको अवस्था गम्भीर छ। घाइते बालकको नाक र आँखामा गम्भीर चोट लागेको छ। गाँउलेका अनुसार मदिराले लठ्ठ भएका डनको समूहले ति अवोध बालकलाई बाँसको डण्डी प्रहार गरेका थिए। उनलाई थप उपचारका लागी मेची अञ्चल अस्पताल भद्रपुर लगिएको अर्का घाईते तेजवहादुर कार्कीले बताए । प्रहरीले झापा धरमपुर २ वस्ने १८ बर्षिय जीवन भुजेल , १९ बर्षिय किरण तामाङ्ग, १९ बर्षिय मिलन तामाङ्ग , २१ बर्षिय प्रदिप तामाङ्ग , १९ बर्षिय रवीन लिम्बू , २८ बर्षिय दिलवाहादुर घिसिङ्ग र २७ बर्षिय संजिव लिम्बूले गाउँले माथि अन्धाधुन्द कुटपिट गरेको बताएको छ। ‘

गर्मीका कारण बाटोमा हावाको खोजी गर्दै बसेका थियौ, उनीहरु आएर जथाभावी कुटपीट गर्न थाले,’ घाईते तेजवाहादुरले भने । कुनै गल्ती नै नगरी हल्ली खल्ली गर्दै हातमा बोकेका बाँसका डण्डीले प्रहार गरेको घाइतेले बताए । घाईतेले फेरी कुटाइ खाने त्रासका कारण नाम सार्वजनिक चाहिरहेका थिएनन्। प्रहरीले कुटपिट गर्नेमाथि ज्यान मार्ने उद्योगमा मुद्धा चलाइने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरञ्जीवी दहालले बताए । तर, आक्रमण गर्नेहरु फरार रहेका कारण पक्राउ पर्न सकेका छैनन्। गाउँलेलाई कुटपिट गरेको अघिल्लो दिन पनि पाँचगाछी १ मा निर्माणाधिन पुलमा काम गर्ने आधा दर्जन निर्माण मजदुर पनि उनीहरुको आक्रमणमा परेका स्थानीयबासी बताउँछन्।

सुनकोशी नदी डुबानमा सातको मृत्यु, २० घाइते, चारको अवस्था गम्भिर

सुनकोशी नदी डुबानमा सातको मृत्यु, २० घाइते, चारको अवस्था गम्भिर सिन्धुपाल्चोक, श्रावण १७ । सिन्धुपाल्चोकको राम्चे गाविसबाट आएको पहिरोले सुनकोशी नदी थुनिँदा डुबान हुँदा हालसम्म ७ जनाको मृत्यु भएको छ भने नदी छेउका १२ बढी बेपत्ता भएका छन् । घाइते भएका २० जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सयौं घर डुबानमा परेका छन् । भोटेकोशी र सुनकोशीको दोभान कटिसकेपछि सुनकोशी भएर बगेको नदी शुरु भएको ठाउँमै थुनिएको हो । आज बिहान ३ बजे एक्कासी आएको पहिरोले अरनिको राजमार्गको ड्याम साइड नजिक राम्चे ५ स्थित जुरेमा नदीको बहाव थुनिएको हो । पहिरोले नदी थुनिएपछि नदीको बहाव नै पूर्ण रुपमा रोकिएको छ । 

गृह मन्त्रालय आपत्कालीन कार्य संचालक केन्द्रका अनुसार भोटेकोशीको ९० प्रतिशत पानी थुनिएको छ भने १० प्रतिशत मात्र पानी बगेको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान माइकिङमार्फत् आग्रह गरिरहेको छ । १ सय ५० मिटरमाथिसम्म जमेर ताल बनेको पानीले जुरेका दर्जनौं घर र बाह्रबिसे बजारसमेत डुबाउन थालेको छ । डुवानमा परेकालाई सेना, प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ सारिँदै छ । पानीले सडक डुबाउँदा राजमार्गमा चल्ने सबै सवारी साधन दोलालघाटबाटै काठमाडौंतर्फ फर्काइएको छ । उद्धारका लागि पैदल मार्ग भएर सुरक्षाकर्मी जाने अवस्था नभएपछि काठमाडौंबाट सेनाको हेलिकप्टरसहितको टोली घटनास्थलतर्फ गएको छ । पहिरोका कारण सानीमा हाइड्रोपावरको साढे २ मेगावाटको सुनकोशी जलबिद्युत परियोजना पनि डुवानमा परेको छ । 


आसपासका लामोसाँघु, खाडीचौर, सुकुटे, चेहेरे लगायत २० किलोमिटर आसपासका बासिन्दा बजार छाडेर डाँडामा गएर बसेका छन् । नदीको बहाव एक्कासी फुटेमा यी सबै बजार डुब्न सक्ने खतरामा छन् । विहान तीन बजेदेखि थुनिएको नदी खुलाउन नसक्दा लगातार पानीको स्तर बढ्दै गएको छ । ती क्षेत्रमा अहिले बिजुली र टेलिफोन सेवासमेत अवरुद्ध बनेको छ । सुनकोशी थुनिएर बाटो बन्द हुँदा सिन्धुपाल्चोकलगायत दोलखा, रामेछाप, सिन्धुली र काभ्रेका सर्वसाधारण समेत प्रभावित बनेका छन् । यता, गृह मन्त्रालयले थुनिएको ताल बनेको फुटेर कुनै पनि बेला दुर्घटना हुनसक्ने भएकाले सुरक्षित स्थानतर्फ जान सर्वसाधारणलाई आग्रह गरेको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सूचना जारी गर्दै प्रभावितलाई सुरक्षित स्थानतर्फ जाने व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।





Thursday, July 31, 2014

राजेशपायलका बारे समाचार लेख्ने पत्रकारलाई मलेसियामा मार्ने धम्की

राजेशपायलका बारे समाचार लेख्ने पत्रकारलाई मलेसियामा मार्ने धम्की मलेसिया । तेरिया मगर सम्मान कार्यक्रममा गायक राजेशपायल राईले बिबाद गरेको विषयमा समाचार लेखेका पत्रकार भुमि पराजुलीलाई ज्यान मार्ने धम्की आएको छ । गत आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित द खुकुरी रेष्टुरेन्टमा भएको घटनालाई समाचार वनाएको भन्दै नचिनेका व्यक्तिले पराजुलीलाई धम्की दिएका हुन । सोमवार उनले उज्यालो ९० नेटवर्कमा राजेशपायल राई र तेरिया सम्मान कार्यक्रमको आयोजक आदिबासी जनजाति महासंघ मलेसियाबीचको विवादका विषयमा समाचार लेखेका थिए । 

तेरिया भन्दा आफू वरिष्ठ भएको भन्दै राजेशपायलले आफूलाई पहिले सम्मान गर्नुपर्ने भन्दै विवाद झिकेपछि झडप भएको कार्यक्रमका प्रत्यक्षदर्शी टीका श्रीसले पत्रकारहरुलाई जानकारी गराएका थिए । तर, सोही विषयमा समाचार लेखेका पराजुलीलाई लुकाउनुपर्ने समाचार किन लेखेको भन्दै धम्की आएको हो । समाचार लेखेदेखि नै नचिनेको टेलिफोन नम्बरबाट बारम्बार धम्की आएको उनले बताए । टेलिफोनमा आएको धम्कीलाई आफूले रेडर्क गरेर सुरक्षित राखेको पराजुलीले बताए । पराजुलीले जीवन रक्षाका लागि माग गरेका छन् ।

नेपाली ATM बाट यसरी पैसा चोरियो !

Prime Story-Tirthayatri Bus Accident-July 16 (video)