Monday, March 3, 2014

आर्थिक गतिविधि सन्तोषजन रहेको राष्ट्र बैंकको ठहर

१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले संविधानसभाको निर्वाचन भई राजनीतिक स्थिरता देखिएकाले मुलुकका आर्थिक सूचकांकहरुमा सन्तोषजनक सुधार आएको दाबी गरेको छ । राष्ट्र बैंकका अनुसार घरजग्गा कारोबारमा सुधार आएको छ भने शेयर बजारमा समेत वृद्धि भएको छ । राष्ट्रबैंकका गभर्नर डा. युवराज खतिवडाले सोमबार राजधानीमा आर्थिबक वर्ष ०७०/०७१को मौदि्रक नीतिको अर्धवाषिर्क समीक्षा सार्वजनिक गर्दै आर्थिक गतिविधिमा सन्तोषजनक सुधार देखिएको बताएका हुन् । ‘

dr yawraj 1

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मौदि्रक नीति सार्वजनिक भएयताको आर्थिक क्रियाकलाप सन्तोषजनक रहेको छ,’ खतिवडाद्वारा रार्वजनिक गरिएको समीक्षा प्रतिवेदनमा भनिएको छ,-’समयमै पूर्ण आकारको बजेट आएको, संविधानसभाधको चुनाव भई राजनीतिक गतिरोधमा सुधार देखिएको, मौसम अनुकूल भएकाले कृषिजन्य उत्पादन बढ्ने देखिएको र श्रम सम्बन्ध सुमधुर देखिएकाले चालु आर्थिक वर्षमा ५.५ प्रतिशतको लक्षित आर्थिक वृद्धिदर हासिल हुन सक्ने देखिएको छ ।’ खतिवडाको समीक्षा प्रतिवेदना भनिएको छ,-’घरजग्गा कारोबारमा सुधार भएको छ, शेरय मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।’ 

तर, शेयर कारोबारको विस्तारले वित्तीय क्षेत्रमा पार्न सक्ने प्रभावप्रति राष्ट्र बैंक सतर्क रहेको खतिवडाले बताएका छन् । त्यसैगरी ८.० प्रतिशितको मुद्रा स्फिति दर केही बढ्न गई ८.५ प्रतिशत पुग्न सक्ने संशोधित अनुमान गरिएको खतिवडाले बताएका छन् । उच्च तरलताका कारण बैंकको ब्याजदर घट्दै गएको बताइएको छ । कतिपय क्षेत्रमा कर्जाको व्याजदर अपेक्षाकृत घट्न नसकेकाले कर्जा र निक्षेपवीचको भारित अन्तर ६.८५ प्रतिशत रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । विश्वको आर्थिक स्थिति अमेरिका र युरोपको आर्थिक मन्दीमा सुधार देखिने भएकाले विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशत पुग्ने अन्तरराष्ट्रिय मुद्रा कोषको प्रक्षेपण रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै भारतको आर्थिक वृद्धिदर ४.४ बाट बढेर ५.४ पुग्ने बताइएको छ भने चीनको आर्थिक वृद्धिदर चाँहि ७.७ बाट संकुचन भई ७.५ पुग्ने मुद्रा कोषलाई उधृत गर्दै बताइएको छ । 

नेपालमका समग्र कृषि क्षेत्रको वृद्धिदर सन्तोषजनक रहेको खतिवडाले जनाएका छन् । लगानी मैत्री वातावरण हुने अनुमानका आधारमा थप सुधार हुने अनुमानसमेत गरिएको छ । धानको उत्पादन १२.० प्रतिशत र मकैको उत्पादनमा ९.८ प्रतिशतले बढेको खतिवडाद्वारा सार्वजनिक गरिएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

दिलशोभाले रुँदै सोधिन्- बालबच्चा कहाँ, कसरी राखिएको छ

१९ फागुन, काठमाडौं । अनुमति नलिई बालगृह सञ्चालन गरेको भन्दै छापा मारिएको आमाघरमा यसअघि केन्द्रीय बालकल्याण समिति स्वयंले बालबालिका संरक्षणका लागि पठाउने गरेको पाइएको छ । गत जेठ १७ गते बालकल्याण समिति मुगुको श्रीकोट गाविस-२ का खड्गबहादुर शाहीको छोरा ६ वर्षीय बलिराजलाई संरक्षणका लागि आमाको घरमा पठाएको पत्र अनलाइनखबरले प्राप्त गरेको छ । अधिकृत रामबहादुर चन्दले हस्ताक्षर गरेको पत्रमा शाहीकी पत्नीको मृत्यु भएको र घरको आर्थिक अवस्था कमजोर भएको भन्दै लालनपालन र शिक्षा दीक्षासहित संरक्षण दिन आग्रह गरिएको छ । पत्रको बोधार्थ जिल्ला बालकल्याण समिति मुगु र काठमाडौंलाई बोधार्थ पठाइएको छ ।
 Bal-kalyan

Bal-kalyan ‘मैले दुःख पाएका बा-आमा र बालबालिकालाई माया दिएको हो’ दिलशोभाले अनलाइनखबरसँग भनिन्-’यदि मैले गैरकानूनी काम गरेको भए किन बालबालिका पठाएको होला ?’ त्यसो त डा. बाबुराम भट्टराई सरकारका पालामा बद्री न्यौपाने समाज कल्याणमन्त्री भएका बेला समाज कल्याण परिषद्ले दिलशोभालाई समाज सेवा पुरस्कारै प्रदान गरिएको थियो । उपराष्ट्रपतिको समेत हस्ताक्षर रहेको सम्मानपत्रमा निःसहाय ज्येष्ठ नागरिकहरु तथा असहाय बालबालिकाको संरक्षण, सम्मान र व्यवस्थापनमा योगदान पुर्‍याएवापत पुरस्कृत गरिएको उल्लेख छ । 

Dil-Shova-1

Dil-Shova-1 दिलशोभाका अनुसार आमाघरमा ५३ बालबालिका रहेकोमा ३७ जना सरकारले लगेको छ । ‘९ जना परोपरकारमा पढिरहेका छन् । ३ जना पोखरामा छन् । ३ जना सेन्ट जेभियरमा छन्’ उनले भनिन्-’मेरो माइतीको भाइले दिदी तपाईमात्र कति सेवा गर्नुहुन्छ भनेर एक जना लगेर भाञ्जा पालेको छ ।’ दुई जनालाई विदेश पठाएको भनिएको छ नि भन्ने प्रश्नमा दिलशोभाले भनिन्-’उनीहरु स्कलरसिपमा पढ्न गएका थिए । नेपाल आइसके । उनीहरु अहिले ठूला भइसकेे, नेपालमै छन् ।’ 

उनले आफ्नो आश्रमबाट कसैलाई पनि धर्मपुत्र धर्मपुत्रीका रुपमा विदेश नपठाएको समेत प्रष्ट पारेकी छिन् । दिलशोभालाई बच्चाको पढाइको चिन्ता अनलाइनखबरको टोली आमाघरमा पुग्दा दिलशोभा बालबालिकाको किताव कापी सुम्सुम्याइरहेकी थिइन् । ‘उनीहरुलाई कहाँ लगियो होला ? भेट्न पठाएको पनि भेट्न दिएनन्’ भक्कानिँदै उनले भनिन्-’उनीहरुको पढाइ के हुन्छ होला ? कसरी राखिएको छ होला ?’ ती केटाकेटीलाई हामीले सानो पाइलामा राखेको भेटायौं । तस्वीरसहितको समाचार छ भनेपछि दिलशोभाको मुहारमा एकाएक खुसी छायो । आमाघरका स्वयंमसेवक जिजेन शाहीले मोवाइलमा अनलाइनखबरले प्रकाशित गरेको तस्वीर देखाएपछि उनले तस्वीरलाई औंलाले देखाउँदै नाम भन्न थालिन् ।
 Dil-shova-2

Dil-shova-2 यो क्रममा उनी बारबार बच्चाहरुको पढाइ के हुन्छ ? मैले पाँच/छ वर्ष पालेर हुर्काएका बच्चाहरु के गरिरहेका होला भनेर प्रश्न सोधिरहिन् । दिलशोभाले भनिन्-’बच्चाहरुको किताब कापी देख्दा पनि मलाई उनीहरुकै यादले सताउँछ, लुगा देख्दा तिनकै याद आउँछ । उनीहरुको कोठामा पस्नै सकेकी छैन ।’ पछिल्लोपटक थप तीनजना केटाकेटी उठाएर लैजाँदा उनीहरु भक्कानिएर रोएको दृश्य सम्झँदै उनले आँशु खसालिन् । ‘बच्चाहरुलाई असल नागरिक बनाउँला भन्ने सोचेकी थिएँ ।’ 

उनले भनिन्, ‘उनीहहरुलाई सरकारले राम्रो गरोस्, ममाथि लागेको आरोपको उचित छानविन गरी मलाई न्यया दोओस् ।’ तर, अहिलेसम्म कसैले उनलाई छानविन र सोधखोज नगरेको उनले बताइन् । आफूलाई कतिपयले फोन गरेर माइतीघर मण्डलामा प्रदर्शन गर्न जाऔं, टायर बालौं भनेको सुनाउँदै उनले भनिन्- ‘मैले त्यस्तो केही गरेकी छैन, नेवारहरुले आन्दोलन गरौं भनेका छन्, तर मेरा लागि सबै मानव बराबर हुन् । म उमेर, जात र धर्मका आधारमा सबैलाई एउटै नजरले हेर्छु ।’ 

प्रधानमन्त्री कोइराला र भारतीय समकक्षी सिंहबीच भेटवार्ता

susul-with-Manmohan--1१९ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ । बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमार पुगेका कोइराला र सिंहबीच साइडलाइन भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी हितबारे कुराकानी भएको थियो । भेटपछि भारतीय प्रधानमन्त्री सिंहको अपिसियल ट्वीटमा भनिएको छन्-’चुनावमा विजयी भएकोमा बधाइ छ । म तपाईको सफलताको कामना गर्दछु ।

Sunday, March 2, 2014

गोरु काट्ने’ लाई रिहा गर्न भन्दै जनजातिको धर्ना

Aadibasi Dharna Dhankutaसन्तोष रुचाल १८ फागुन, धनकुटा । गोरु काटेको आरोपमा पक्राउ तीनजना कार्यकर्ता रिहा गर्न माग गर्दै आदिवासी जनजातिहरु धर्नामा बसेपछि जिल्ला प्रहरी कार्यालय धनकुटा आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् र नगर समन्वय परिषदका कार्यकर्ता तथा आदिवासी जनजाति पत्रकार महासंघ सम्बद्ध पत्रकार कालो ब्यानरसहित प्रहरी कार्यालय अगाडि धर्ना बसेका हुन् । आन्दोलनकारी र प्रहरीवीचको बार्ता असफल भएपछि प्रहरी कार्यालय क्षेत्रमा तनाब बढेको हो । 

धर्नारत आदिवासी जनजातिले प्रहरी कार्यालयको मुलगेटमा प्रर्दशन गरेका छन् । ग्याल्पो लोसारको अवसरमो हिलेबजार निवासी पासाङ शेर्पाको घरमा गोरु काट्दै गरेको अवस्थामा शेर्पासहित खाँदबारी नपा-१ संखुवासभा स्थायी घर भई हिलेमा बस्दै आएका ३८ वषर्ीय प्रेम राई र छिन्नामखु-८ का भोजपुरका ६६ वषर्ीय सुम्बा शेर्पालाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । 

प्रहरी चौकी हिलेको टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि रिहा गराउन आदिवासी जनजाति महासंघका केन्दि्रय सदस्य सञ्जयसन्तोषी राई, महासंघका पुर्व जिल्ला अध्यक्ष पार्वती राई र नेपाल अभिभावक संघका जिल्ला अध्यक्ष सुन्दरबाबु श्रेष्ठ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले पक्राउ परेकालाई रिहा गर्न नमानेपछि जनजाति नेताहरु रातभर प्रहरी कार्यालय परिसरमा धर्ना बसेका थिए । विनाशर्त रिहाईको माग गर्दै धर्ना बसेका तीनजनाले आइतबार विहान पनि धर्ना नतोडेपछि प्रहरीले हटाएको थियो । 

धर्नामा बसेकालाई जबरजस्ती बाहिर निकालेपछि आदिवासी जनजातिहरु आक्रोशित भई प्रहरी कार्यालयको मुलगेटमा धर्ना दिएका छन् । रिहा नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् । मुलुक धर्मनिरपेक्ष भइसकेको अवस्थामा शेर्पाहरुले गोरु काटेर चाड मनाउनु उनीहरुको अधिकार भएको आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य सञ्जयसन्तोषी राईले बताए । 

प्रहरीले भने मुलुक धर्मनिरपेक्ष राष्ट्र भएपनि चौपाया सम्बन्धी मुलुकी ऐनको १ नं. महलमा गाई, गोरु लगायतका चौपाया काट्न नहुने भनिएको जनाएको छ । गाई गोरु काटिए मुलुकी ऐनको ११ नं. महलमा सजाय हुने ब्यवस्था भएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक बासुदेव चौधरीले बताए । 

आदिवासी जनजातिसँग भएको बार्तामा पक्राउमध्ये पासाङ र सुम्बालाई तत्काल रिहा गर्ने र प्रेमलाई कानुनी प्रक्रिया पुर्‍याएर केहीमा रिहा गर्ने भन्दा आदिवासी जनजातिका प्रतिनिधिले अस्वीकार गरेको प्रहरी निरीक्षक चौधरीले बताए । आदिवासी जनजाति महासंघका प्रतिनिधिले भने एउटै घटनामा तीनजनालाई पक्राउ गरेकाले उनीहरुको विनाशर्त रिहाई नभएसम्म धर्ना नछोड्ने अडान लिदै आएका छन् । आफूहरुको मागको प्रशासनले वेवास्ता गरे आन्दोलन जारी राख्ने आदिवासी जनजाति महासंघ धनकुटाकी पुर्व अध्यक्ष पार्वती राईले बताइन् । - onlinekhabar

एसिया कपमा भारत र पाकिस्तानको भिडन्त आज

१८ फागुन, काठमाडौं । एसिया कप क्रिकेटमा आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने–सामने हुँदैछन् । प्रतियोगितामा दुई खेल खेलेका दुबै टोलीले एकमा जित र एकमा हार व्यहोरेका छन् । पाकिस्तान श्रीलंकासँग १२ रनले पराजित भयो भने अफगानिस्तानलाई ७२ रनले हरायो, त्यो पनि एक बोनश अंकका साथमा । भारतले पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हरायो भने दोस्रो खेलमा श्रीलंकासँग २ विकेटले पराजित भएको छ । आजको भिडन्त प्रतियोगिताको सबैभन्दा रोमान्चक खेल हुन सक्नेछ । किनकी भारत र पाकिस्तानबीचको भिडन्त दुबै देशका लागि प्रतिष्ठाको विषय मात्र नभइ क्रिकेट फ्यानहरुका लागि पनि प्रतिक्षा गरिएका खेल हो हो । भारत र पाकिस्तान गत वर्ष इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफीमा भिडेका थिए । वर्षाका कारण प्रभावित खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लुइस नियमका आधारमा ८ विकेटले पराजित गरेको थियो ।onlinekhabar

परिवार पाल्ने भरपर्दो माध्यम बाँसका सामाग्री

ज्ञानेन्द्र खड्का १८ फागुन, काठमाडौं । चाबहिल चोकको फुटपाथमा फिँजाइएका पसल नजिकै बाँसका र्‍याक मिलाउँदै थिए, ललितपुरको गोदावरीका च्याङ्बा दाइ । उनीको टोपी, कालो ज्याकेट र नेपालमै बनेको चप्पल लाएका च्याङ्बा बाँसका र्‍याकको भारी मिलाउन मग्न थिए । च्याङ्बा दाइले र्‍याकको भारी मिलाउँदै गर्दा यो संवाददाताले उनीतिर क्यामेरा तेस्र्याउादा मुस्काउन थाले । ‘सर केका लागि फोटो खिच्न थाल्नुभयो, हामीजस्ता गरीखाने मान्छेको ?’ उनले पत्रकारलाई प्रश्न तेस्र्याए । 

Chyangba Lama.फोटो खिच्दाखिच्दै सडक किनारमा झारिएका र्‍याकलाई मिलाएर उनले आफूभन्दा दोब्बर अग्लो भारी तयार पारे । च्याङ्बा दाइले भक्तपुरमा बनाएका र्‍याक गाडीले चाबहिल चोकको सडक किनारमा झारिदिएको थियो । गोदावरी घर भए पनि उनी स-परिवार भक्तपुरमा बसेर बाँसका र्‍याक बनाउने काम गरेको १६ वर्ष बितिसकेको रहेछ । च्याङ्बा दाइको तीन पुस्ताको परिवार बाँसबाट बनेका सामग्री बनाएरै चलेको छ । ४१ वर्षीय च्याङ्बा दाइका बुबादेखि छोरोछोरीसम्म बाँससँग खेल्न पारङ्गत छन् । भक्तपुरस्थित च्याङ्बा दाइको घरमा तामा बाँसबाट र्‍याक, डोका, डालो र नाङ्ला समेत बन्छन् । 

लामा परिवारले घरैलाई सानोतिनो घरेलु उद्योग बनाएको छ । च्याङ्बा दाइका बुबाले बेतबाँस र निगालोबाट यस्ता सामान बनाउन सुरु गरेका थिए । ‘मैले बुबासाग संगत गर्दागर्दा यो काम सिकेको हुा, बेतबाँस र निगालो पाइन छोडे, पाइए पनि महंगो पर्छ’, च्याङ्बा दाइले सुनाए, ‘तामा बाँस भक्तपुर, ललितपु र काभ्रेमा प्रशस्त पाइने भएकाले हामीले यसैबाट र्‍याकसहितका सामान बनाउन थालेका हौं ।’ च्याङ्बा दाइको काम बाँस खोजेर ल्याउने र त्यसबाट तयार भएका सामग्री काठमाडौंका गल्ली-गल्लीमा डुलेर बिक्री गर्ने हो । 

Chyangba Lama 1यसमा उनका बुबा, पत्नी र छोराछोरीले निरन्तर साथ दिएका छन् । बीएमा पढ्ने छोरा तथा ११ र ९ मा पढ्ने छोरीहरुले पनि साथ दिएपछि यो परिवारको आम्दानी बढेको छ । ‘बिहान उठेदेखि बेलुकासम्म सामग्री तयार पार्न बुबाका हात बाँसमै सल्बलाइरहेका हुन्छन्, बिहान कलेज जाने मेरा छोराछोरी दिउँसोको समयमा बाजेलाई सघाउँछन्’, च्याङ्बा दाइले भने, ‘घरधन्दा सकेर पत्नी पनि बाँसका दराज बनाउनै खटिन्छिन् ।’ च्याङ्बा दाइ भने बाँसको जोहो गर्न कहिले भक्तपुर त कहिले काभ्रेका काँठमा पुगिरहेका हुन्छन् । 

उनको अर्को काम हो, बाजेदेखि नाति नातिनाले बनाएका बाँसका र्‍याक बेच्न बजारसम्म लैजानु । यही व्यवसायबाट च्याङ्बा दाइको तीनपुस्ताको परिवार मजाले चलेको छ । तीनजना छोराछोरीलाई कलेजमा पढाउन सकेका छन् । ‘यही कामबाट मीठो मसिनो खान समस्या छैन, यसैबाट हाम्रो परिवार सुखका साथ चलेको छ, तीनजना छोराछोरीलाई कलेजमा पढाएको छु’, च्याङ्बा दाइले भने, ‘आफूले पढन् नसके पनि छोराछोरीलाई भने सकेसम्म धेरै पढाउने इच्छा छ ।’ Chyangba Lama 1एक सय २० रुपैयाँदेखि डेढ सयसम्म पर्ने एउटा तामा बाँसबाट लामा परिवारले ६ वटा सम्म र्‍याक बनाउने गरेको छ । बाँसको पाता, उत्तीस या सल्लाको काठ, र काँटी प्रयोग गरेर बनाइने र्‍याकलाई रंगरोगन गरेर चिटिक्क पारेपछि डेढ सयदेखि दुई सय रुपैयाँमा बिक्रीका लागि तयार हुन्छ । 

लामा परिवारले बनाउने र्‍याकमा किताव, सानातिना भाँडा, लुगा र जुत्ता चप्पल मज्जाले राख्न सकिन्छ । ‘स्टिलको र्‍याक किन्न नसक्ने परिवार र विद्यार्थीहरुले खोजीखोजी किन्ने गरेका छन्’, च्याङ्बा दाइले मुस्काउादै सुनाए, ‘काठमाडौंका सडकमा डुलेर बेच्दा एउटा र्‍याक दुई सय रुपैयाँसम्ममा बिक्री हुन्छ, एक ठाउँ राखिने हुनाले कम्तिमा ५ वर्ष त पक्का टिक्छ ।’ धातुबाट बनेका सामानले धनी परिवारका किचेन रुम भरिए पनि थोरै कमाइ हुने र गरिखाने कोठा र किचेनमा बाँसका र्‍याकको माग कम छैन । च्याङ्बा दाइले बनाएका र्‍याक धेरै पसलले ठेक्कामा लिने गरेका छन् । 

पसलले ठेक्कामा नलिए उनी आफैं बेच्दै हिाड्छन् । ‘पसलले ठेक्का नलिएका बेला म आफैं बेच्दै हिाड्छु’, च्याङ्बा दाइले भने, ‘बेच्दै जाँदा चक्रपथ, कपन, चाबहिल, बौद्द, जोरपाटी, सुन्दरीजल र साँखुसम्म पुग्छु ।’ मासिक कमाइ २० वटा र्‍याकको एक भारी बनाएर बेच्न हिाड्दा च्याङ्बा दाइलाई तीन दिन लाग्छ । उनले एक महिनामा सरदर सयवटा र्‍याक बेच्ने गरेका छन् । सरदर एक सय ८० रुपैयाँका दरले बेच्दा पनि लामा परिवारको घरमा मासिक १८ हजार रुपैयाँ भित्रन्छ । ‘

मासिक सरदर २० हजारसम्म कमाइ हुन्छ, सबै खर्च कटाउँदा पनि १० हजार रुपैयाँ नाफा निकाल्न सकेको छु, नाफा बचत हुन नसके पनि तीनजना छोराछोरीलाई पढाउन सकेको छु’, च्याङ्बा दाइले भने, ‘परिवार पाल्न अन्त भौंतारिनुपरेको छैन, यही पेशाले जीविका चलेकाले अरु रोजगारी र विदेश जाने सपना पनि देखिएन ।’ पुस्ता हस्तान्तरण बुबाबाट सिकेको सीप च्याङ्बा दाइले आफ्ना छोराछोरीलाई पनि सिकाएका छन् । आफूले पढ्न नपाएको पछुतो अहिले पनि उनलाई छ । ‘मैले पढ्न पाइन, छोराछोरीलाई भने सकेसम्म पढाएर पछुताउने मौका दिन्न’, च्याङ्बा दाइले भने, ‘ठूलो सपना छैन, अहिले गरेको काम राम्ररी चलेर भोकै बस्न नपरेहुन्थ्यो ।

एसबिआई बैंक लिमिटेडले अनलाईन टिकट बुकिङ्ग सेवा उपलब्धी भएको बताए

१८ फागुन काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भारतीय रेलवे सेवाको अनलाईन टिकट बुकिङ्ग सेवा संचालनमा ल्याएको छ । नेपालका लागि भारतीय महामहिम राजदुत रञ्जित रेले काठमाण्डौमा आयोजित एक समारोहका बीच उक्त सेवाको विधिवत सुरुवात गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर माहाप्रसाद अधिकारी विषेश अतिथिकोरुपमा उपस्थित थिए । 

समारोहलाई सम्वोधन गर्दै राजदुत रेले हालैका वर्षहरुमा प्रविधिको क्षेत्र र खास गरी सूचना प्रविधिको क्षेत्रमा भएको विकासले समग्र विश्व समुदायको जीवन शैलीमा उल्लेख्य परिवर्तन ल्याएको धारणा प्रस्तुत गर्दै नेपाल एसबिआई बैंकको इन्टरनेट बैंकिङ्ग मार्फत नेपालबाटै भारतीय रेलवेको टिकट बुकिङ्ग सेवा उपलब्ध हुनु नेपाली समुदायको लागि एउटा ठूलो उपलब्धी भएको बताए । 

डेपुटी गर्भनर माहाप्रसाद अधिकारीले नेपालमा संस्थागत सुशासन सम्बन्धी उच्चतम अभ्यास तथा गुणस्तरीय बैंकिङ्ग सेवालाई सुनिश्चित गरी मुलुकको वितीय प्रणालीलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक प्रयासरत रहेको धारण व्यक्त गरे । 

कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष श्री हसना शर्माले केवल १९ रुपैयाँमा अधिकतम ६ यात्रुका लागि रेलको टिकट बुकिङ्ग गर्न सक्ने गरी सुलभ मूल्यमा सेवा सुरुवात गर्न बैंक सफल भएको धारणा व्यक्त गर्दै बैंकका ग्राहक मात्र नभई आम सर्वसाधारण समेत उक्त सेवावाट लाभान्वित हुने अपेक्षा व्यक्त गरे । हालसम्म बैंकका ६७,००० ग्राहकहरु बैंकको मोवाईल बैंकिङ्गमा आवद्ध भएका छन् । 

नेपालमै पहिलोपटक सुरुवात भएको बैंकको अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने सकिने यस सुविधाबाट अध्ययन, रोजगारी, व्यवसाय तथा धार्मिक यात्राको लागि भारत भ्रमणमा जान चाहने हजारौँ नेपाली लाभान्वित हुने बैंकको विश्वास छ ।